नेपाल प्रिमियर लिग (एनपिएल) सिजन–३ अन्तर्गत काठमाडौं गोर्खाजविरुद्ध सुदूरपश्चिम रोयल्सले निकै खराब सुरुवात गरेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले सुरुवाती तीन ओभरमै चार महत्त्वपूर्ण विकेट गुमाएको छ । सुदूरपश्चिमले तीन ओभरको समाप्तिमा मात्र ८ रन जोड्दा चार विकेट गुमाइसकेको छ । उसका शीर्षक्रमका ब्याटरहरू सस्तैमा आउट भएपछि टोली सुरुवातमै ठूलो दबाबमा परेको छ । सुदूरपश्चिमका स्कट कुग्लाइनले ६ रन बनाउँदा विनोद भण्डारीले १ रन मात्रै जोड्न सके।...
सुदूरपश्चिमको खराब सुरुवात, तीन ओभरमा गुमायो ४ विकेट

Read Complete Original Article
Published originally on फरकधार






