Wednesday, November 18, 2026||
MultiKhabarMultiKhabar

सुदूरपश्चिमलाई हराउँदै लुम्बिनी एनपीएलको फाइनलमा

Share:WhatsAppFacebookX (Twitter)Telegram
सुदूरपश्चिमलाई हराउँदै लुम्बिनी एनपीएलको फाइनलमा
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । लुम्बिनी लायन्स तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनलमा प्रवेश गरेको छ । पहिलो क्वालिफायर खेलमा साविक विजेता लुम्बिनीले सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले हराउँदै फाइनलको टिकट काटेको हो । अर्कोतर्फ पराजित सुदूरपश्चिमले एलिमिनेटरको विजेतासँग दोस्रो क्वालिफायर खेल्नेछ । सुदूरपश्चिमले दिएको १०६ रनको लक्ष्य लुम्बिनीले १६.४ ओभरमा ४ विकेट गुमाएर २० बल बाँकी छँदै भेट्टायो । लुम्बिनीले पहिलो ओभरमै विकेट गुमायो । ओपनर डार्सी शर्ट खाता नै नखोली पभेलियन फर्किए । उनलाई सुदूरपश्चिमका स्कट कुगलेइनले आउट पारे । दोस्रो ओभरको दोस्रो बलमा आसिफ शेखले जीवनदान पाए । हेमन्त धामीको बलिङमा अविनाश बोहराले क्याच मिस गरे । छक्का प्रहार गर्ने प्रयास गरेका शेखको बलले उचाई लिएन र झन्डै उनी सस्तैमा आउट भए । तेस्रो नम्बरमा ब्याटिङमा आएका निरोशन डिकवेलाले आक्रामक ब्याटिङ गर्दै लुम्बिनीलाई अघि बढाए । उनले तेस्रो ओभरमा लगातार तीन चौका र एक छक्का प्रहार गरे । ३.२ ओभरमा लुम्बिनीले दोस्रो विकेट गुमायो । आसिफ शेख ८ बलमा ४ रनमात्रै बनाएर पभेलियन फर्किए । हेमन्त धामीको बलिङमा दीपेन्द्र सिंह ऐरीले कुनै गल्ती नगरी उत्कृष्ट क्याच लिए । लुम्बिनीले पावरप्लेमा २ विकेट गुमाएर ३८ रन बनायो । डिकवेला र कप्तान रोहित पौडेलले इनिङ्स सम्हाल्दै लुम्बिनीलाई जिततर्फ अघि बढाए । यी दुईको साझेदारी सुदूरपश्चिमका थरिन्दु रत्नायकेले तोडे । रोहित २८ बलमा २१ रन बनाएर आउट भए । एक छेउबाट डिकवेलाले अर्धशतकीय पारी खेल्दै लुम्बिनीको जितमा महत्त्वपूर्ण योगदान दिए । उनले अविजित ५९ रनको योगदान दिए । पाँचौं नम्बरमा ब्याटिङमा आएका सन्दीप जोराले १३ बलमा ८ रनमात्रै बनाए । बलिङतर्फ सुदूरपश्चिमका थरिन्दु रत्नायकेले दुई तथा हेमन्त धामी र स्कट कुगलेइनले एक एक विकेट लिए । त्यसअघि कीर्तिपुरस्थित टियु मैदानमा टस हारेर ब्याटिङ थालेको सुदूरपश्चिमले २० ओभरमा ८ विकेटको क्षतिमा १०५ रन जोड्यो । सुदूरपश्चिमले पहिलो ओभरमै पहिलो बलमै विकेट गुमायो । डेब्यु गरेका स्कटिस ओपनर जर्ज मन्से रुबेन ट्रम्पलमानको बलमा गोल्डेन डक भई आउट हुन पुगे । दोस्रो ओभरको अन्तिम बलमा बिनोद भण्डारीले जीवनदान पाए । लङ शट प्रहार गर्न प्रयास गरेका भण्डारीको लुम्बिनीका अभिशेष गौतमले क्याच मिस गरे । सुदूरपश्चिमले २.५ ओभरमै दोस्रो विकेट गुमायो । ट्रम्पलमानले लुम्बिनीलाई दोस्रो सफलता दिलाउँदै थनुका दबारेलाई पभेलियनको बाटो देखाए । उनले ८ बलमा ३ रनमात्रै बनाए । त्यसपछि सुदूरपश्चिम थप दबाबमा आयो । बिनोद भण्डारी पनि ३ रनमै आउट हुन पुगे । सुदूरपश्चिमको सुरुवात सुस्त र खराब रह्यो । टोलीले पावरप्लेमा ३ विकेट गुमाएर २० रनमात्रै जोड्यो । रन बनाउन संघर्षरत सुदूरपश्चिमले ४ को रनरेटमा ब्याटिङ गर्दै १० ओभरको समाप्तिमा ३ विकेट गुमाएर ४० रनमात्र बनायो । चौथो नम्बरमा ब्याटिङमा आएका ईशान पाण्डे र पाँचौ नम्बरमा ब्याटिङमा आएका दीपेन्द्र सिंह ऐरीले सुदूरपश्चिमको इनिङ्स सम्हाले । १२ ओभरपछि दीपेन्द्र र ईशानले हात खोल्न थाले । १४ औं ओभरमा सुदूरपश्चिमलाई झट्का लाग्यो । पाण्डे रनआउट हुन पुगे । उनले ३३ बलमा २७ रन जोडे । त्यसपछि ब्याटिङमा आएका थारिन्दु रत्नायकेको ब्याट पनि चल्न सकेन । उनी ५ बलमा १ रनमात्रै बनाएर पभेलियन फर्किए । दीपेन्द्रले संयमित ब्याटिङ गर्दै ४५ बलमा अर्धशतक बनाए । उनले ५१ बलमा ५२ रन जोडे । सुदूरपश्चिमको ब्याटिङ लाइन फ्लप भयो । ऐरी र पाण्डेले बाहेक अन्य ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । बलिङतर्फ लुम्बिनीका रुबेन ट्रम्पलमान र शेर मल्लले दुई दुई तथा अभिशेष गौतमले र किशोर महतोले एक एक विकेट लिए ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
युक्रेन युद्ध अन्त्य गर्ने वार्तामा पूर्वी युरोपमा नेटोको विस्तार उल्ट्याउन रुसको माग
Latest NewsJust now

युक्रेन युद्ध अन्त्य गर्ने वार्तामा पूर्वी युरोपमा नेटोको विस्तार उल्ट्याउन रुसको माग

काठमाडौं । युक्रेन युद्ध अन्त्य गर्ने विषयमा अबुधाबीमा भएको वार्ताका क्रममा रुसले नेटोको पूर्वी विस्तार उल्ट्याउँदै सन् १९९७ अघिको अवस्थामा फर्काउनुपर्ने माग गरेको छ । रुसी प्रतिनिधिहरूले नोभेम्बर १० को मिति उल्लेख गरिएको दस्तावेजमार्फत यस्तो प्रस्ताव राखेको ‘द न्युयोर्क टाइम्स’ले जनाएको छ । रुसको माग युक्रेनमा पश्चिमा हतियार आपूर्ति रोक्नमा मात्र सीमित नभएर नेटोले सन् १९९७ पछि पूर्वी युरोपमा विस्तार गरेको ...

केन्द्रबिन्दु
अर्धन्यायिक निकायको पुनरावेदन जिल्लामा
Latest NewsJust now

अर्धन्यायिक निकायको पुनरावेदन जिल्लामा

काठमाडौँ, मङ्सिर २ गते । अदालतमा मुद्दाको कार्यबोझ न्यूनीकरण गर्न अधिकार क्षेत्र, पुनरावेदन लाग्ने व्यवस्था, मुद्दाको सुरु कारबाही र किनारा, म्याद तथा हद म्याद जस्ता कानुनी व्यवस्थ... ...

गोरखापत्र
संघीय संसदका दुई समितिको बैठक बस्दै
Latest NewsJust now

संघीय संसदका दुई समितिको बैठक बस्दै

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको महिला तथा सामाजिक मामिला समितिले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी विधेयकमाथि विज्ञ तथा सरोकारवालासँग छलफल गर्ने भएको छ । आज बिहान १० बजे सिंहदरबारस्थित कानून, न्याय तथा मानव अधिकार समितिको सभाकक्षमा बस्ने तय भएको छ । बैठकमा समितिमा दफावार छलफलका लागि प्राप्त मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८३ माथि विज्ञ तथा सरोकारवालासँग छलफल गरिने कार्यसूची रहेको ...

कर्पोरट खबर
वार्षिक १२० अर्ब डलर अनुकूलन वित्त जुटाउने प्रस्तावमा सहमति जुट्न चुनौती
Latest NewsJust now

वार्षिक १२० अर्ब डलर अनुकूलन वित्त जुटाउने प्रस्तावमा सहमति जुट्न चुनौती

विकासोन्मुख देशका लागि वार्षिक कम्तीमा १ खर्ब २० अर्ब अमेरिकी डलर अनुकूलन वित्त जुटाउने प्रस्ताव अघि सारेको छ। ...

हाम्राकुरा
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play