Monday, November 9, 2026||
MultiKhabarMultiKhabar

सामाजिक सञ्जालको हल्लाका भरमा काँग्रेसको महाधिवेशनमाथि प्रश्न नउठाउन विश्वप्रकाशको चेतावनी

Share:WhatsAppFacebookX (Twitter)Telegram
सामाजिक सञ्जालको हल्लाका भरमा काँग्रेसको महाधिवेशनमाथि प्रश्न नउठाउन विश्वप्रकाशको चेतावनी
Photo / Coverage: पर्दाफास

नेपाली काँग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले पार्टीको महाधिवेशनमा आर्थिक चलखेल भएको भन्दै सामाजिक सञ्जालमा भइरहेका प्रचार आधारहीन भएको बताएका छन् । सोमवार नेपाली काँग्रेस काभ्रेपलाञ्चोक जिल्ला कार्यसमितिले आयोजना गरेको कार्यक्रममा बोल्दै शर्माले कुनै विचौलियाले भनेकै भरमा करोडौँ रुपैयाँको लेनदेन भएको निष्कर्षमा पुग्न नहुने बताएका हुन् । उनले गगन थापा र आफूले पार्टीको नेतृत्व परिवर्तनका लागि करोडौँ रुपैयाँ बुझाएको भन्ने आरोपप्रति प्रश्न उठाउँदै पटक–पटक सत्तामा पुगेका नेताहरू र आफूहरूबीचको राजनीतिक तथा आर्थिक हैसियत तुलना गर्न आग्रह गरे । कुनै आपराधिक घटनामा पक्राउ परेको व्यक्तिले कसैको नाम जोडेर अभिव्यक्ति दिँदैमा त्यसलाई अदालत वा कानूनले प्रमाणका रूपमा स्वीकार गर्छ कि गर्दैन भन्दै उनले सामाजिक सञ्जालमा हुने प्रचारको पछि नलाग्न आग्रह गरे । शर्माले काँग्रेसको विशेष महाधिवेशनदेखि १५ औँ महाधिवेशनसम्मका सम्पूर्ण प्रक्रिया पार्टीको विधि, विधान, पद्धति र संविधानअनुसार सम्पन्न भएको दाबी गरे । महाधिवेशन प्रतिनिधिहरूको निर्णय कार्यान्वयन भएको भन्दै पार्टीभित्रका निर्णयलाई लिएर अनावश्यक भ्रम सिर्जना नगर्न उनको आग्रह छ । उनले बदलिएको राष्ट्रिय परिस्थिति र आवश्यकताअनुसार काँग्रेसलाई नयाँ ढंगले अघि बढाउनुपर्ने बताउनु भयो । पार्टीलाई चुस्त, व्यवस्थित र योजनाबद्ध रूपमा सञ्चालन गर्दै देशको विकास र समृद्धिका लागि काम गर्ने उनको भनाइ छ । शर्माले भने, ‘राष्ट्रिय आवश्यकता र बदलिँदो परिस्थितिअनुसार नेपाली काँग्रेसलाई नयाँ सोच, ऊर्जा र दिशासहित अघि बढाउनुपर्ने समय आएको छ । पार्टीको विशेष महाधिवेशनदेखि आगामी १५ औँ महाधिवेशनसम्मका प्रक्रिया विधि, विधान र पद्धतिअनुसार अघि बढेका छन् । अपुष्ट आरोप र हल्लाभन्दा तथ्य, प्रमाण र विवेकलाई प्राथमिकता दिनुपर्छ । अब काभ्रे काँग्रेसले गाउँ, टोल र जनताको घरदैलोसम्म पुगेर संगठन बलियो बनाउनुपर्छ । अनुभवी नेतृत्व र युवा पुस्ताको सहकार्यमा जिल्लामा नयाँ उत्साह, विश्वास र ऊर्जा जगाउनुपर्छ । हामी अध्ययन, मेहनत, एकता र योजनाका साथ पार्टी तथा देशको समृद्धिका लागि अघि बढ्नुपर्छ ।’ काभ्रे काँग्रेसलाई संगठन विस्तार र सुदृढीकरणमा केन्द्रित हुन आग्रह गर्दै शर्माले पार्टीको जग बलियो बनाउन कार्यकर्ताहरू गाउँ तथा समुदायसम्म पुग्नुपर्ने बताए। कार्यकर्तामा आशा र आत्मविश्वास जगाउन सके मात्रै समाजमा नयाँ विश्वास स्थापित गर्न सकिने उनले उल्लेख गरे ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
फेसबुक र टिकटकको विकल्प बन्दै नेपालीले बनाएको सामाजिक सञ्जाल ‘थोप्ला’
OthersJust now

फेसबुक र टिकटकको विकल्प बन्दै नेपालीले बनाएको सामाजिक सञ्जाल ‘थोप्ला’

नेपाली समुदायलाई विश्वभर एउटै डिजिटल प्लेटफर्ममार्फत जोड्ने उद्देश्यसहित विकास गरिएको सामाजिक सञ्जाल ‘थोप्ला’ प्रयोगकर्तामाझ लोकप्रिय बन्दै गएको छ । नेपाली युवाको पहलमा तयार भएको यस प्लेटफर्ममा हाल १५ हजार ३०० भन्दा बढी प्रयोगकर्ता जोडिएका छन् । फेसबुक, टिकटक र अन्य अन्तर्राष्ट्रिय सामाजिक सञ्जालको प्रयोग बढिरहेका बेला नेपाली समुदाय, भाषा, संस्कृति र सिर्जनशीलतालाई प्राथमिकता दिएर थोप्ला विकास गरिएको हो । नेपालमा मात्र ...

पर्दाफास
पटका पड्काएपछि दिल्लीमा वायु प्रदूषण खतरनाक स्तरमा
OthersJust now

पटका पड्काएपछि दिल्लीमा वायु प्रदूषण खतरनाक स्तरमा

दीपावलीपछि सोमबार बिहान दिल्लीको वायु गुणस्तर खतरनाक अवस्थामा पुगेको छ । आइतबार राति मानिसहरूले ठूलो मात्रामा पटका पड्काएपछि सोमबार बिहान दिल्लीका विभिन्न क्षेत्रमा हुस्सु र धुवाँका कारण दृश्यता (भिजिबिलिटी) समेत निकै कम भएको थियो । केन्द्रीय प्रदूषण नियन्त्रण बोर्ड (सीपीसीबी) का अनुसार दिल्लीको पटपडगञ्जमा वायु गुणस्तर सूचकांक ९एक्यूआई० ४१८, आईटीओमा ४०६, राजीव चोकमा ३८१ र… ...

अनलाइन खबर
गुल्मीमा कृत्रिम माला विस्थापित हुँदै, प्राकृतिक फूलप्रति बढ्दै आकर्षण
OthersJust now

गुल्मीमा कृत्रिम माला विस्थापित हुँदै, प्राकृतिक फूलप्रति बढ्दै आकर्षण

तिहारमा गुल्मी सदरमुकाम तम्घास बजारमा चहलपहल बढेको छ । पसलहरूमा तिहारका लागि आवश्यक सामग्री किनमेल गर्नेको भिड देखिन्छ । विगतका वर्षमा तिहारको समयमा बजारका पसलहरूमा प्रशस्त देखिने रंगीविरंगी कृत्रिम फूलका माला भने यस वर्ष निकै कम देखिएका छन् । ...

अनलाइन खबर
पटका पट्काउने क्रममा ८ वर्षीय बालकको मृत्यु
OthersJust now

पटका पट्काउने क्रममा ८ वर्षीय बालकको मृत्यु

पर्साको पकहामैनपुर गाउँपालिका–२ मा पटका पट्काउने क्रममा छर्रा लागेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय रामगुलाम सहनीका आठ वर्षीय छोरा कुन्दन सहनी रहेका छन् । प्रहरीका अनुसार आज बिहान करिब ८ बजे आफ्नै घरअगाडि पटका पट्काउने क्रममा पटकाको छर्रा बालकको छातीको बीच भागमा लागेको थियो । छर्रा लागेर गम्भीर घाइते भएका बालकलाई उपचारका लागि वीरगञ्जस्थित तराई अस्पताल लगिएको थियो ...

पर्दाफास
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play