काठमाडौं । कतारमा जारी राइजिङ स्टार्स एसिया कपअन्तर्गत नेपालविरुद्धको खेलमा संयुक्त अरब इमिरेट्स (यूएई) ले सुरुवाती पाँच ओभरमा दुई विकेट गुमाएर २५ रन बनाएको छ। दोहामा जारी खेलमा नेपालले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो। नेपालका लागि राशिद खानले दुई दशमलव दुई ओभर बलिङ गर्दै चार रन खर्चेर एक विकेट लिएका छन्। नन्दन यादवले तीन ओभरमा २१ रन खर्चिएका छन्। यूएईका हरप्रीत सिंह १६ बलमा १० रन बनाएर क्रिजमा छन् भने मुहम्मद शाहदाद आठ बलमा दुई रन बनाएर खेलिरहेका छन्। यूएईले १.५ ओभरमा ११ रन बनाउँदा दोस्रो विकेट गुमाएको थियो। नेपालले आज आफ्नो १००औँ एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) खेल खेलिरहेको छ। यस खेलमा जित निकाल्दै ५०औँ ओडीआई जित पूरा गर्ने लक्ष्य नेपालले राखेको छ।
नेपालविरुद्ध यूएईको सुरुवात कमजोर, पाँच ओभरमै गुमायो दुई विकेट

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






