Tuesday, November 17, 2026||
MultiKhabarMultiKhabar

ललितपुरमा ‘आकाशटेल नास–आईटी एक्स्पो २०२६’ आयोजना हुँदै

Share:WhatsAppFacebookX (Twitter)Telegram
ललितपुरमा ‘आकाशटेल नास–आईटी एक्स्पो २०२६’ आयोजना हुँदै
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । नेपाल सफ्टवेयर तथा आईटी सेवा कम्पनी संघ (नास–आईटी) ले ‘आकाशटेल नास–आईटी एक्स्पो २०२६’ आयोजना गर्ने भएको छ । संघले मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलन गरी नेपालको सूचना प्रविधि (आईटी) क्षेत्रको विकास, नेपाली सफ्टवेयर तथा प्रविधिजन्य उत्पादनको प्रवद्र्धन र नयाँ स्टार्टअपलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसँग जोड्ने उद्देश्यले एक्स्पो आयोजना गर्न लागिएको जानकारी दिएको हो । एक्स्पो आगामी मंसिर ५ र ६ गते ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा सञ्चालन हुनेछ । आयोजकका अनुसार एक्स्पोमा साइबर सुरक्षा, वित्तीय प्रविधि तथा बैंकिङ, सफ्टवेयर सेवा तथा व्यावसायिक सफ्टवेयर, कृत्रिम बुद्धिमत्ता (एआई) तथा सफ्टवेयर विकास, सञ्चार तथा डिजिटल प्लेटफर्म र शैक्षिक प्रविधि तथा जनशक्ति विकास गरी छवटा विधाका ३० भन्दा बढी प्रविधि कम्पनी सहभागी हुनेछन् । एक्स्पोबारे जानकारी दिँदै नास–आईटीका अध्यक्ष दिपेन चापागाईंले यस वर्ष विशेषगरी स्टार्टअपलाई आफ्ना उत्पादन तथा सेवा प्रदर्शन गर्ने अवसर प्रदान गरिने बताए । नयाँ उद्यमीलाई सम्भावित ग्राहक, लगानीकर्ता तथा व्यावसायिक साझेदारसँग जोडेर बजार विस्तारमा सहयोग पुर्याउनु स्टार्टअप प्याभिलियनको मुख्य उद्देश्य रहेको उनको भनाइ छ । पछिल्लो समय नेपालमा सूचना प्रविधिको क्षेत्रमा उल्लेखनीय विकास भइरहेको छ । स्थापित कम्पनीसँगै नयाँ आईटी कम्पनीहरू पनि सञ्चालनमा आएका छन् । नेपाली कम्पनीहरूले स्वदेशी बजारका आवश्यकता सम्बोधन गर्ने प्रविधि विकास गर्नुका साथै अन्तर्राष्ट्रिय बजारमा समेत सफ्टवेयर तथा प्रविधिजन्य सेवा उपलब्ध गराउँदै आएका छन् । यद्यपि, नेपाली उत्पादनको बजार विस्तार, स्वदेशी प्रविधिको प्रयोग वृद्धि र अन्तर्राष्ट्रिय बजारमा पहुँच सुदृढ गर्न अझै आवश्यक रहेको आयोजकको भनाइ छ । विभिन्न कम्पनीले छुट्टाछुट्टै रूपमा गरिरहेका प्रयासलाई एउटै मञ्चमा ल्याई सहकार्य र व्यावसायिक अवसर सिर्जना गर्नु एक्स्पोको मुख्य उद्देश्य रहेको संघले जनाएको छ । आयोजकले यस वर्षको एक्स्पोमा तीन हजारभन्दा बढी सहभागी हुने अपेक्षा गरेको छ । नेपालमा उपलब्ध दक्ष आईटी जनशक्ति, प्रविधि र सफ्टवेयर उत्पादनको क्षमतालाई उपयोग गर्दै स्वदेशी कम्पनीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा स्थापित गर्न एक्स्पोले महत्त्वपूर्ण भूमिका खेल्ने आयोजकको विश्वास छ । साथै, प्रविधि क्षेत्रका कम्पनी, लगानीकर्ता, सेवाग्राही, विद्यार्थी तथा युवा उद्यमीबीच सहकार्यको वातावरण निर्माण गरी नेपालको डिजिटल अर्थतन्त्रलाई थप गतिशील बनाउन कार्यक्रम सहयोगी हुने अपेक्षा गरिएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
एनपीएलमा सट्टेबाजी गरेको आरोपमा एक जना पक्राउ, ८ लाखभन्दा बढीको कारोबार
Latest NewsJust now

एनपीएलमा सट्टेबाजी गरेको आरोपमा एक जना पक्राउ, ८ लाखभन्दा बढीको कारोबार

काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा अनलाइनमार्फत सट्टेबाजी गरेको आरोपमा एक भारतीय नागरिक पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले भारतको राजस्थान राज्यस्थित श्रीगंगानगरका ३५ वर्षीय रोहित पथरियालाई... ...

रातोपाटी
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
Latest NewsJust now

बहिरा फुटबल टोली दक्षिण कोरिया जाने

काठमाडौँ। पाँचाैँ एसिया–प्यासिफिक डेफ फुटबल च्याम्पियनसिपमा सहभागी हुन ३९ सदस्यीय नेपाली टोली बुधबार दक्षिण कोरियाको छाङवन प्रस्थान गर्ने भएको छ । नोभेम्बर २० देखि २९ तारिखसम्म हुने प्रतियोगितामा नेपालको पुरुष/महिला... ...

रातोपाटी
जलवायु परिवर्तनमा न्यून योगदान पुर्‍याएको मुलुकले सबैभन्दा गम्भीर परिणाम भोग्नुपरेको छ : मन्त्री चौधरी
Latest NewsJust now

जलवायु परिवर्तनमा न्यून योगदान पुर्‍याएको मुलुकले सबैभन्दा गम्भीर परिणाम भोग्नुपरेको छ : मन्त्री चौधरी

काठमाडौँ, मंसिर १ गते । संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) द्वारा कोप–३१ अन्तर्गत आज यहाँ आयोजित नोक्सानी र क्षतिसम्बन्धी उच्चस्तरीय मन्त्रीस्तरीय संवादलाई सम्बोधन गर... ...

गोरखापत्र
घोप्टेभिरमा ढुङ्गा खसेर लाग्दा मोटरसाइकल चालकको मृत्यु
Latest NewsJust now

घोप्टेभिरमा ढुङ्गा खसेर लाग्दा मोटरसाइकल चालकको मृत्यु

काठमाडौं । पृथ्वी राजमार्गको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा माथिबाट खसेको ढुङ्गा लागेर मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा ललितपुर महानगरपालिका–२० निवासी ६१ वर्षीय गङ्गाराम महर्जन रहेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चन्द्रभूषण यादवका अनुसार आज दिउँसो काठमाडौंबाट मुग्लिनतर्फ जाँदै गरेको बा ८५ प ६०१ नम्बरको मोटरसाइकलमाथि सडकको माथिल्लो भागबाट एक्कासी […] ...

लोकपथ
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play