नेपालका लागि भारतीय राजदूत सुधाकर दलेलाले शुक्रबार मन्त्रालयमा परराष्ट्र सचिव अमृत बहादुर राईसँग शिष्टाचार भेटवार्ता गरेका छन् । राजदूत दलेलालाई उनको नियुक्तिमा बधाई दिदैँ सचिव राईले सफल कार्यकालको शुभकामना व्यक्त गरे । सो अवसरमा उनीहरूले नेपाल–भारत सम्बन्धका विभिन्न पक्षहरूका बारेमा विचार आदानप्रदान गर्नुका साथै दुवै देश र जनताको पारस्परिक हितका लागि द्विपक्षीय सहयोगलाई अझ सुदृढ बनाउने विषयमा छलफल गरे ।
नेपालका लागि भारतीय राजदूत दलेला र परराष्ट्र सचिव राईबीच भेटवार्ता

Read Complete Original Article
Published originally on पर्दाफास






