Tuesday, November 17, 2026||
MultiKhabarMultiKhabar

भ्यान जाँच गर्दा बोराभरि पैसा, स्रोत नखुलेको १ करोड ६७ लाख रुपैयाँसहित तीन जना पक्राउ

Share:WhatsAppFacebookX (Twitter)Telegram
भ्यान जाँच गर्दा बोराभरि पैसा, स्रोत नखुलेको १ करोड ६७ लाख रुपैयाँसहित तीन जना पक्राउ
Photo / Coverage: पर्दाफास

प्रहरीले ललितपुरको नख्खु चोकतर्फ जाँदै गरेको भ्यानबाट स्रोत नखुलेको १ करोड ६७ लाख ३३ हजार २३० रुपैयाँ बरामद गरेको छ। रकमसँगै भ्यानमा सवार तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको छ। विशेष सूचनाका आधारमा मंगलबार बिहान बा प्र ०१-०२७ च २७६५ नम्बरको भ्यान जाँच गर्दा बोराभित्र विभिन्न दरका नोट भेटिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका एक अधिकारीले जानकारी दिएका छन् । नियन्त्रणमा लिइएकामा भोजपुर नगरपालिका-३ का ३० वर्षीय दीपक खड्का, ललितपुरको गोदावरी नगरपालिका-१० बोहराटारका ३२ वर्षीय जयराम के.सी. र काठमाडौँ महानगरपालिका-१० बानेश्वरका २९ वर्षीय प्रज्वल रिजाल छन्। प्रहरीका अनुसार उनीहरू भगवान शाहले सञ्चालन गरेको पशुपतिनाथ पराग सप्लायर्समा कार्यरत कर्मचारी हुन्। खड्का मार्केटिङको काम गर्छन् भने के.सी. भ्यान चालक र रिजाल सामान लोड गर्ने कर्मचारी हुन्। बरामद नगदमा एक हजार दरका नोटबाट १ करोड ९ लाख ८७ हजार रुपैयाँ, पाँच सय दरका नोटबाट ५१ लाख ५० हजार रुपैयाँ र एक सय दरका नोटबाट पाँच लाख रुपैयाँ रहेको प्रहरीले जनाएको छ। त्यस्तै, पचास दरका नोटबाट ४२ हजार ६०० रुपैयाँ, बीस दरका नोटबाट ४२ हजार ३६० रुपैयाँ, दश दरका नोटबाट १० हजार २७० रुपैयाँ र पाँच दरका नोटबाट एक हजार रुपैयाँ बरामद भएको छ। अहिले कारवाहीका लागि ललितपुर परिसर पठाइएको प्रहरीले जनाएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
विकेन्द्रीकरणलाई विस्तार गर्दै त्रिवि
OthersJust now

विकेन्द्रीकरणलाई विस्तार गर्दै त्रिवि

त्रिविले विकेन्द्रीकरणलाई विस्तार गर्ने भएको छ । यो नियमअनुसार त्रिविका संस्थान र क्याम्पसले आर्थिक अधिकारको मात्र प्रयोग गरेका छन् । जसका कारण बेरुजु बढेको छ । अब शैक्षिक गुणस्तर सुधार गर्नेगरी विकेन्द्रीकरणको विस्तार गर्ने तयारी गरेको छ । ...

अनलाइन खबर
अर्थमन्त्रीको निर्देशनपछि भन्सार विभागले गरेको ६९ अधिकृत र २०३ नासुको सरुवा रद्द
OthersJust now

अर्थमन्त्रीको निर्देशनपछि भन्सार विभागले गरेको ६९ अधिकृत र २०३ नासुको सरुवा रद्द

भन्सार विभागले २० कात्तिकमा ६९ अधिकृत र २ सय ३ नायबसुब्बाको विभाग अन्तर्गतका कार्यालयहरूमा सरुवा गरेको थियो । ...

अनलाइन खबर
हिमालय आँखा अस्पतालको सेवा अब व्यास नगरपालिकामा
OthersJust now

हिमालय आँखा अस्पतालको सेवा अब व्यास नगरपालिकामा

नेपाल नेत्रज्योति सङ्घ, हिमालय आँखा अस्पताल पोखरा र व्यास नगरपालिकाको सहकार्यमा स्थापना भएको आँखा उपचार केन्द्रको शुभारम्भ गरिएको छ । ...

अनलाइन खबर
एआईजीको जागिर खुस्कियो, लगानी बोर्डका पूर्वसीईओदेखि नेताका भाइसम्म पक्राउ
OthersJust now

एआईजीको जागिर खुस्कियो, लगानी बोर्डका पूर्वसीईओदेखि नेताका भाइसम्म पक्राउ

कनेक्सन देखिएको भने पनि इनम–महेश सम्बन्ध कस्तो हो भन्नेबारे प्रहरीले केही बताएको छैन । इनमकै मोबाइलबाट कनेक्सन देखिएपछि महेश पक्राउ परेका हुन् । ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play