Friday, November 13, 2026||
MultiKhabarMultiKhabar

मन्त्रीद्वय लम्साल र पौडेलसँग भारतीय राजदूत दलेलाको छुट्टाछुट्टै भेटवार्ता

Share:WhatsAppFacebookX (Twitter)Telegram
मन्त्रीद्वय लम्साल र पौडेलसँग भारतीय राजदूत दलेलाको छुट्टाछुट्टै भेटवार्ता
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । पूर्वाधार विकासमन्त्री सुनिल लम्साल र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलसँग नेपालका लागि भारतीय राजदूत सुधाकर दलेलाले छुट्टाछुट्टै भेटवार्ता गरेका छन् । पूर्वाधार विकासमन्त्री लम्सालसँगको भेटमा दुई देशबीच पूर्वाधार विकास तथा सम्पर्क सञ्जालका क्षेत्रमा सहकार्य थप विस्तार गर्ने विषयमा छलफल भएको थियो । बहुआयामिक नेपाल–भारत साझेदारीलाई थप अगाडि बढाउन मिलेर काम गर्ने प्रतिबद्धता पनि व्यक्त गरिएको छ । त्यस्तै, पर्यटनमन्त्री पौडेलसँगको भेटमा सम्पर्क सञ्जाल विस्तार, जनस्तरको सम्बन्ध र पर्यटन प्रवर्द्धनका विषयमा विचार आदानप्रदान भएको थियो । दुवै पक्षले नेपाल–भारतबीचको घनिष्ठ मित्रता र सहकार्यलाई थप सुदृढ बनाउने प्रतिबद्धता जनाएका छन् । The post मन्त्रीद्वय लम्साल र पौडेलसँग भारतीय राजदूत दलेलाको छुट्टाछुट्टै भेटवार्ता appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
पर्यटकले भरियो सिक्लेस, भ्रमणअघि अग्रिम जानकारी दिन आग्रह
Latest NewsJust now

पर्यटकले भरियो सिक्लेस, भ्रमणअघि अग्रिम जानकारी दिन आग्रह

पोखरा । कास्कीको मादी गाउँपालिका–१ स्थित पर्यटकीय गाउँ सिक्लेसमा पर्यटकको चाप बढेपछि भ्रमणमा जानुअघि अग्रिम जानकारी गराउन आग्रह गरिएको छ । तिहारको भोलिपल्ट कात्तिक २६ गते एकैदिन एक हजार ३२४ जना पर्यटक सिक्लेस पुगेका छन् । मादी गाउँपालिका–१ का वडाध्यक्ष देवीजङ्ग गुरुङका अनुसार पर्यटक सूचना केन्द्रको तथ्याङ्कमा उक्त सङ्ख्या देखिएको हो । सिक्लेस पुगेका पर्यटकमध्ये अधिकांश आन्तरिक र नौ जना विदेशी ...

केन्द्रबिन्दु
भीमफेदी दुर्घटना : प्रशासनको आश्वासनसँगै शव लिएर सर्लाही फर्किए आफन्त
Latest NewsJust now

भीमफेदी दुर्घटना : प्रशासनको आश्वासनसँगै शव लिएर सर्लाही फर्किए आफन्त

भीमफेदी दुर्घटनामा ज्यान गुमाएका परिवारले क्षतिपूर्ति, घाइते बालबालिकाको शिक्षा र पालनपोषण तथा रोजगारीको माग राखे पनि ठोस लिखित सहमतिबिनै शव बुझे । मकवानपुर प्रशासनले सात दिनभित्र माग सम्बोधनका लागि पहल गर्ने आश्वासन दिएको छ । ...

कान्तिपुर
विश्व प्रहरी शिखर सम्मेलनमा सहभागी हुन गृहमन्त्री गुरुङ यूएई प्रस्थान
Latest NewsJust now

विश्व प्रहरी शिखर सम्मेलनमा सहभागी हुन गृहमन्त्री गुरुङ यूएई प्रस्थान

दुबईमा हुने सम्मेलनमा अन्तर्राष्ट्रिय प्रहरी सहकार्य, सुरक्षा प्रविधि र अपराध नियन्त्रणका विषयमा छलफल हुने ...

कान्तिपुर
रासुवा बाढीपीडितको सम्झनामा विशेष प्रार्थना, तस्बिरहरू
Latest NewsJust now

रासुवा बाढीपीडितको सम्झनामा विशेष प्रार्थना, तस्बिरहरू

काठमाडँ। रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारप्रति ऐक्यबद्धता जनाउँदै तथा बाढीमा ज्यान गुमाएकाहरूको आत्मशान्तिको कामना गर्दै काठमाडौंमा आयोजित ११औँ वार्षिक ड्रुक्पा काउन्सिलको पहिलो दिन विशेष प्रार्थना गरिएको छ। शुक्रबारदेखि काठमाडौंको... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play