Tuesday, November 17, 2026||
MultiKhabarMultiKhabar

सार्क चेम्बरको पर्यटन समिति संयोजकमा चन्द्र ढकाल

Share:WhatsAppFacebookX (Twitter)Telegram
सार्क चेम्बरको पर्यटन समिति संयोजकमा चन्द्र ढकाल
Photo / Coverage: पर्दाफास

सार्क चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री (सार्क सीसीआई) को पर्यटन समितिको संयोजकमा नेपालका व्यवसायी चन्द्रप्रसाद ढकाल चयन भएका छन् । माल्दिभ्समा सम्पन्न सार्क चेम्बरको ८८औँ कार्यकारी समितिको बैठकले ढकाललाई पर्यटन समितिको संयोजकको जिम्मेवारी दिएको हो । नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्षसमेत रहेका ढकाल आइएमई समूहका अध्यक्ष हुन् । चन्द्रागिरि हिल्ससहित नेपालका सातवटै प्रदेशमा पर्यटन पूर्वाधार विकास, होटल तथा आतिथ्य क्षेत्रमा लगानी र स्वदेशी ‘इला’ होटल चेन ब्रान्डको प्रवर्द्धनमा उनको संलग्नता छ । नवनियुक्त संयोजक ढकालले दक्षिण एसियाको भौगोलिक तथा सांस्कृतिक विविधतालाई विश्व पर्यटन बजारमा स्थापित गर्न सकिने बताएका छन् । सगरमाथासहितका हिमशृङ्खला, हिन्द महासागरका टापु, समुद्री तट, जङ्गल, मरुभूमि तथा धार्मिक र ऐतिहासिक सम्पदाले दक्षिण एसियालाई विशिष्ट पर्यटकीय क्षेत्र बनाएको उनको भनाइ छ । विश्वको करिब एक चौथाइ जनसङ्ख्याको बसोबास रहेको दक्षिण एसिया आफैँमा ठूलो आन्तरिक पर्यटन बजार भएको उल्लेख गर्दै उनले यस सम्भावनाको उपयोग गर्न क्षेत्रीय पर्यटन पूर्वाधारमा लगानी बढाउनुपर्नेमा जोड दिएका छन् । उनले दक्षिण एसियाका प्रतिष्ठित होटल तथा आतिथ्य ब्रान्डलाई एकअर्काका देशमा विस्तार गर्ने वातावरण बनाउनुपर्ने बताएका छन् । अन्तरदेशीय लगानीले पुँजीसँगै ज्ञान, सीप र प्रविधिको आदानप्रदानमा समेत सहयोग पुग्ने उनको धारणा छ । नेपालमा पनि सार्क राष्ट्रका लगानीकर्ता र स्थापित होटल चेनलाई पर्यटन पूर्वाधारमा लगानीका लागि आकर्षित गर्न सकिने उनले बताएका छन् । यसबाट नेपाली आतिथ्य क्षेत्रको अनुभवलाई क्षेत्रीय बजारसँग जोड्न मद्दत पुग्ने उनको विश्वास छ । क्षेत्रीय पर्यटन प्रवर्द्धनका लागि ‘सार्कभित्रै घुमौँ’ अभियान सञ्चालन गर्नुपर्नेमा पनि उनले जोड दिएका छन् । विभिन्न देशका पर्यटकीय गन्तव्य समेटेर साझा पर्यटन सर्किट र प्याकेज निर्माण गर्न सके धार्मिक, सांस्कृतिक, पर्यावरणीय तथा साहसिक पर्यटनको आदानप्रदान बढाउन सकिने उनको भनाइ छ । ढकालले क्षेत्रीय पर्यटन विकासका लागि हवाई तथा स्थलमार्गको सम्पर्क विस्तारलाई महत्त्वपूर्ण आधारका रूपमा औँल्याएका छन् । सार्क राष्ट्रका प्रमुख सहरबीच सीधा हवाई तथा स्थल यातायातको पहुँच बढाउन सके पर्यटक, व्यवसायी र लगानीकर्ताको आवागमन सहज हुने उनले बताएका छन् । नेपालका अन्तर्राष्ट्रिय विमानस्थललाई पनि सार्क राष्ट्रका प्रमुख पर्यटकीय गन्तव्यसँग सीधा हवाई सम्पर्कमा जोड्न सके क्षेत्रीय पर्यटन प्रवर्द्धनमा उल्लेखनीय योगदान पुग्ने उनको विश्वास छ । यी लक्ष्य पूरा गर्न सार्क राष्ट्रका सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्दै उनले नीतिगत समन्वय र व्यावसायिक साझेदारी विस्तारमा सार्क चेम्बरजस्ता क्षेत्रीय संस्थाले महत्त्वपूर्ण भूमिका खेल्न सक्ने बताएका छन् । समग्र दक्षिण एसियाको पर्यटन विकास र साझा समृद्धिका लागि परिणाममुखी भूमिका निर्वाह गर्न आफू प्रतिबद्ध रहेको ढकालले बताएका छन् ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
भ्यान जाँच गर्दा बोराभरि पैसा, स्रोत नखुलेको १ करोड ६७ लाख रुपैयाँसहित तीन जना पक्राउ
OthersJust now

भ्यान जाँच गर्दा बोराभरि पैसा, स्रोत नखुलेको १ करोड ६७ लाख रुपैयाँसहित तीन जना पक्राउ

प्रहरीले ललितपुरको नख्खु चोकतर्फ जाँदै गरेको भ्यानबाट स्रोत नखुलेको १ करोड ६७ लाख ३३ हजार २३० रुपैयाँ बरामद गरेको छ। रकमसँगै भ्यानमा सवार तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको छ। विशेष सूचनाका आधारमा मंगलबार बिहान बा प्र ०१-०२७ च २७६५ नम्बरको भ्यान जाँच गर्दा बोराभित्र विभिन्न दरका नोट भेटिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका एक अधिकारीले जानकारी दिएका छन् । नियन्त्रणमा ...

पर्दाफास
प्रतिकूल परिस्थिति झेल्दै भन्सार राजस्वले प्रथम चौमासिकमा भेट्यो लक्ष्य
OthersJust now

प्रतिकूल परिस्थिति झेल्दै भन्सार राजस्वले प्रथम चौमासिकमा भेट्यो लक्ष्य

भन्सार विभागले प्रथम चौमासिकमा १ खर्ब ८९ अर्ब ६१ करोड बराबर राजस्व संकलन गरेको छ । यो लक्ष्यको १००.६ प्रतिशत बराबर हो । ...

अनलाइन खबर
दीपेन्द्रको अर्धशतकमा सुदूरपश्चिमले लुम्बिनीलाई दियो १०६ रनको लक्ष्य
OthersJust now

दीपेन्द्रको अर्धशतकमा सुदूरपश्चिमले लुम्बिनीलाई दियो १०६ रनको लक्ष्य

कीर्तिपुरस्थित टीयू मैदानमा लुम्बिनीले टस जितेर बलिङ रोजेपछि पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले ८ विकेट गुमाएर १०५ रन बनाएको हो । ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play