Saturday, November 14, 2026||
MultiKhabarMultiKhabar

दक्षिण कोरियाले निर्यात अनुमति दिएपछि गुगलले म्यापबाट हटायो कोरियाको भौगोलिक निर्देशांक

Share:WhatsAppFacebookX (Twitter)Telegram
दक्षिण कोरियाले निर्यात अनुमति दिएपछि गुगलले म्यापबाट हटायो कोरियाको भौगोलिक निर्देशांक
Photo / Coverage: टेक्नोलोजी खबर

दक्षिण कोरियाको सरकारले शुक्रबार गुगलले गुगल म्याप र गुगल अर्थबाट दक्षिण कोरियाको भूभागका अक्षांश र देशान्तरसम्बन्धी विवरण हटाएको जनाएको छ। गत फेब्रुअरीमा उच्च शुद्धतायुक्त नक्सासम्बन्धी तथ्यांक विदेश निर्यात गर्न दिइएको अनुमतिसँग जोडिएका सुरक्षा सर्तमध्ये यो पनि एक थियो। फेब्रुअरीमा दिइएको उक्त अनुमतिले करिब दुई दशकदेखि कायम रहेको सोल सरकारको अडानमा ठूलो परिवर्तन ल्याएको थियो। संवेदनशील सैन्य तथा सुरक्षा केन्द्रहरूको जानकारी सार्वजनिक हुन सक्ने जोखिम देखाउँदै दक्षिण कोरियाले सन् २००७ र २०१६ मा गुगलका अनुरोध अस्वीकार गरेको थियो। सरकारका विभिन्न निकायले जारी गरेको संयुक्त विज्ञप्तिअनुसार दक्षिण कोरियाको भूभागभित्र र त्यस वरपर रहेका सबै सैन्य तथा सुरक्षा केन्द्रका गुगल स्ट्रिट भ्यु तस्बिरहरू पनि हटाइनेछन्। सरकारले अनुमति दिँदा तोकिएका सर्तहरूको गम्भीर उल्लंघन भएमा अनुमति निलम्बन वा रद्द गर्ने जनाएको छ। उद्योग क्षेत्रका स्रोतलाई उद्धृत गर्दै योन्हाप समाचार एजेन्सीले गुगलले आफ्नो नक्सा सेवाका लागि आधारभूत नक्सासम्बन्धी तथ्यांक प्रशोधन गर्न दक्षिण कोरियाली नेभिगेसन कम्पनी टीएमएपी मोबिलिटीलाई छनोट गरेको जनाएको छ। रोयटर्सका अनुसार सरकारी विज्ञप्तिअनुसार गुगलले सुरक्षा मापदण्डअनुसार प्रशोधन गरिएका तस्बिरका लागि स्वदेशी साझेदार कम्पनीहरूमा निर्भर रहनुपर्नेछ। साथै, ती तस्बिर कुनै परिवर्तन नगरी आफ्नो प्रणालीमा राख्नुपर्नेछ। योन्हापका अनुसार गुगलले अर्को वर्षदेखि नै दक्षिण कोरियाभित्रका सर्भरमा टीएमएपीले प्रशोधन गरेका र सरकारी सुरक्षा मापदण्डअनुसार तयार गरिएका तथ्यांक प्रयोग गर्ने अपेक्षा गरिएको छ। यो सहकार्य सडक, भवन र ठेगानाजस्ता स्थिर जानकारीमा मात्र सीमित हुनेछ। यसमा टीएमएपी प्रयोगकर्ताको व्यक्तिगत विवरण, वास्तविक समयको स्थानसम्बन्धी जानकारी र सवारी चलाउने मार्ग समावेश हुने छैनन्। यस विषयमा टिप्पणी माग्दा गुगलले तत्काल कुनै प्रतिक्रिया नदिएको रोयटर्सले उल्लेख गरेको छ। The post दक्षिण कोरियाले निर्यात अनुमति दिएपछि गुगलले म्यापबाट हटायो कोरियाको भौगोलिक निर्देशांक appeared first on Technology Khabar.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टेक्नोलोजी खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
मलेशिया र चीन पछि दक्षिण अफ्रिकामा चेरीले ‘ओमोडा’ र ‘टिग्गो’ रिकल गर्दै, नियामक निकायद्वारा छानबिन गरिँदै
TechnologyJust now

मलेशिया र चीन पछि दक्षिण अफ्रिकामा चेरीले ‘ओमोडा’ र ‘टिग्गो’ रिकल गर्दै, नियामक निकायद्वारा छानबिन गरिँदै

चीन र मलेसियाको बजारबाट आफ्ना गाडीहरु फिर्ता बोलाउने घोषणा गरिएपछि, चेरी अटोले दक्षिण अफ्रिकाबाट सम्भावित रियर-एक्सल वेल्डिङ र ब्रेक-पाइप त्रुटिहरूको कारण २३,६६७ सवारी साधनहरू फिर्ता बोलाइरहेको छ। दक्षिण अफ्रिकाको राष्ट्रिय उपभोक्ता आयोग (एनसीसी) ले मंगलबार एक विज्ञप्तिमा फिर्ता बोलाउने घोषणा गर्‍यो, र चेरीको रिकल रिपोर्टिङको छुट्टै अनुसन्धानको खुलासा गर्यो। कार्यवाहक आयुक्त हार्डिन रत्शिसुसुले भने कि चेरीले नियामकलाई सूचित नगरी केही सवारी साधनहरू ...

टेक्नोलोजी खबर
Proton e.MAS 5 wins two prestigious awards at Carlist.my People’s & Editors’ Choice Awards 2026
TechnologyJust now

Proton e.MAS 5 wins two prestigious awards at Carlist.my People’s & Editors’ Choice Awards 2026

Proton e.MAS 5 has achieved another significant milestone in its electric mobility journey, winning two prestigious awards at the Carlist.my People’s & Editors’ Choice Awards 2026 in Malaysia. The vehicle was recognised as Best Sub-Compact Hatchback – People’s Choice and Best Affordable Car -Editors’ Choice, further strengthening its position as an appealing electric vehicle among consumers and automotive industry experts. The ...

टेक्नोलोजी खबर
Spain, Brazil propel Telefonica back to profit
TechnologyJust now

Spain, Brazil propel Telefonica back to profit

Spanish telecoms giant Telefonica reported Thursday a return to profit and a reduction of its debt in the year to September thanks notably to its core markets in Spain and Brazil. The group posted earnings of 464 million euros ($515 million) for the first nine months of the year, rebounding from steep losses of more than one billion euros in the ...

टेक्नोलोजी खबर
EU leaders to hold first ever talks on AI in Dublin
Technology16m ago

EU leaders to hold first ever talks on AI in Dublin

EU leaders will discuss artificial intelligence together for the first time in Dublin on Friday in critical talks that will further guide the bloc’s policy on the rapidly evolving technology. The European Union faces a delicate balancing act: it wants to unlock AI’s potential and stay in the race with China and the United States, but also protect against the risks ...

टेक्नोलोजी खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play