Sunday, November 29, 2026||
MultiKhabarMultiKhabar

सर्लाहीमा धारिलो हतियार प्रहार गरी मोटरसाइकल लुटपाट, एक जना घाइते

Share:WhatsAppFacebookX (Twitter)Telegram
सर्लाहीमा धारिलो हतियार प्रहार गरी मोटरसाइकल लुटपाट, एक जना घाइते
Photo / Coverage: अनलाइनपाना

सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिका–१ बागवानी केन्द्र नजिक पूर्व–पश्चिम राजमार्गमा अपरिचित व्यक्तिहरूले धारिलो हतियार प्रहार गरी एक जनाको मोटरसाइकल लुटेर फरार भएका छन् । हिजो शनिवार साँझ करिब ७:५० बजे हरिवनबाट लालबन्दीतर्फ आउँदै गरेको मधेश प्रदेश ०३–०२८ प ७४०४ नम्बरको निलो रङको यामाहा सलुटो १२५ सीसी मोटरसाइकलमा सवार महोत्तरीको सम्सी गाउँपालिका–१ पर्सा घर भई हाल सर्लाहीको लालबन्दी नगरपालिका–७ बस्दै आएका अन्दाजी ३७ वर्षीय सुजित कुमार सिंहमाथि अपरिचित दुई जनाले धारिलो हतियार प्रहार गरेका हुन् । नम्बर नखुलेको मोटरसाइकलमा आएका दुई जना अपरिचित व्यक्तिले सिंहमाथि धारिलो हतियार प्रहार गरी उनी सवार मोटरसाइकलसमेत लिएर फरार भएको सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए । सिंह हरिवन बजार क्षेत्रमा पसलको पैसा उठाइ घरतर्फ फर्कनेक्रममा आक्रमण भएको बुझिएको छ । उनले उठाएर पसलतर्फ ल्याउँदै गरेको पैसा भने लुटिए÷नलुटिएको प्रष्ट भइसकेको छैन् । घटनास्थलमा गोली चलेको भनिए पनि पुष्टी भइसकेको छैन् । सर्लाही प्रहरीका प्रवक्ता गौतमले घटनामा धारिलो हतियार प्रहार भए पनि गोली चलेको पुष्टी हुन बाँकी रहेको बताए । घाइते सिंहको लालबन्दी मोडल अस्पतालमा उपचार भइरहेको छ । उनको दुवै हात र पेटमा चोट लागेको तथा अवस्था मध्यम रहेको र बोल्न सक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ । घटनामा संलग्न व्यक्तिहरूको खोजतलास तथा लुटिएको मोटरसाइकल बरामद गर्न प्रहरीले खोजीकार्य र थप अनुसन्धान अघि बढाएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अनलाइनपाना

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
Latest NewsJust now

यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको मूल्यसूचीअनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ७०, गोलभेँडा ठूलो (भारतीय)... ...

रातोपाटी
अमेरिकी वायुसेना प्रमुख क्लाउड कम्प्युटिङ प्रणाली ‘क्लाउड वन’ मा ह्याकरको पहुँच
Latest NewsJust now

अमेरिकी वायुसेना प्रमुख क्लाउड कम्प्युटिङ प्रणाली ‘क्लाउड वन’ मा ह्याकरको पहुँच

वाशिङ्टन । अमेरिकी वायुसेनाको प्रमुख क्लाउड कम्प्युटिङ प्रणाली ‘क्लाउड वन’ मा ह्याकरहरूले अनधिकृत पहुँच बनाएका छन्। यसबाट संवेदनशील सैन्य रणनीति, कर्मचारी विवरण तथा सैन्य सामग्री र आपूर्तिसम्बन्धी ठूलो परिमाणको तथ्यांक जोखिममा पर्न सक्ने तीन जना जानकार व्यक्तिले रोयटर्सलाई बताएका छन्। प्रणाली स्तरोन्नतिको काम भइरहेका बेला करिब एक महिनाअघि क्लाउड वनमा साइबर आक्रमण भएको पत्ता लागेको तीमध्ये दुई जनाले बताए। उनीहरूका अनुसार ...

केन्द्रबिन्दु
‘नझरेका फूलहरू’मा कवि रोशन परियारका कविता र नारायणगोपालका गीत
Latest NewsJust now

‘नझरेका फूलहरू’मा कवि रोशन परियारका कविता र नारायणगोपालका गीत

काठमाडौँ, मङ्सिर १३ गते । स्वरसम्राट् नारायणगोपालको स्मृतिमा ‘नझरेका फूलहरू’ले मङ्सिर महिनाभर विभिन्न साहित्यिक तथा सांगीतिक कार्यक्रम आयोजना गरिरहेको छ । यसैक्रममा मङ्सिरको दोस्रो... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement