Saturday, November 14, 2026||
MultiKhabarMultiKhabar

सामसङ ग्यालेक्सी एस २७ प्लस भारतीय नियामकको सूचीमा देखियो, चाँडै सार्वजनिक हुन सक्ने

Share:WhatsAppFacebookX (Twitter)Telegram
सामसङ ग्यालेक्सी एस २७ प्लस भारतीय नियामकको सूचीमा देखियो, चाँडै सार्वजनिक हुन सक्ने
Photo / Coverage: टेक्नोलोजी खबर

यस वर्षको सुरुमा, दक्षिण कोरियाली स्मार्टफोन निर्माता सामसङले ‘सामसङ ग्यालेक्सी एस २६’ (Samsung Galaxy S26) सिरिज सार्वजनिक गरेको थियो। मानक मोडेलका अतिरिक्त, यस सिरिजमा ‘सामसङ ग्यालेक्सी एस २६ प्लस’ र ‘सामसङ ग्यालेक्सी एस २६ अल्ट्रा’ पनि समावेश छन्। यसैबीच सामसङको अर्को स्मार्टफोन सिरिज पनि चाँडै सार्वजनिक हुन सक्छ; र ‘सामसङ ग्यालेक्सी एस २७’ सिरिजमा चारओटा मोडेलहरू हुन सक्छन्। यी स्मार्टफोनहरूलाई भारतीय बजारका लागि आधिकारीकरुपमा दर्ता गरिएको र सार्वजनिक गर्ने तयारी भइरहेको मिडियाहरुले रिपोर्ट गरेका छन्। सामाजिक सञ्जाल प्लेटफर्म ‘एक्स’ मा एक ‘टिपस्टर’ ले खुलासा गरे अनुसार, ‘SM-S956B/DS’ मोडेल नम्बर भएको सामसङ स्मार्टफोन ‘ब्युरो अफ इन्डियन स्ट्यान्डर्ड्स’ (बिआईएस) को वेबसाइटमा देखिएको छ। यो सम्भवतः ‘सामसङ ग्यालेक्सी एस २७ प्लस’ हो, जसले भारतमा यसको छिट्टै सार्वजनिक हुने सम्भावनालाई संकेत गर्छ। यसअघि, ‘सामसङ ग्यालेक्सी एस २७’ (मोडेल नम्बर SM-S952B/DS) पनि बिआईएस वेबसाइटमा देखिएको थियो। यद्यपि, यी सूचीहरूमा स्मार्टफोनहरूको प्राविधिक विशेषताहरू बारे कुनै विवरण दिइएको छैन। यस सिरिजमा ‘सामसङ ग्यालेक्सी एस २७ प्रो’ र ‘सामसङ ग्यालेक्सी एस२७ अल्ट्रा’ पनि समावेश हुन सक्छन्। ‘सामसङ ग्यालेक्सी एस२७ प्लस’ मा कम्पनीकै ‘एक्सनोज २७०० (Exynos 2700)’ चिपसेट प्रयोग हुने अपेक्षा गरिएको छ। यसमा १२० हर्जसम्मको रिफ्रेस रेट भएको ६.६६ इन्चको ‘फुल एचडी प्लस २एक्स एमोलेड’ डिस्प्ले हुन सक्छ। यो डिभाइसमा तीनओटा क्यामरा भएको ‘ट्रिपल रियर क्यामरा’ सेटअप हुन सक्छ, जसमा ५० मेगापिक्सेलको मुख्य क्यामरा, १२ मेगापिक्सेलको अल्ट्रा-वाइड क्यामरा र एउटा टेलिफोटो क्यामरा समावेश हुनेछन्। अर्कोतर्फ, ‘सामसङ ग्यालेक्सी एस२७’ मा ६.२७ इन्चको एमोलेड डिस्प्ले हुन सक्छ। आगामी सिरिजको हिस्सा रहेको ‘सामसङ ग्यालेक्सी एस२७ अल्ट्रा’ मा विशेष रूपमा तयार पारिएको ‘स्न्यापड्रागन’ चिपसेट हुने अपेक्षा गरिएको छ। हालै एक टिपस्टरले बताए अनुसार, सेतो, निलो, हल्का गुलाबी र कालो गरी चार आधारभूत रङहरूका अतिरिक्त, ‘सामसङ ग्यालेक्सी एस२७ अल्ट्रा’ विशेष ‘भ्वाइलेट’ (बैजनी) रङको विकल्पमा पनि उपलब्ध हुन सक्छ। ‘सामसङ ग्यालेक्सी एस२६ अल्ट्रा’ पनि भ्वाइलेट रङमा उपलब्ध छ। सामसङ ग्यालेक्सी एस२७ अल्ट्रा (Samsung Galaxy S27 Ultra) मा ‘हल्का गुलाबी’ रङको नयाँ विकल्प आउन सक्छ, जसले सामसङ ग्यालेक्सी एस२6 अल्ट्रा मा उपलब्ध ‘कोबाल्ट भायोलेट’ रङलाई प्रतिस्थापन गर्न सक्छ। आउँदै गरेको यो स्मार्टफोनका अन्य रङ विकल्पहरू भने विशेष गरी सामसङको अनलाइन स्टोरमार्फत मात्र बिक्री गरिन सक्ने बताईएको छ। The post सामसङ ग्यालेक्सी एस २७ प्लस भारतीय नियामकको सूचीमा देखियो, चाँडै सार्वजनिक हुन सक्ने appeared first on Technology Khabar.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टेक्नोलोजी खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
वैज्ञानिकहरूले विकास गरे मस्तिष्कको गतिविधि विश्लेषण गरी देखेका तस्बिर पुनः निर्माण गर्न सक्ने एआई प्रणाली
TechnologyJust now

वैज्ञानिकहरूले विकास गरे मस्तिष्कको गतिविधि विश्लेषण गरी देखेका तस्बिर पुनः निर्माण गर्न सक्ने एआई प्रणाली

वैज्ञानिकहरूले मानिसको मस्तिष्कको गतिविधि विश्लेषण गरेर उसले हेरेका तस्बिर पुनः निर्माण गर्न सक्ने कृत्रिम बुद्धिमत्ता (एआई) प्रणाली विकास गरेका छन्। ‘ब्रेन–आईटी’ नाम दिइएको यो प्रणालीले मस्तिष्कको स्क्यानबाट दृश्य पहिचान गरी त्यसलाई तस्बिरमा बदल्न सक्छ। इजरायलको वाइमन इन्स्टिच्युट अफ साइन्सका अनुसन्धानकर्ताहरूले विकास गरेको यो प्रणालीले फङ्सनल म्याग्नेटिक रेजोनेन्स इमेजिङ (एफएमआरआई) प्रविधिबाट प्राप्त मस्तिष्कको गतिविधिसम्बन्धी तथ्यांक प्रयोग गर्छ। विशेषगरी दृश्य प्रशोधन गर्ने मस्तिष्कको ...

टेक्नोलोजी खबर
अब गुगलको नयाँ सर्च अपग्रेडले जटिल प्रश्नको अझ राम्रो उत्तर दिने
TechnologyJust now

अब गुगलको नयाँ सर्च अपग्रेडले जटिल प्रश्नको अझ राम्रो उत्तर दिने

गुगल सर्च अब जटिल प्रश्नहरू बुझ्नमा अझ सक्षम हुँदै गएको छ जसमा धेरै भाग भएका प्रश्न, अत्यन्त विशिष्ट अनुरोध वा बुझ्न गाह्रो पर्ने टाइपिङ त्रुटि भएका प्रश्न पनि पर्छन्। यी सुधार कम्पनीले हालै सार्वजनिक गरेको नयाँ जेमिनी ४ हाइड्रोजन मोडेलमार्फत आएका हुन्, जसलाई गुगलले आफ्नो “सर्चका लागि अहिलेसम्मकै सबैभन्दा ठूलो मोडेल सुधार” भएको दाबी गरेको छ। गुगलका अग्रणी मोडेल जेमिनी ४ ...

टेक्नोलोजी खबर
गत आर्थिक वर्षमा सरकारले ग्रामीण दूरसञ्चार विकास कोष दस्तुर बापत् संकलन गर्यो १ अर्ब ६८ करोड रुपैयाँ
TechnologyJust now

गत आर्थिक वर्षमा सरकारले ग्रामीण दूरसञ्चार विकास कोष दस्तुर बापत् संकलन गर्यो १ अर्ब ६८ करोड रुपैयाँ

सरकारले गत आर्थिक वर्षमा ग्रामीण दूरसञ्चार विकास कोष दस्तुर वापत् १ अर्ब ६८ करोड ५ लाख २४ हजार ५६४ रुपैया र ३९ पैसा संकलन गरेको छ। दूरसञ्चार ऐन, २०५३ को दफा ३०(४) बमोजिम ग्रामीण क्षेत्रमा दूरसञ्चार सेवाको विकास, विस्तार र संचालनका लागि प्राधिकरणले खडा गरेको ग्रामीण दूरसञ्चार विकास कोषमा अनुमतिपत्र प्राप्त व्यक्तिले प्राप्त गरेको वार्षिक आयको प्राधिकरणले तोके बमोजिमको रकम प्रत्येक ...

टेक्नोलोजी खबर
दक्षिण कोरियाले निर्यात अनुमति दिएपछि गुगलले म्यापबाट हटायो कोरियाको भौगोलिक निर्देशांक
TechnologyJust now

दक्षिण कोरियाले निर्यात अनुमति दिएपछि गुगलले म्यापबाट हटायो कोरियाको भौगोलिक निर्देशांक

दक्षिण कोरियाको सरकारले शुक्रबार गुगलले गुगल म्याप र गुगल अर्थबाट दक्षिण कोरियाको भूभागका अक्षांश र देशान्तरसम्बन्धी विवरण हटाएको जनाएको छ। गत फेब्रुअरीमा उच्च शुद्धतायुक्त नक्सासम्बन्धी तथ्यांक विदेश निर्यात गर्न दिइएको अनुमतिसँग जोडिएका सुरक्षा सर्तमध्ये यो पनि एक थियो। फेब्रुअरीमा दिइएको उक्त अनुमतिले करिब दुई दशकदेखि कायम रहेको सोल सरकारको अडानमा ठूलो परिवर्तन ल्याएको थियो। संवेदनशील सैन्य तथा सुरक्षा केन्द्रहरूको जानकारी सार्वजनिक ...

टेक्नोलोजी खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play