Monday, November 2, 2026||
MultiKhabarMultiKhabar

सर्वोच्चमा फुलकोर्ट बैठक जारी

Share:WhatsAppFacebookX (Twitter)Telegram
सर्वोच्चमा फुलकोर्ट बैठक जारी
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । सर्वोच्च अदालतका सबै न्यायाधीश सहभागी पूर्ण बैठक (फुलकोर्ट) सोमबार बिहानदेखि जारी छ । प्रधानन्यायाधीश मनोजकुमार शर्माको पहलमा बिहान ९ बजेदेखि सुरु भएको बैठकमा समसामयिक विषयमा छलफल भइरहेको छ । पेसी सूची प्रकाशित भइसके पनि न्यायाधीशहरू इजलासमा गएका छैनन् । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा हिरासतमा रहेका इनम सापकोटासँग सर्वोच्च अदालतका न्यायाधीशहरूको सम्पर्क देखिएको विषयमा यसअघि गत शुक्रबार पनि पूर्ण बैठक बसेको थियो । सोमबारको बैठक त्यसैको निरन्तरता हो । शुक्रबार बसेको बैठकमा सापकोटासँग न्यायाधीशहरूको सम्बन्धबारे सार्वजनिक भएका विवरणले न्यायपालिकाको विश्वसनीयतामाथि प्रश्न उठाएको विषयमा छलफल भएको थियो । उक्त विषयलाई कसरी सम्बोधन गर्ने भन्नेमा बैठक केन्द्रित थियो । शुक्रबारको बैठकमा चारदेखि पाँच जना न्यायाधीशले आफ्नो धारणा राखेका थिए । थप छलफल आवश्यक देखिएपछि प्रधानन्यायाधीश शर्माले सोमबार बिहान ९ बजे पुनः पूर्ण बैठक बोलाएका थिए ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
बिचौलिया र न्यायाधीशको नाम जोडिएको विषयमा छानबिन गरी यथाशीघ्र सत्यतथ्य गर्न सर्वोच्चको आग्रह
Latest NewsJust now

बिचौलिया र न्यायाधीशको नाम जोडिएको विषयमा छानबिन गरी यथाशीघ्र सत्यतथ्य गर्न सर्वोच्चको आग्रह

छानबिनको निष्कर्ष प्राप्त नहुँदै कसैलाई लाञ्छित गर्ने वा न्याय सम्पादनको कार्यमा अवरोध पुग्ने गरी कुनै पनि समाचार प्रकाशन तथा प्रसारण नगर्न पनि सर्वोच्चले आग्रह गरेको छ । ...

कान्तिपुर
१०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको काउन्टडाउन सुरु
Latest NewsJust now

१०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको काउन्टडाउन सुरु

सुर्खेत । मङ्सिर १६ गतेदेखि सुरु हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको काउन्टडाउन सुरु भएको छ। प्रतियोगिता हुन ३० दिन मात्र बाँकी रहेको अवस्थामा सोमबार केन्द्रीय खेलकुदमन्त्री सस्मित पोखरेल र कर्णालीका मुख्यमन्त्री... ...

रातोपाटी
चाबहिलमा बसले बुलेट मोटरसाइकललाई ठक्कर दिँदा ज्यान गुमाउने युवकको पहिचान खुल्यो
Latest NewsJust now

चाबहिलमा बसले बुलेट मोटरसाइकललाई ठक्कर दिँदा ज्यान गुमाउने युवकको पहिचान खुल्यो

सोमबार बिहान काठमाडौँको चाबहिलमा बसले बुलेट मोटरसाइकललाई ठक्कर दिँदा ज्यान गुमाउने युवकको पहिचान खुलेको छ।  मृतक युवक पर्वत घर भइ काठमाडौँको जोरपाटी दक्षिणढोका बस्दै आएका ३१ वर्षीय सुमनप्रसाद अधिकारी रहेका जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।  सोमबार बिहान १० बजेतिर काठमाडौँ महानगरपालिका-७ चाबहिलमा बसले ठक्कर दिँदा उनको मृत्यु भएको... ...

नेपालखबर
सर्वोच्चको पूर्ण बैठकको ५ बुँदे निर्णय सार्वजनिक
Latest NewsJust now

सर्वोच्चको पूर्ण बैठकको ५ बुँदे निर्णय सार्वजनिक

काठमाडौं । सर्वोच्च अदालतको सोमबार बसेको पूर्ण बैठकले विभिन्न ५ बुँदे निर्णय सार्वजनिक गरेको छ । प्रधानन्यायाधीश तथा सर्वोच्च अदालतका न्यायाधीशहरूको नाम जोडेर विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा प्रकाशित तथा... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play