Friday, November 13, 2026||
MultiKhabarMultiKhabar

पर्यटकले भरियो सिक्लेस, भ्रमणअघि अग्रिम जानकारी दिन आग्रह

Share:WhatsAppFacebookX (Twitter)Telegram
पर्यटकले भरियो सिक्लेस, भ्रमणअघि अग्रिम जानकारी दिन आग्रह
Photo / Coverage: केन्द्रबिन्दु

पोखरा । कास्कीको मादी गाउँपालिका–१ स्थित पर्यटकीय गाउँ सिक्लेसमा पर्यटकको चाप बढेपछि भ्रमणमा जानुअघि अग्रिम जानकारी गराउन आग्रह गरिएको छ । तिहारको भोलिपल्ट कात्तिक २६ गते एकैदिन एक हजार ३२४ जना पर्यटक सिक्लेस पुगेका छन् । मादी गाउँपालिका–१ का वडाध्यक्ष देवीजङ्ग गुरुङका अनुसार पर्यटक सूचना केन्द्रको तथ्याङ्कमा उक्त सङ्ख्या देखिएको हो । सिक्लेस पुगेका पर्यटकमध्ये अधिकांश आन्तरिक र नौ जना विदेशी रहेका छन् । एकैदिन ठूलो सङ्ख्यामा पर्यटक पुगेपछि स्थानीय होटल तथा होमस्टेमा पाहुना व्यवस्थापन गर्न कठिनाइ भएको वडाध्यक्ष गुरुङले बताए । केही होटल तथा होमस्टे सञ्चालक तिहार मनाएर गाउँ नफर्किएका कारण व्यवस्थापनमा थप समस्या भएको उनको भनाइ छ । पर्यटकको चाप व्यवस्थापन गर्न भ्रमणअघि जानकारी गराउन आग्रह गरिएको उनले बताए । सिक्लेस होटल व्यवस्थापन समितिका अध्यक्ष सुरेन्द्रजङ्ग गुरुङ ‘पारस’ले अग्रिम जानकारी र बुकिङ नगरी ठूलो सङ्ख्यामा पर्यटक पुग्दा होटल तथा होमस्टेको क्षमताभन्दा बढी चाप परेको बताए । यद्यपि गाउँमा आफन्त तथा स्थानीयका घरमा राखेर भए पनि पर्यटकको व्यवस्थापन गरिएको उनले जानकारी दिए । दसैँतिहारपछि सिक्लेस आउने पर्यटकको सङ्ख्या बढ्दै गएकाले भ्रमणमा निस्कनुअघि सम्बन्धित होटल, होमस्टे वा पर्यटन व्यवसायीसँग सम्पर्क गर्न अध्यक्ष गुरुङले आग्रह गरेका छन् । उनका अनुसार सिक्लेसमा ३२ होटल र ३७ होमस्टे सञ्चालनमा छन् । ती होटलमा एक हजार २०० र होमस्टेमा ३५० जना पाहुना राख्न सकिन्छ । गाउँका अन्य घरमा समेत पाहुना व्यवस्थापन गर्दा एकैदिन करिब दुई हजार पर्यटकलाई सेवा दिन सकिने भए पनि अग्रिम जानकारीबिना पर्यटक पुग्दा व्यवस्थापनमा समस्या हुने उनले बताए । सिक्लेस पर्यटन व्यवस्थापन समितिका अध्यक्ष लेखबहादुर गुरुङले पर्यटकको आगमनले स्थानीयको आम्दानी र रोजगारी बढाएको बताए । उनका अनुसार गाउँका होटल तथा होमस्टेमा करिब १०० स्थानीयले रोजगारी पाएका छन् । पर्यटकको चाप बढ्दा सञ्चालकका परिवारका सदस्यले समेत पाहुना व्यवस्थापनमा सहयोग गर्ने गरेका छन् । पोखराबाट ३८ किलोमिटरको दूरीमा रहेको सिक्लेसमा करिब ४०० घर छन् । गुरुङ समुदायको बाहुल्यता रहेको यस गाउँमा आउने अधिकांश पर्यटक प्रख्यात पर्यटकीय गन्तव्य कोरी र क्हफुचे हिमतालसम्म पदयात्रा गर्न पुग्ने गरेका छन् ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
वन्यजन्तु संरक्षणमा चुनौती बन्दै छाडा कुकुर
Latest NewsJust now

वन्यजन्तु संरक्षणमा चुनौती बन्दै छाडा कुकुर

गण्डकी। अन्नपूर्ण संरक्षण क्षेत्रमा पाइने दुर्लभ वन्यजन्तु संरक्षणमा छाडा कुकुर चुनौती बनेको छ। छाडा कुकुरले कस्तुरीमृग, नाउरलगायतका वन्यजन्तुलाई आक्रमण गरी सिकार गर्ने गरेको छ। छाडा कुकुर नियन्त्रण तथा व्यवस्थापनको प्रयास... ...

रातोपाटी
स्वास्थ्य बीमा नवीकरणमा केवाईसी अद्यावधिक अनिवार्य
Latest NewsJust now

स्वास्थ्य बीमा नवीकरणमा केवाईसी अद्यावधिक अनिवार्य

काठमाडौँ।​ स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा नवीकरणसम्बन्धी सूचना जारी गर्दै परिवारका सबै सदस्यको केवाईसी अद्यावधिक अनिवार्य गरिएको जनाएको छ। बोर्डले स्वास्थ्य बीमा नवीकरण गर्नुअघि यो प्रक्रिया पूरा गर्नुपर्ने स्पष्ट पारेको छ।... ...

रातोपाटी
नवनियुक्त चार न्यायाधीशद्वारा पदवहाली
Latest NewsJust now

नवनियुक्त चार न्यायाधीशद्वारा पदवहाली

काठमाडौं । सर्वोच्च अदालतका नवनियुक्त चार न्यायाधीशहरूले पदवहाली गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलको समुपस्थितिमा प्रधानन्यायाधीश डा मनोजकुमार शर्माबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेपछि नवनियुक्त न्यायाधीशहरू डा रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारू, जनक पाण्डे र गोकर्ण डाँगीले आजै सर्वोच्च अदालतमा पुगेर पदवहाली गरे । यसअघि, प्रस्तावित चारै न्यायाधीशको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएको थियो । न्याय परिषद्ले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका ...

कर्पोरट खबर
छठ पर्वका दिन पनि राहदानी विभाग खुला रहने
Latest NewsJust now

छठ पर्वका दिन पनि राहदानी विभाग खुला रहने

• छठ पर्वको अवसरमा सोमबार सार्वजनिक बिदा भए पनि राहदानी विभाग खुला रहनेछ। • विभागले बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म नियमित सेवा प्रदान गर्नेछ। • सेवाग्राहीलाई असुविधा नहोस् भनेर विभागले पर्वका दिन पनि सेवा सञ्चालन गर्ने निर्णय गरेको हो। ...

नेपालबहस
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play