काठमाडौं । आगामी सुख्खायाममा विद्युत् आपूर्ति सहज बनाउन नेपाल विद्युत् प्राधिकरणले भारतबाट १५० मेगावाट विद्युत् खरिद गर्ने प्रक्रिया अघि बढाउने भएको छ । प्राधिकरणले सन् २०२७ जनवरीदेखि मेसम्म चौबिसै घण्टा विद्युत् आयात गर्ने गरी भारतीय विद्युत् व्यापारिक कम्पनीसँग प्रतिस्पर्धात्मक दरमा बोलपत्र माग्ने तयारी गरेको हो । भोटेकोशीमा आएको बाढीका कारण करिब ४३० मेगावाट विद्युत् उत्पादन प्रणालीबाट बाहिरिएपछि आगामी सुख्खायाममा आपूर्ति व्यवस्थापन थप चुनौतीपूर्ण बनेको छ । नयाँ आयोजनाबाट समेत सुख्खायाममा करिब ९० मेगावाट मात्रै विद्युत् उत्पादन हुने अनुमान छ । यसअघि सबैभन्दा कम प्रतियुनिट ६ रुपैयाँ ९० पैसा भारतीय रुपैयाँ दर प्रस्ताव गरेको एनटीपीसी ट्रेडिङ कर्पोरेसनले उक्त मूल्यमा सम्झौता गर्न नसक्ने जनाएपछि प्राधिकरणले नयाँ प्रतिस्पर्धात्मक प्रक्रिया अघि बढाउन लागेको हो । आगामी सुख्खायाममा विद्युत्को माग बढ्ने र आन्तरिक उत्पादन घट्ने भएकाले समयमै आयातको व्यवस्था मिलाएर आपूर्ति जोखिम कम गर्ने प्राधिकरणको योजना छ । The post सुख्खायामका लागि भारतबाट १५० मेगावाट विद्युत् किन्ने तयारी appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
सुख्खायामका लागि भारतबाट १५० मेगावाट विद्युत् किन्ने तयारी

Read Complete Original Article
Published originally on कर्पोरट खबर






