सरकारी कर्मचारीलाई ६० लाखसम्म ऋण, ब्याज सरकारले तिरिदिने तयारी

काठमाडौं । सरकारले सरकारी कर्मचारीलाई सवारीसाधन खरिदका लागि ६० लाख रुपैयाँसम्म सहुलियतपूर्ण ऋण र त्यसको ब्याज अनुदान उपलब्ध गराउने तयारी गरेको छ । ‘सरकारी कर्मचारीहरूका लागि सवारीसाधन व्यवस्थापनसम्बन्धी निर्देशिका, २०८३’ तयार गर्दै सरकारले मुख्यसचिव, सचिव तथा १२औँ तहका कर्मचारीले चारपांग्रे सवारीसाधन खरिद गर्न ६० लाख रुपैयाँसम्म ऋण पाउने व्यवस्था गर्न लागेको हो । निर्देशिकाअनुसार सहसचिव वा ११औँ तहका कर्मचारीले ५० लाख, उपसचिव वा नवौँ–दशौँ तहका कर्मचारीले ४० लाख, शाखा अधिकृत वा छैटौँ–आठौँ तहका कर्मचारीले दुईपांग्रे सवारी खरिद गर्न चार लाख र राजपत्र अनंकित तथा सहायकस्तरका कर्मचारीले दुई लाख रुपैयाँसम्म ऋण सुविधा पाउनेछन् । ऋणको ब्याज सरकारले व्यहोर्ने र साँवा सम्बन्धित कर्मचारीले किस्ताबन्दीमा तिर्नुपर्नेछ । कर्मचारीलाई सवारीसाधनको इन्धन तथा मर्मत खर्चसमेत पदअनुसार उपलब्ध गराइनेछ । मुख्यसचिव, सचिव तथा १२औँ तहका कर्मचारीले वार्षिक एक लाख ४० हजार रुपैयाँ इन्धन र एक लाख रुपैयाँ मर्मत खर्च पाउनेछन् । सहसचिव वा ११औँ तहका कर्मचारीले इन्धनमा एक लाख २० हजार र मर्मतमा ७५ हजार, उपसचिव वा नवौँ–दशौँ तहले एक लाख र ५० हजार रुपैयाँ दिने तयारी सरकारको छ । त्यस्तै, शाखा अधिकृत वा छैटौँ–आठौँ तहका कर्मचारीले वार्षिक ४० हजार इन्धन र १५ हजार मर्मत खर्च पाउनेछन् । राजपत्र अनंकित तथा सहायकस्तरका कर्मचारीका लागि इन्धनमा २५ हजार र मर्मतमा १० हजार रुपैयाँ तोकिएको छ । यी रकम वार्षिक हुन् । मुख्यसचिव, सचिव र सहसचिव वा सोसरहका कर्मचारीले चालक राख्न वा आफैँ सवारी चलाउन सक्नेछन् । आफैँ चलाउनेले चालकको सुरु तलबमान बराबरको रकम पाउने व्यवस्था गर्न लागिएको छ । सरकारले सरकारी सवारीसाधनको दोहोरो प्रयोग र सञ्चालन खर्च घटाउन कर्मचारीलाई व्यक्तिगत सवारी खरिदमा प्रोत्साहन गर्ने नीति लिएको छ । योजनामा सहभागी नहुने कर्मचारीका लागि कार्यालयमा उपलब्ध गाडीलाई साझा रूपमा प्रयोग गर्ने व्यवस्था गरिनेछ । प्रमुख जिल्ला अधिकारी, प्रमुख प्रशासकीय अधिकृत तथा सरकारले विशेष पदस्थापनका रूपमा तोकेका पदमा भने सरकारी सवारी उपलब्ध गराइने प्रस्तावित निर्देशिकामा उल्लेख छ । निर्देशिकाले विद्युतीय, स्वदेशमै उत्पादित तथा एसेम्बल गरिएका सवारीसाधनलाई प्राथमिकता दिने, सरकारी कार्यालयमा चार्जिङ स्टेसन निर्माण गर्न नेपाल विद्युत् प्राधिकरणसँग सहकार्य गर्ने र सवारीसाधनको विवरण तथा ऋण–भुक्तानीको अभिलेख डिजिटल प्रणालीमा राख्ने व्यवस्था पनि गरिँदै छ । यो निर्देशिका संघीय निजामती, स्वास्थ्य तथा संसद् सेवासहित तोकिएका संघीय निकायका स्थायी कर्मचारीमा लागु गर्न खोजिएको हो । गलत विवरण पेस गरी दोहोरो सुविधा लिएमा सुविधा रोक्का गरी रकम असुलउपर गर्नुका साथै प्रचलित कानुनअनुसार कारबाही गर्ने सरकारी तयारी छ । न्युज एजेन्सी नेपाल The post सरकारी कर्मचारीलाई ६० लाखसम्म ऋण, ब्याज सरकारले तिरिदिने तयारी appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
Read Complete Original Article
Published originally on कर्पोरट खबर
Related News

पाकिस्तान प्रशासित काश्मीरमा जीप दुर्घटना, सात जनाको मृत्यु
काठमाडाैँ। पाकिस्तान प्रशासित काश्मीरको मुजफ्फराबादको बाहिरी क्षेत्रमा यात्रु बोकेको जीप पहाडी सडकबाट करिब एक हजारदेखि एक हजार पाँच सय फिट तल खस्दा सात जनाको मृत्यु भएको छ । स्थानीय अधिकारीहरूका... ...

सिक्किमको पाल्जोर स्टेडियममा गुञ्जिदै नेपथ्य
लोकरक ब्यान्ड नेपथ्य सिक्किमको राजधानी गान्तोकमा हुने प्रस्तुतिको तयारीमा जुटेको छ। त्यहाँस्थित पाल्जोर स्टेडियममा यसै अक्टोबर ३१ (कात्तिक १४) मा नेपथ्य गुञ्जिन लागेको छ। सिक्किममा कन्सर्टको घोषणालगत्तै यसलाई त्यहाँबाट राज्य स्तरबाटै अपनत्व दर्साइएको थियो। भारतको ८० औं गणतन्त्र दिवसको मुख्य समारोहकै बीच मुख्यमन्त्री प्रेमसिंह तामाङ गोलेले कन्सर्टको टिकट र यसै आयोजनालाई केन्द्र... ...

जाडोमा रुघाखोकी र सङ्क्रमणबाट बच्न रोगप्रतिरोधात्मक क्षमता बढाउने ५ पेय पदार्थ
काठमाडौँ । रोगप्रतिरोधात्मक क्षमता (इम्युनिटी) भन्नाले शरीरले रोगहरूसँग कति समयसम्म लड्न सक्छ भन्ने बुझाउँछ। यदि तपाईं बारम्बार बिरामी पर्नुहुन्छ वा बिरामी भएपछि चाँडै निको हुनुहुन्न भने त्यो शरीरको इम्युनिटी कमजोर भएको... ...

वैधानिकताको फैसलाअघि पराजित र असन्तुष्ट नेता फर्काउने कसरतमा देउवा समूह
काठमाडौँ । नेपाली कांग्रेसको संस्थापनले गत असोज १८ देखि २३ गतेसम्म काठमाडौँमा १५ औँ महाधिवेशन गरेर आगामी ४ वर्षे कार्यकालका लागि गगन थापाको सभापतित्वमा २३१ सदस्यीय नयाँ कार्यसमिति बनाएको छ... ...


