Tuesday, November 10, 2026||
MultiKhabarMultiKhabar

सुदूरपश्चिमको बलियो बलिङसामु जनकपुर निरीह, २७ रनको जित

Share:WhatsAppFacebookX (Twitter)Telegram
सुदूरपश्चिमको बलियो बलिङसामु जनकपुर निरीह, २७ रनको जित
Photo / Coverage: नेपालन्युज

काठमाडौं।नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सलाई २७ रनले पराजित गरेको छ। मंगलबार राति कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा सुदूरपश्चिमले दिएको १२१ रनको लक्ष्य पछ्याएको जनकपुर ९३ रनमै समेटियो। १२१ रनको सामान्य लक्ष्य पछ्याउने क्रममा जनकपुरले ब्याटिङमा अपेक्षित प्रदर्शन गर्न सकेन। टोलीले १९.५ ओभरमा सबै विकेट गुमाउँदै ९३ रन मात्र जोड्यो। जनकपुरका त्रितराज दासले सर्वाधिक २१ र जिमी निसामले २० रन बनाए। अन्य ब्याट्सम्यानले उल्लेखनीय योगदान दिन सकेनन्। सुदूरपश्चिमका स्कट कुगेलेइनले उत्कृष्ट बलिङ गर्दै १३ रन खर्चिएर ३ विकेट लिए। हेमन्त धामी, थारिन्दु रत्नायाके, दीपेन्द्रसिंह ऐरी, अनिल खरेल र इशान पाण्डेले समान एक विकेट हात पारे। यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १२० रन बनाएको थियो। उसका ब्रान्डन म्याकमुलेनले २३ बलमा २ चौका र २ छक्कासहित ३३ रन जोडे। थारिन्दु रत्नायाके २७ रनमा अविजित रहँदा आरिफ शेखले ११ तथा सैफ जैब र विनोद भण्डारीले समान १० रन बनाए। जनकपुरका हर्मित सिंहले उत्कृष्ट बलिङ गर्दै १७ रन दिएर ४ विकेट लिए। ह्यारी टेक्टर, राहुल यादव, आदित्य महता र अभिषेक तिवारीले समान एक विकेट लिए। यस जितसँगै ६ खेलबाट ८ अंक जोडेको सुदूरपश्चिम अंकतालिकाको दोस्रो स्थानमा उक्लिएको छ। समान खेल खेलेको जनकपुर ४ अंकसहित पाँचौं स्थानमा छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
इन्धन महँगिँदा युरोपमा उडान कटौती, भाडा बढ्ने संकेत
Latest NewsJust now

इन्धन महँगिँदा युरोपमा उडान कटौती, भाडा बढ्ने संकेत

वार्सा।हवाई इन्धनको मूल्यमा भएको तीव्र वृद्धिले युरोपेली वायुसेवा कम्पनीहरूको आर्थिक अवस्था प्रभावित बनेको छ। बढ्दो सञ्चालन खर्च र नाफामा परेको दबाबका कारण विभिन्न कम्पनीले आगामी शीतकालीन मौसमका लागि उडान संख्या घटाउनुका साथै विस्तारका योजना समेत स्थगित गर्न थालेका छन्। इन्धनको मूल्यवृद्धि, कमजोर उपभोक्ता विश्वास र बजारमा बढ्दो अनिश्चितताले युरोपेली उड्डयन क्षेत्रलाई थप चुनौतीपूर्ण बनाएको छ। कम्पनीहरूले खर्च नियन्त्रण र नाफा जोगाउन ...

नेपालन्युज
सुडानको दक्षिणपूर्वी क्षेत्रमा ड्रोन आक्रमण, ९ जनाको मृत्यु
Latest NewsJust now

सुडानको दक्षिणपूर्वी क्षेत्रमा ड्रोन आक्रमण, ९ जनाको मृत्यु

काठमाडाैँ । सुडानको दक्षिणपूर्वी ब्लु नाइल राज्यमा मंगलबार भएको ड्रोन आक्रमणमा परी नौ जना विस्थापित नागरिकको मृत्यु भएको छ भने अन्य केही घाइते भएका छन्। स्थानीय अधिकारीका अनुसार विस्थापित नागरिकहरू कुर्मुक... ...

रातोपाटी
चीनद्वारा युरोपेली संघसँग सन्तुलित व्यापार सम्बन्ध कायम गर्न आह्वान
Latest NewsJust now

चीनद्वारा युरोपेली संघसँग सन्तुलित व्यापार सम्बन्ध कायम गर्न आह्वान

बेइजिङ – चिनियाँ विदेशमन्त्री वाङ यीले चीन र युरोपेली संघ (ईयू) बिचको सहकार्यले दुवै पक्षलाई लाभ पुग्ने तर टकरावले दुवैलाई नोक्सान हुने बताएका छन् । उनले प्रमुख व्यापारिक साझेदार चीन र ईयूबिच स्थिर तथा सन्तुलित व्यापार सम्बन्ध कायम गर्न संयुक्त प्रयास गर्नुपर्नेमा जोड दिए । फ्रान्सका युरोप तथा विदेश मामिलामन्त्री जाँ–नोएल बारोटसँग मंगलबार भएको टेलिफोन […] ...

काठमाण्डुपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play