Friday, November 13, 2026||
MultiKhabarMultiKhabar

सुदूरपश्चिम प्लेअफमा सुरक्षित, शिर्ष स्थानमा उक्लियो

Share:WhatsAppFacebookX (Twitter)Telegram
सुदूरपश्चिम प्लेअफमा सुरक्षित, शिर्ष स्थानमा उक्लियो
Photo / Coverage: पर्दाफास

सुदूरपश्चिम रोयल्स राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपीएलको प्लेअफमा सुरक्षित भएको छ । आज सम्पन्न खेलमा काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम प्लेअफमा सुरक्षित भएको हो । प्लेअफसंगै सुदूरपश्चिम पाचौंजितसहित शिर्ष स्थानमा उक्लिएको छ । काठमाडौंको भने आठ अंक रहेको छ । उसको एक खेल बाँकी रहेकोले प्लेअफ सम्भावना बाँकी नै छ । सुदूरपश्चिमले दिएको १२६ रनको लक्ष्य पछ्याएको काठमाडौंले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा ११८ रन बनायो । जसमा रासिद खानले ३५ ,दुसान हेमान्थाले २१ रन जोडे । सुदूरपश्चिमका अनिल खरेलले २ विकेट लिए । यसअघि कीर्तिपुर मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १२५ रन बनायो । जसमा कप्तान दीपेन्द्रसिंह ऐरीले अर्धशतकीय पारी खेल्दै ६० र आरिफ शेखले २१ रनको योगदान गरे । यस्तै थरिन्दु रत्नायकेले २६ रन बनाए । ८ रन जोड्दा ४ विकेट गुमाएर धर्मराएको सुदूरपश्चिमको पारीलाई ऐरी र शेखले सम्हालेका थिए । यी दुबै ब्याटरबीच ५४ रनको साझेदारी भयो । काठमाडौंका जहानदाद खानले ३,सन्तोस यादवले २ विकेट लिए ।आजै साँझ ५ बजे हुने दोस्रो खेलमा जनकपुर बोल्ट्स र चितवन राइनोज आमनेसामने हुनेछन् ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
भीमफेदी दुर्घटनाका मृतकका आफन्त शव परीक्षण गर्न सहमत
OthersJust now

भीमफेदी दुर्घटनाका मृतकका आफन्त शव परीक्षण गर्न सहमत

मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानीगढीमा भएको भीषण ईभी दुर्घटनामा ज्यान गुमाएका १४ जनामध्ये चालकबाहेक १३ जनाको शव परीक्षण गर्न आफन्त सहमत भएका छन्। मधेश प्रदेशका पूर्वअर्थमन्त्री तथा प्रदेशसभा सदस्य सञ्जयकुमार यादवसहित मृतकका आफन्तको टोलीले सहायक प्रमुख जिल्ला अधिकारी शेषकान्त पौडेलसँग छलफल गरेपछि शव परीक्षणका लागि सहमति जुटेको हो। छलफलका क्रममा मृतकका परिवारलाई जनही १० लाख रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने, परिवारका सदस्यलाई रोजगारीको व्यवस्था ...

पर्दाफास
छठ पर्वका दिन पनि राहदानी विभाग खुला रहने
OthersJust now

छठ पर्वका दिन पनि राहदानी विभाग खुला रहने

सेवाग्राहीको सुविधालाई ध्यानमा राख्दै छठ पर्वका दिन पनि नियमित सेवा सञ्चालन गर्ने निर्णय गरिएको राहदानी विभागका महानिर्देशक दीपक विश्वकर्माले जानकारी दिए। ...

अनलाइन खबर
नेपालका लागि भारतीय राजदूत दलेला र परराष्ट्र सचिव राईबीच भेटवार्ता
OthersJust now

नेपालका लागि भारतीय राजदूत दलेला र परराष्ट्र सचिव राईबीच भेटवार्ता

नेपालका लागि भारतीय राजदूत सुधाकर दलेलाले शुक्रबार मन्त्रालयमा परराष्ट्र सचिव अमृत बहादुर राईसँग शिष्टाचार भेटवार्ता गरेका छन् । राजदूत दलेलालाई उनको नियुक्तिमा बधाई दिदैँ सचिव राईले सफल कार्यकालको शुभकामना व्यक्त गरे । सो अवसरमा उनीहरूले नेपाल–भारत सम्बन्धका विभिन्न पक्षहरूका बारेमा विचार आदानप्रदान गर्नुका साथै दुवै देश र जनताको पारस्परिक हितका लागि द्विपक्षीय सहयोगलाई अझ सुदृढ बनाउने विषयमा छलफल गरे । ...

पर्दाफास
जनकपुरले जित्यो टस, चितवनलाई फिल्डिङको निम्तो
OthersJust now

जनकपुरले जित्यो टस, चितवनलाई फिल्डिङको निम्तो

२७ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को जारी तेस्रो सिजनअन्तर्गत शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सले टस जितेको छ। टस जितेर जनकपुरले चितवन राइनोजलाई फिल्डिङको निम्तो दिएको हो। आजको खेलमा जनकपुरले एक परिवर्तन गरेको छ । जनकपुरले लगातार असफल हुँदै आएका अनिल साहको स्थानमा सन्तोष कार्की टोलीमा राखेको छ। त्यस्तै चितवनले पनि एक परिवर्तन गरेको… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play