Saturday, October 24, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/सिङ्गा–तातोपानी कुण्ड संरक्षणमा मन्त्री पुनको चासो

सिङ्गा–तातोपानी कुण्ड संरक्षणमा मन्त्री पुनको चासो

Share:WhatsAppFacebookX (Twitter)Telegram
सिङ्गा–तातोपानी कुण्ड संरक्षणमा मन्त्री पुनको चासो

म्याग्दी । विज्ञान, प्रविधि तथा नवप्रर्वतन मन्त्री महावीर पुनले म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम बेनीसँग जोड्ने बेनी–दरबाङ सडकको मुख्य चुनौती बनेको फापरखेत पहिरोको समस्या समाधानमा चासो देखाएका छन् । म्याग्दीबाट निर्वाचित प्रतिनिधिसभा सदस्य रहेका मन्त्री पुनले शनिबार बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमानामा पर्ने फापरखेतको पहिरोका साथै गत महिना म्याग्दी नदीमा आएको बाढीले क्षति पुर्‍याएको प्राकृतिक उपचारस्थल सिङ्गा–तातोपानी कुण्डको निरीक्षण गरी स्थानीयसँग छलफल गरे । “फापरखेत पहिरो नियन्त्रणका लागि सङ्घीय सरकारले चालु आर्थिक वर्षमा रु चार करोड बजेट विनियोजन गरेको छ, केही दिनअघि पूर्वाधारमन्त्री सुनील लम्सालले पनि निरीक्षण गर्नुभएको छ, बर्खाअघि नै फापरखेत पहिरोमा जोखिम मोलेर आवतजावत गर्नुपर्ने अवस्था हटाउछौँ”, उनले भने, “सिङ्गा–तातोपानी कुण्डको पुनर्निर्माणका लागि लागत अनुमान गरेर बजेट माग गर्नुहोस्, सरकारले सहयोग गर्छ ।” मन्त्री पुनले तातोपानी कुण्ड, पछिल्लो एक हप्तायता निरन्तर सुक्खा पहिरो खसेर मङ्गला, मालिका र धवलागिरि गाउँपालिकालाई बेनीसँग जोड्ने बेनी–दरबाङ सडक अवरुद्ध बनाएको फापरखेतको पहिरो र गण्डकी प्रदेश सरकारले पहिरोको विकल्पमा पक्की पुल निर्माणका लागि प्रस्ताव गरेको ठाउँको निरीक्षण गरे । मन्त्री पुनलाई म्याग्दीका प्रमुख जिल्ला अधिकारी गणेश गैरेले पहिरोको समस्या र वैकल्पिक उपायका विषयमा जानकारी गराए । सिङ्गा तातोपानी कुण्ड व्यवस्थापन समितिका अध्यक्ष कृष्ण खड्कालगायतले बाढीले पुर्‍याएको क्षति, श्रमदान अभियानबाट बाढी पन्छाएर कुण्डलाई अस्थायी रूपमा सञ्चालन गरिएको अवस्थाकाबारेमा जानकारी गराउँदै आवश्यक सहयोगको प्रस्ताव गरे । विसं २०५८ मा मार्ग खोल्नुअघिदेखिकै फापरखेत पहिरोको दीर्घकालीन समाधानका लागि प्रदेश सरकारले पक्की पुल बनाउने प्रक्रिया अघि बढाएको र पक्की पुल नबन्दासम्म सङ्घीय सरकारले बेलिब्रिजको व्यवस्था गर्नुपर्ने केही दिनअघि जिल्ला प्रशासन कार्यालयमा भएको छलफलमा मन्त्री पुनलाई म्याग्दी १ (ख) बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य रेशम जुग्जालीले प्रस्ताव गरे । The post सिङ्गा–तातोपानी कुण्ड संरक्षणमा मन्त्री पुनको चासो appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

पोखरामा पर्यटकीय चहलपहल बढ्यो
ताजा खबरJust now

पोखरामा पर्यटकीय चहलपहल बढ्यो

पोखरा । दसैँबिदाका कारण केही दिनयता पर्यटकीय राजधानी पोखरामा पर्यटकको आगमन बढेको छ । यतिबेला मुख्य पर्यटकीय याम पनि चलिरहेकाले पोखरामा पर्यटकको चहलपहल बढेको हो । आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढेपछि... ...

रातोपाटी
‘पीएचपी’ मा सुरक्षा त्रुटि, हजारौं वेबसाइट बन्द
ताजा खबरJust now

‘पीएचपी’ मा सुरक्षा त्रुटि, हजारौं वेबसाइट बन्द

वेबसाइट निर्माणमा प्रयोग हुने ‘पीएचपी’ मा सुरक्षा जोखिम देखिएपछि पूर्वसावधानीका लागि अफलाइन गराइएका सरकारी तथा बैंकिङ वेबसाइट मंगलबारभित्रै सञ्चालनमा आउने सरकारले जनाएको छ । ...

कान्तिपुर
उत्तर कोरियाली नेता किम जोङ उन आकस्मिक रुपमा चीन पुगेपछि
ताजा खबरJust now

उत्तर कोरियाली नेता किम जोङ उन आकस्मिक रुपमा चीन पुगेपछि

उत्तर कोरियाली नेता किम जोङ उनले आकस्मिक रुपमा चीनको सीमावर्ती सहर भ्रमण गरेका छन्।  किम शनिबार आकस्मिक रुपमा चीनको सीमावर्ती सहर डानडोङमा देखिएका हुन्। चीनको सेन्जेनमा अर्को महिना हुन लागेको एपेक समिटको केही हप्ताअघि यो एक दिने भ्रमण भएको हो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसहितलाई चीनका राष्ट्रपति सी चिनफिङले सेन्जेन एपेक सम... ...

नेपालखबर
दाङमा सराय नाच मेलाको सुरुआत
ताजा खबरJust now

दाङमा सराय नाच मेलाको सुरुआत

घोराही (दाङ), कात्तिक ७ गते । दाङमा यस वर्षदेखि सराय नाच मेलाको सुरुआत गरिएको छ । घोराही उपमहानगरपालिका–१८ स्थित अम्बिकेश्वरी मन्दिर व्यवस्थापन समितिको आयोजनामा आज सराय नाच मेलाको... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play