Saturday, November 14, 2026||
MultiKhabarMultiKhabar

गत आर्थिक वर्षमा सरकारले ग्रामीण दूरसञ्चार विकास कोष दस्तुर बापत् संकलन गर्यो १ अर्ब ६८ करोड रुपैयाँ

Share:WhatsAppFacebookX (Twitter)Telegram
गत आर्थिक वर्षमा सरकारले ग्रामीण दूरसञ्चार विकास कोष दस्तुर बापत् संकलन गर्यो १ अर्ब ६८ करोड रुपैयाँ
Photo / Coverage: टेक्नोलोजी खबर

सरकारले गत आर्थिक वर्षमा ग्रामीण दूरसञ्चार विकास कोष दस्तुर वापत् १ अर्ब ६८ करोड ५ लाख २४ हजार ५६४ रुपैया र ३९ पैसा संकलन गरेको छ। दूरसञ्चार ऐन, २०५३ को दफा ३०(४) बमोजिम ग्रामीण क्षेत्रमा दूरसञ्चार सेवाको विकास, विस्तार र संचालनका लागि प्राधिकरणले खडा गरेको ग्रामीण दूरसञ्चार विकास कोषमा अनुमतिपत्र प्राप्त व्यक्तिले प्राप्त गरेको वार्षिक आयको प्राधिकरणले तोके बमोजिमको रकम प्रत्येक वर्ष सो कोषमा जम्मा गर्नु पर्ने प्रावधान रहेको छ। सोही प्रावधान बमोजिम अनुमतिपत्र प्राप्त व्यक्तिले आर्थिक वर्ष २०८१/८२ मा प्राप्त गरेको वार्षिक आयको २ प्रतिशतले हुने ग्रामीण दूरसञ्चार विकास कोष वापतको रकम रु. १ अर्ब ६८ करोड ५ लाख २४ हजार ५६४ रुपैया र ३९ पैसा यस आ.व.मा ग्रामीण दूरसञ्चार विकास कोषमा दाखिला भएको प्राधिकरणले हालै जारी गरेको वार्षिक प्रतिवेदनमा उल्लेख छ। आ.व. २०८१/८२ को वार्षिक आयको आधारमा आ.व. २०८२/८३ मा ५२ ओटा सेवा प्रदायकले ग्रामीण दूरसञ्चार विकास कोष वापतको १ अर्ब ६८ करोड ५ लाख २४ हजार ५६४ रुपैया र ३९ पैसा दस्तुर बुझाएका हुन्। यी मध्ये एनसेल आजियाटा र नेपाल टेलिकमले क्रमश: ६४ करोड र ६७ करोड बुझाएका छन् भने डिश मिडियाले ५ करोड, भायनेटले ४ करोड तथा सीजी कम्युनिकेशन्सले डेढ करोड हाराहारी बुझाएको छ। अन्य कम्पनीहरुले बुझाएको रकम भने २३२ रुपैयाँदेखि ३५ लाख रुपैयाँसम्म बुझाएका प्रतिवेदनले देखाएको छ। यस्तो छ कम्पनीहरुको विवरण: एक्सेस वर्ल्ड टेक प्रा. लि. मेट्रोलिंक बिजनेस ग्रुप प्रा. लि. सिन्को आई.टी. इन्जिनियरिङ प्रा. लि. एयर नेटवर्क प्रा. लि. एनसेल एक्जियाटा लिमिटेड सिता बी.भी. एयरलिंक कम्युनिकेशन सर्भिस प्रोभाइडर प्रा. लि. नेपाल एयर लिंक प्रा. लि. स्काई ब्रोडब्यान्ड प्रा. लि. सीजी कम्युनिकेशन्स प्रा. लि. नेपाल दूरसञ्चार कम्पनी लिमिटेड सस्टेनेबल नेटवर्क प्रा. लि. सिटी नेट प्रा. लि. नेपालिंक कम्युनिकेसन प्रा. लि. स्विफ्ट नेट प्रा. लि. क्लिन नेटवर्क प्रा. लि. निम्बल नेटवर्क प्रा. लि. स्विफ्ट नेटवर्क्स एन्ड कम्युनिकेसन प्रा. लि. कन्स्टेलेसन प्रा. लि. ओएसिस ब्रोडब्यान्ड इन्टरनेट प्रा. लि. स्याङ्जा मिडिया प्रा. लि. कस्मिक नेट प्रा. लि. पथिभरा नेटवर्क प्रा. लि. उदय केबल नेटवर्क प्रा. लि. डी.जी. लिंक नेटवर्क प्रा. लि. सजिलो नेट प्रा. लि. युनाइट नेटवर्क्स प्रा. लि. डाइरेक्ट मिडिया प्रा. लि. शिखर नेट प्रा. लि. भियानेट कम्युनिकेसन्स लिमिटेड डिस मिडिया नेटवर्क लिमिटेड सिम्रिक इन्टरनेट प्रा. लि. वालिङ इन्टरनेट प्रा. लि. चितवन युनिक नेट प्रा. लि. आई.बी. सिस्टम सोलुसन नेपाल प्रा. लि. वेब नेटवर्क्स प्रा. लि. ईस्टलिंक टेक्नोलोजी प्रा. लि. आई४ टेक्नोलोजिज प्रा. लि. वाईफाई नेपाल प्रा. लि. ई-लिंक नेट प्रा. लि. इन्टरवेब नेटवर्क प्रा. लि. वाईफाई टेक नेपाल प्रा. लि. एभरेस्ट लिंक प्रा. लि. कनेक्ट नेपाल नेटवर्क्स प्रा. लि. वर्ल्ड फाइबर नेट प्रा. लि. फाइबर नेट कम्युनिकेसन्स प्रा. लि. मर्केन्टाइल कम्युनिकेसन्स प्रा. लि. वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेड फाइबरवर्ल्ड कम्युनिकेसन प्रा. लि. मेटा लिंक प्रा. लि. जिशन नेटवर्क प्रा. लि. हिमालयन अनलाइन सर्भिसेस प्रा. लि. The post गत आर्थिक वर्षमा सरकारले ग्रामीण दूरसञ्चार विकास कोष दस्तुर बापत् संकलन गर्यो १ अर्ब ६८ करोड रुपैयाँ appeared first on Technology Khabar.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टेक्नोलोजी खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
वैज्ञानिकहरूले विकास गरे मस्तिष्कको गतिविधि विश्लेषण गरी देखेका तस्बिर पुनः निर्माण गर्न सक्ने एआई प्रणाली
TechnologyJust now

वैज्ञानिकहरूले विकास गरे मस्तिष्कको गतिविधि विश्लेषण गरी देखेका तस्बिर पुनः निर्माण गर्न सक्ने एआई प्रणाली

वैज्ञानिकहरूले मानिसको मस्तिष्कको गतिविधि विश्लेषण गरेर उसले हेरेका तस्बिर पुनः निर्माण गर्न सक्ने कृत्रिम बुद्धिमत्ता (एआई) प्रणाली विकास गरेका छन्। ‘ब्रेन–आईटी’ नाम दिइएको यो प्रणालीले मस्तिष्कको स्क्यानबाट दृश्य पहिचान गरी त्यसलाई तस्बिरमा बदल्न सक्छ। इजरायलको वाइमन इन्स्टिच्युट अफ साइन्सका अनुसन्धानकर्ताहरूले विकास गरेको यो प्रणालीले फङ्सनल म्याग्नेटिक रेजोनेन्स इमेजिङ (एफएमआरआई) प्रविधिबाट प्राप्त मस्तिष्कको गतिविधिसम्बन्धी तथ्यांक प्रयोग गर्छ। विशेषगरी दृश्य प्रशोधन गर्ने मस्तिष्कको ...

टेक्नोलोजी खबर
अब गुगलको नयाँ सर्च अपग्रेडले जटिल प्रश्नको अझ राम्रो उत्तर दिने
TechnologyJust now

अब गुगलको नयाँ सर्च अपग्रेडले जटिल प्रश्नको अझ राम्रो उत्तर दिने

गुगल सर्च अब जटिल प्रश्नहरू बुझ्नमा अझ सक्षम हुँदै गएको छ जसमा धेरै भाग भएका प्रश्न, अत्यन्त विशिष्ट अनुरोध वा बुझ्न गाह्रो पर्ने टाइपिङ त्रुटि भएका प्रश्न पनि पर्छन्। यी सुधार कम्पनीले हालै सार्वजनिक गरेको नयाँ जेमिनी ४ हाइड्रोजन मोडेलमार्फत आएका हुन्, जसलाई गुगलले आफ्नो “सर्चका लागि अहिलेसम्मकै सबैभन्दा ठूलो मोडेल सुधार” भएको दाबी गरेको छ। गुगलका अग्रणी मोडेल जेमिनी ४ ...

टेक्नोलोजी खबर
सामसङ ग्यालेक्सी एस २७ प्लस भारतीय नियामकको सूचीमा देखियो, चाँडै सार्वजनिक हुन सक्ने
TechnologyJust now

सामसङ ग्यालेक्सी एस २७ प्लस भारतीय नियामकको सूचीमा देखियो, चाँडै सार्वजनिक हुन सक्ने

यस वर्षको सुरुमा, दक्षिण कोरियाली स्मार्टफोन निर्माता सामसङले ‘सामसङ ग्यालेक्सी एस २६’ (Samsung Galaxy S26) सिरिज सार्वजनिक गरेको थियो। मानक मोडेलका अतिरिक्त, यस सिरिजमा ‘सामसङ ग्यालेक्सी एस २६ प्लस’ र ‘सामसङ ग्यालेक्सी एस २६ अल्ट्रा’ पनि समावेश छन्। यसैबीच सामसङको अर्को स्मार्टफोन सिरिज पनि चाँडै सार्वजनिक हुन सक्छ; र ‘सामसङ ग्यालेक्सी एस २७’ सिरिजमा चारओटा मोडेलहरू हुन सक्छन्। यी स्मार्टफोनहरूलाई भारतीय ...

टेक्नोलोजी खबर
दक्षिण कोरियाले निर्यात अनुमति दिएपछि गुगलले म्यापबाट हटायो कोरियाको भौगोलिक निर्देशांक
TechnologyJust now

दक्षिण कोरियाले निर्यात अनुमति दिएपछि गुगलले म्यापबाट हटायो कोरियाको भौगोलिक निर्देशांक

दक्षिण कोरियाको सरकारले शुक्रबार गुगलले गुगल म्याप र गुगल अर्थबाट दक्षिण कोरियाको भूभागका अक्षांश र देशान्तरसम्बन्धी विवरण हटाएको जनाएको छ। गत फेब्रुअरीमा उच्च शुद्धतायुक्त नक्सासम्बन्धी तथ्यांक विदेश निर्यात गर्न दिइएको अनुमतिसँग जोडिएका सुरक्षा सर्तमध्ये यो पनि एक थियो। फेब्रुअरीमा दिइएको उक्त अनुमतिले करिब दुई दशकदेखि कायम रहेको सोल सरकारको अडानमा ठूलो परिवर्तन ल्याएको थियो। संवेदनशील सैन्य तथा सुरक्षा केन्द्रहरूको जानकारी सार्वजनिक ...

टेक्नोलोजी खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play