Monday, October 26, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/सिद्धार्थ बैंकले ल्यायो सेयर धितो कर्जाका लागि अनलाइन आवेदन सुविधा

सिद्धार्थ बैंकले ल्यायो सेयर धितो कर्जाका लागि अनलाइन आवेदन सुविधा

Share:WhatsAppFacebookX (Twitter)Telegram
सिद्धार्थ बैंकले ल्यायो सेयर धितो कर्जाका लागि अनलाइन आवेदन सुविधा

काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेडले ग्राहकको तत्काल वित्तीय आवश्यकता सहज र सरल रूपमा सम्बोधन गर्ने उद्देश्यले सेयर धितो कर्जाका लागि अनलाइन आवेदन सेवा सञ्चालनमा ल्याएको छ। यस सेवाअन्तर्गत ग्राहकले आफ्नो सेयर धितो राखी बैंकबाट आवश्यक कर्जा लिन सक्नेछन्। बैंकका अनुसार ग्राहकले सिद्धार्थ बैंकको मोबाइल बैंकिङ एप बैंकस्मार्ट एक्सपीमार्फत सेयर धितो कर्जाका लागि सहज रूपमा अनलाइन आवेदन दिन सक्नेछन्। एपमा सुलभ ऋण > ऋण सेवाहरू > सेयर धितोमा ऋण विकल्पमार्फत आवेदन दिन सकिने व्यवस्था गरिएको छ। ग्राहकले धितो राख्ने सेयरको कुल मूल्याङ्कनका आधारमा अधिकतम ७० प्रतिशतसम्म सेयर धितो कर्जा लिन सक्ने बैंकले जनाएको छ। बैंकले यस सुविधाबाट ग्राहकले आफ्नो व्यक्तिगत तथा व्यावसायिक वित्तीय आवश्यकता सहज रूपमा पूरा गर्न सक्ने विश्वास लिएको छ। छिटो, सुरक्षित र भरपर्दो वित्तीय सेवा उपलब्ध गराउने उद्देश्यले सञ्चालनमा ल्याइएको सेयर धितो कर्जा सेवा सिद्धार्थ बैंकका सबै शाखाबाट उपलब्ध हुने बैंकले जनाएको छ। यस सेवाबारे थप जानकारीका लागि बैंकको २४ सै घण्टा सञ्चालनमा रहने ग्राहक सेवा केन्द्र ‘सिद्धार्थ केयर’मार्फत सम्पर्क गर्न सकिनेछ। The post सिद्धार्थ बैंकले ल्यायो सेयर धितो कर्जाका लागि अनलाइन आवेदन सुविधा appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

आणविक ऊर्जा विशेषज्ञता विकास गर्दै सिङ्गापुर
ताजा खबरJust now

आणविक ऊर्जा विशेषज्ञता विकास गर्दै सिङ्गापुर

काठमाडाैँ। सिङ्गापुरले ऊर्जा उत्पादनका लागि उन्नत आणविक प्रविधिको उपयुक्तता मूल्याङ्कन गर्दै यस क्षेत्रमा स्थानीय विशेषज्ञता विकास गर्न जनशक्ति विकाससम्बन्धी तीन योजना सुरु गरेको छ। सिङ्गापुरको ऊर्जा, व्यापार तथा उद्योग मन्त्रालय र... ...

रातोपाटी
गुल्मीमा स्कारपियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते
ताजा खबरJust now

गुल्मीमा स्कारपियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते

रमेश विश्वकर्मागुल्मी, कात्तिक ९ गते। गुल्मीमा स्कारपियो दुर्घटना हुँदा छ जनाको मृत्यु भएको छ। यस जिल्लाको कालीगण्डकी गाउँपालिका वडा नम्बर–२ दबौखानीस्थित कालीगण्डकी करिडोर सडक खण्ड... ...

गोरखापत्र
गुल्मीमा स्कारपियो दुर्घटना, ६ जनाको मृत्यु
ताजा खबरJust now

गुल्मीमा स्कारपियो दुर्घटना, ६ जनाको मृत्यु

• गुल्मीमा स्कारपियो दुर्घटनामा ६ जनाको मृत्यु भएको छ। • दुर्घटना सोमबार दिउँसो कालीगण्डकी गाउँपालिका–२ मा भएको हो। • मृतकमा स्कारपियो चालक र अन्य चार जना स्थानीय बासिन्दा रहेका छन्। ...

नेपालबहस
खाद्यद्वारा २७ लाख ३५ हजारको चिनी बिक्री
ताजा खबरJust now

खाद्यद्वारा २७ लाख ३५ हजारको चिनी बिक्री

चन्द्र पन्दाकताप्लेजुङ, कात्तिक ९ गते । ताप्लेजुङमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले बिक्री गर्न सुरु गरेको दुई सातामै सत्ताइस लाख रुपियाँ बढीको चिनी बिक्री गरेको छ । खा... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play