साइबर सुरक्षा जोखिमपछि केही सरकारी वेबसाइट अस्थायी रूपमा बन्द

काठमाडौं । विश्वभर प्रचलित पीएचपी प्रविधिमा ‘पीएचपीटुसेल’ नामक गम्भीर साइबर सुरक्षा जोखिम देखिएपछि नेपालका केही सरकारी वेबसाइट तथा डिजिटल प्रणाली अस्थायी रूपमा बन्द गरिएका छन्। साइबर सुरक्षाका दृष्टिले गम्भीर मानिएका सिभिई–२०२६–१०९६१८ र सिभिई–२०२६–१०९६१९ नम्बरका यी सुरक्षा जोखिमलाई ९.२ अङ्कको सुरक्षा जोखिम मूल्याङ्कन स्कोरसहित ‘अति गम्भीर’ श्रेणीमा राखिएको जनाइएको छ। यी सुरक्षा कमजोरीको दुरुपयोग भएमा आक्रमणकारीले प्रयोगकर्ताको लगइन वा प्रणालीमा सामान्य पहुँचबिनै सर्भरमा टाढैबाट हानिकारक सङ्केत सञ्चालन गर्न सक्ने जोखिम हुन्छ। यसबाट सरकारी तथ्याङ्क चोरी हुने, अनधिकृत पहुँच स्थापित हुने तथा प्रणालीमा गम्भीर क्षति पुग्न सक्ने भएकाले जोखिमयुक्त प्रणालीलाई सावधानीस्वरूप अस्थायी रूपमा निष्क्रिय पारिएको हो। बडादसैँको सार्वजनिक बिदाका समयमा पनि सम्भावित जोखिम नियन्त्रण गर्न सफ्टवेयर विकास तथा सञ्चालन केन्द्रलगायत सम्बन्धित प्राविधिक टोली चौबीसै घण्टा खटिएका छन्। प्राविधिक टोलीले प्रभावित सर्भरमा सुरक्षा सुधारसम्बन्धी अद्यावधिक कार्यक्रम जडान गर्ने, सङ्केत प्रणालीलाई थप सुरक्षित बनाउने तथा प्राविधिक परीक्षण गर्ने काम अघि बढाइरहेका छन्। सुरक्षा परीक्षण पूरा गरी प्रणाली सुरक्षित रहेको सुनिश्चित भएपछि बन्द गरिएका सरकारी वेबसाइट तथा डिजिटल सेवाहरू क्रमशः पुनः सञ्चालनमा ल्याइने जनाइएको छ। साइबर सुरक्षा जोखिमका कारण सेवा अस्थायी रूपमा बन्द हुँदा सर्वसाधारण तथा सेवाग्राहीमा पर्न गएको असुविधाप्रति सम्बन्धित निकायले क्षमायाचना गर्दै धैर्य गर्न आग्रह गरेको छ। यसैबीच, प्राविधिक विज्ञहरूले सरकारी तथा निजी क्षेत्रका प्रणाली प्रशासकलाई आफ्ना पीएचपीमा आधारित वेब सर्भर तथा सम्बन्धित सफ्टवेयर तत्काल अद्यावधिक गर्न र आवश्यक सुरक्षा सतर्कता अपनाउन आग्रह गरेका छन्।
Read Complete Original Article
Published originally on हिमालय टाइम्स
Related News

मल्लकालीन परम्परा जोगाउँदै खाँ जात्रा
भक्तपुर।विजयादशमीको भोलीपल्ट आज पापांकुश एकादशीको दिन मध्यपुरथिमिमा मल्लकालीन युद्धको झल्को दिने खाँ पिहाँवइगु (खाँ निस्कने) जात्रा सम्पन्न भएको छ। तत्कालीन राजदरबारको रूपमा रहेको लाय्कु दरबारस्थित तलेजु भवानीको द्यो छेंबाट खड्ग, तरबार, ढाल, युद्धकवजलगायत मल्लकालीन युद्धमा प्रयोग हुने हातहतियार बोकेर युद्ध कला प्रदर्शन गर्दै उक्त जात्रा सम्पन्न गरिएको संस्कृतिकर्मी एवं जात्राका पमा नाइके श्यामकाजी पमा श्रेष्ठले जानकारी दिए। दरबारसँग सम्बन्धित फरक समुदायलाई सहभागी ...

चिनियाँ लाल सेनाको ‘लङ मार्च’मा राष्ट्रपतिको विशेष सम्बोधन
• चीनले लाल सेनाको ‘लङ मार्च’ विजयको ९०औँ वार्षिकोत्सव मनाउन बेइजिङमा समारोह आयोजना गरेको छ। • राष्ट्रपति सी चिनफिङले कार्यक्रममा महत्त्वपूर्ण सम्बोधन गरेका छन् र विभिन्न नेताहरू उपस्थित थिए। • चाइना मिडिया ग्रुपले विशेष सांस्कृतिक कार्यक्रम प्रसारण गर्नेछ, जसमा लङ मार्चको कठिन यात्रा स्मरण गरिनेछ। ...

कसरी जन्मियो कांग्रेसको चियापान संस्कृति ?
काठमाडाैँ । नेपाली कांग्रेसले २०३५ सालमा विश्वेश्वरप्रसाद (बीपी) कोइराला भारत निर्वाचनबाट फर्केपछि कोजाग्रत पूर्णिमाका दिन ‘चियापान समारोह’ गर्दै आएको छ । यसलाई कांग्रेस आफूले नेपाली राजनीतिको एउटा विशिष्ट र सांस्कृतिक... ...

सामाजिक सञ्जालबाट सात करोडको कमाइ
अर्घाखाँची।सामाजिक सञ्जाललाई लिएर समाजमा एउटा धारणा अझै बलियो छ, ‘मोबाइलमा झुण्डिने युवा बिग्रिन्छन्।’ फेसबुक, टिकटक र युट्युबले युवाको समय खेर फाल्छन्, पढाइ बिगार्छन् र उनीहरूलाई वास्तविक जीवनबाट टाढा लैजान्छन् भन्ने भाष्य पनि उत्तिकै सुनिन्छ। तर यही सामाजिक सञ्जाल कसैका लागि समय कटाउने माध्यम मात्र होइन, सीप, पहिचान, रोजगारी र आम्दानीको बलियो आधार बन्न सक्छ भन्ने उदाहरण बनेका छन् अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–२ ...


