साउदी अरबको तेल क्षेत्रमा ड्रोनका अवशेष खस्दा एक नेपालीसहित दुई जनाको मृत्यु

साउदी अरब । साउदी अरबको दक्षिणपूर्वी क्षेत्रमा रहेको साउदी अरामकोको तेल प्रशोधन केन्द्रलाई लक्षित गरी गरिएको ड्रोन आक्रमणमा एक नेपालीसहित दुई जनाको मृत्यु भएको छ । संयुक्त अरब इमिरेट्स (युएई) को सीमाना नजिकै रहेको शायबाह तेल क्षेत्रमा ड्रोनका अवशेष खस्दा नेपाली र फिलिपिन्सका एक-एक नागरिकको ज्यान गएको हो । घटनामा भारतीय र पाकिस्तानी नागरिक घाइते भएका छन् । साउदी ऊर्जा मन्त्रालयकाअनुसार खसालिएको ड्रोनका टुक्रा खस्दा तेल क्षेत्रमा कार्यरत ठेकेदारको एउटा सवारीसाधनमा आगलागी भएको थियो । सोही घटनामा दुई जनाको मृत्यु भएको र अन्य दुई जना घाइते भएको जनाइएको छ । मन्त्रालयले तेल क्षेत्रमा ड्रोन आक्रमण भएको पुष्टि गरे पनि घटनामा संलग्न समूह वा आक्रमणको जिम्मेवारी लिने पक्षबारे भने कुनै जानकारी सार्वजनिक गरेको छैन ।
Read Complete Original Article
Published originally on हिमालय टाइम्स
Related News

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भएको १७ अर्ब कहाँ खर्च हुँदै छ ?
• भोटेकोशी–त्रिशूली बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १७ अर्ब रुपैयाँभन्दा बढी रकम जम्मा भएको छ, तर हालसम्म एक अर्ब रुपैयाँ मात्र निकासा गरिएको छ। • राहत वितरण, सडकको ट्र्याक खोल्ने र उद्धारका सामग्री खरिदमा रकम खर्च भइरहेको छ, र कोषको रकम पारदर्शी रूपमा खर्च गरिने आश्वासन दिइएको छ। • पुनर्निर्माणका लागि आवश्यक रकम कोषमा जम्मा भएको रकमभन्दा धेरै बढी ...

एक सातामा ३० प्रकारका वनस्पतिजन्य खानेकुरा खाँदा के हुन्छ?
• एक सातामा ३० प्रकारका वनस्पतिजन्य खानेकुरा खाने लक्ष्य स्वास्थ्यप्रति सचेत मानिसहरूबीच लोकप्रिय हुँदै गएको छ, जसले आन्द्राको स्वास्थ्यमा सकारात्मक प्रभाव पार्न सक्छ। • विभिन्न अध्ययनहरूले वनस्पतिजन्य खानेकुराको विविधता आन्द्रामा सूक्ष्मजीव समुदायको विविधता बढाउन मद्दत गर्ने र समग्र स्वास्थ्यमा सुधार ल्याउने संकेत गरेका छन्। • ३० प्रकारको लक्ष्य अनिवार्य नभएर स्वास्थ्य लाभका लागि व्यावहारिक मापदण्डको रूपमा लिइनु पर्छ, र २०-२५ ...

वेब प्रणालीमा साइबर सुरक्षा जोखिमबारे एससीएससीले जारी गर्यो नयाँ एड्भाइजरी
काठमाडौँ । वेबसाइट तथा अनलाइन प्रणालीमा गम्भीर साइबर सुरक्षा जोखिम भेटिएको छ । राष्ट्रिय साइबर सुरक्षा केन्द्र(एससीएससी) ले वेब प्रणालीहरूमा प्रयोग हुने पीएचपी सफ्टवेयरमा गम्भीर सुरक्षा कमजोरी फेला पारेको हो । यो... ...

सरायको लयमा पहाड-तराई : शक्तिपीठहरूमा सांस्कृतिक उत्सव
दसैंको टीकाको भोलिपल्टदेखि पूर्णिमासम्म सराय नाचिन्छ । खुँडा, भाला, तरबार, ढाललगायत घरेलु हतियारको प्रयोग गरी युद्धको झल्को दिने गरी सराय नाच्ने परम्परा छ । ...


