Sunday, November 22, 2026||
MultiKhabarMultiKhabar

‘सारथी’ को ट्रेलर सार्वजनिक

Share:WhatsAppFacebookX (Twitter)Telegram
‘सारथी’ को ट्रेलर सार्वजनिक
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । कुमार गजुरेल निर्देशित सिनेमा ‘सारथी’ को ट्रेलर सार्वजनिक भएको छ । निर्माण टिमले बानेश्वरको एनबी सेन्टरमा कार्यक्रम गर्दै ट्रेलर सार्वजनिक गरेको हो । म्याग्दीको दुर्गम गुर्जा गाउँको ग्रामीण परिवेश र जीवनशैलीलाई समेटेर तयार पारिएको ट्रेलरमा आमा र छोराबीचको मर्मस्पर्शी संघर्षलाई मुख्य कथा प्रस्तुत गरिएको छ । जीवनयापनका क्रममा आइपर्ने हरेक उतारचढावमा छोराको ‘सारथी’ बनेकी आमाको भूमिकामा निरुता सिंह र छोराको भूमिकामा गिरी विश्वकर्मा को दमदार र भावुक अभिनय देख्न सकिन्छ । लामो समयपछि पर्दामा फर्किएका अभिनेता उत्तम प्रधान र नव अभिनेत्री गायत्री जोशीको भूमिकालाई ट्रेलरमा रहस्यमयी ढंगले प्रस्तुत गरिएको छ । ट्रेलरको सुरुवातमै सिनेमाको शीर्षकको अर्थ बुझाउँदै कलाकारहरूको चिनारी गराइएको छ भने ग्रामीण भूमिकामा देखिएका सबै कलाकारहरूको अभिनय निकै स्वाभाविक र जीवन्त देखिएको छ । निरुता सिंहले बोलेको ‘एउटा हात तिम्रो अघि सारथी बनेर रहिरहनेछ’ भन्ने भावनात्मक पंक्ति ट्रेलरको मुख्य आकर्षण बनेको छ। यसले सिनेमाको शीर्षकलाई अर्थपूर्ण बनाउँदै सम्बन्ध, साथ र मानवीय संवेदनाको गहिरो भाव बोकेको छ । अभिनेत्री निरुता सिंहको भावपूर्ण कवितावाचनले पनि ट्रेलरलाई विशेष बनाएको छ । सिनेमाका निर्देशक गजुरेलकै कथा, पटकथा तथा संवाद लेखन रहेको यो सिनेमा यही मंसिर ११ गते हलमा प्रदर्शन हुनेछ । सिनेमामा निरुता सिंह, उत्तम प्रधान, गिरि विश्वकर्मा, गायत्री जोशी, मुकुन्द श्रेष्ठ, राजेन्द्र केसी, सम्रान्त थापा, कल्पना थापा, मदन थापा, अनिता कुईकेल, कमला अर्याल, मिलन खड्का, रश्मी गुरुङ, तुलसी राई, आशा विश्वकर्मा, सन्तोष ढकाल, विप्लव खड्का, सागर कँडेल, सुदीप नेपाल, धिरेन कार्कीलगायत कलाकारले अभिनय गरेका छन् । किम्भे प्रोडक्सन र धीरज फिल्म इन्फिनिटीको ब्यानरमा निर्माण भएको सिनेमाको सम्पूर्ण छायांकन म्याग्दीको गुर्जा क्षेत्रमा गरिएको हो । सिनेमा संकल्प भुजेलले छायांकन गरेका हुन् । तारा थापा ‘किम्भे’ प्रस्तुतकर्ता रहेको सिनेमाका निर्माता रदिप श्रेष्ठ र प्रदीप रायमाझी हुन् । सिनेमाका कार्यकारी निर्मातामा बेक बहादुर विश्वकर्मा र नवीन श्रेष्ठ छन् । सिनेमामा अविनाश राई, द्वारिका श्रेष्ठ र ओमिसन थापा सह–निर्माता तथा अमिर केसी लाइन प्रोड्युसर हुन् । सिनेमा बाबुल गिरी र प्रशान्त शिवाकोटीको संगीत, राजु खतिवडाको मुख्य सहायक निर्देशन तथा यमुना आचार्य र आशिष श्रेष्ठ सहायक निर्देशनमा बनेको छ । सिनेमा आरआर फिल्म्सले वितरण गर्नेछ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
प्रशासनिक सेवा लिन घुइँबारीका बासिन्दालाई रातभरको यात्रा
Latest NewsJust now

प्रशासनिक सेवा लिन घुइँबारीका बासिन्दालाई रातभरको यात्रा

भौगोलिक रूपमा जिल्ला सदरमुकामबाट टाढा रहेको घुइँबारीबाट प्रशासन कार्यालय पुग्न उनलाई सल्यानकै बाटो सहज छैन। बाँके र बर्दिया राष्ट्रिय निकुञ्ज हुँदै सुर्खेतको बाटो पार गरेर सदरमुकाम पुग्नुपर्ने बाध्यता छ। ...

कान्तिपुर
नेपालविरुद्ध यूएईको सुरुवात कमजोर, पाँच ओभरमै गुमायो दुई विकेट
Latest NewsJust now

नेपालविरुद्ध यूएईको सुरुवात कमजोर, पाँच ओभरमै गुमायो दुई विकेट

काठमाडौं । कतारमा जारी राइजिङ स्टार्स एसिया कपअन्तर्गत नेपालविरुद्धको खेलमा संयुक्त अरब इमिरेट्स (यूएई) ले सुरुवाती पाँच ओभरमा दुई विकेट गुमाएर २५ रन बनाएको छ। दोहामा जारी खेलमा नेपालले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो। नेपालका लागि राशिद खानले दुई दशमलव दुई ओभर बलिङ गर्दै चार रन खर्चेर एक विकेट लिएका छन्। नन्दन यादवले तीन ओभरमा २१ रन खर्चिएका ...

केन्द्रबिन्दु
मधेशका मुख्यमन्त्री भन्छन्- ‘सर्वदलीय सरकार बनाउँछु’
Latest NewsJust now

मधेशका मुख्यमन्त्री भन्छन्- ‘सर्वदलीय सरकार बनाउँछु’

मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै दललाई सहभागी गराई सर्वदलीय सरकार बनाउने दाबी गरेका छन् । ...

कान्तिपुर
पाकिस्तानको बलुचिस्तानमा सुरक्षा कारबाहीमा १५ लडाकु मारिए
Latest NewsJust now

पाकिस्तानको बलुचिस्तानमा सुरक्षा कारबाहीमा १५ लडाकु मारिए

बलुचिस्तान। पाकिस्तानको दक्षिणपश्चिमी प्रान्त बलुचिस्तानको मस्तुङ जिल्लामा शनिबार गरिएको दुई छुट्टाछुट्टै सुरक्षा कारबाहीमा १५ जना लडाकु मारिएका छन्। सुरक्षा स्रोतका अनुसार पहिलो कारबाहीमा पाँच जना लडाकु मारिएका थिए भने दोस्रो कारबाहीमा थप १० जना मारिएका हुन्। कारबाहीका क्रममा लडाकुका विभिन्न आश्रयस्थलसमेत ध्वस्त पारिएको सुरक्षा स्रोतले जनाएको छ। साथै, घटनास्थलबाट ठूलो परिमाणमा हतियार तथा गोलीगठ्ठा बरामद गरिएको बताइएको छ। पाकिस्तानी सुरक्षा बलले सञ्चालन गरेका ...

नेपालन्युज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play