समाचार कक्षमै प्रवेश गरी पत्रकार नियन्त्रणमा लिएको घटनाप्रति प्रेस काउन्सिलको आपत्ति

काठमाडौं । विभिन्न सञ्चारमाध्यमका समाचार कक्षमै प्रवेश गरी पत्रकारलाई नियन्त्रणमा लिएको तथा पक्राउ गर्ने प्रयास गरेको घटनाप्रति प्रेस काउन्सिल नेपालले गम्भीर ध्यानाकर्षण जनाएको छ । शुक्रबार कार्यालय समय सकिएपछि सादा पोशाकका प्रहरीले पत्रकारलाई नियन्त्रणमा लिएको घटनाप्रति काउन्सिलले आपत्ति जनाएको हो । काउन्सिलका अनुसार पक्राउको स्पष्ट कारण नखुलाइएको, पक्राउ पुर्जी नदेखाइएको र अदालतको अनुमति लिइएको नदेखिएको अवस्थामा लगातार दुई दिन सार्वजनिक बिदा पर्नुअघि पत्रकारलाई नियन्त्रणमा लिनु गम्भीर विषय हो । यस घटनाले प्रेस स्वतन्त्रता र पत्रकारको व्यावसायिक सुरक्षामाथि प्रश्न उठाएको काउन्सिलको भनाइ छ । समाचार सामग्रीप्रति असहमति वा पत्रकार आचारसंहितासम्बन्धी उजुरी भए त्यसको छानबिन र निरूपण गर्ने कानुनी जिम्मेवारी प्रेस काउन्सिलको रहेको उल्लेख गर्दै काउन्सिलले प्रहरी परिचालन गर्नुको सट्टा स्थापित कानुनी प्रक्रिया अपनाउन सरकार र प्रहरी प्रशासनलाई आग्रह गरेको छ । काउन्सिलले नियन्त्रणमा लिइएका पत्रकारको अवस्था र पक्राउको कानुनी आधार तत्काल सार्वजनिक गर्न तथा कानुनी आधारबिना नियन्त्रणमा राखिएको भए रिहा गर्न माग गरेको छ । साथै, पत्रकार तथा सञ्चारमाध्यमलाई सत्यतथ्यमा आधारित समाचार सम्प्रेषण गर्दै आचारसंहिताको पालना गर्न पनि आग्रह गरेको छ । The post समाचार कक्षमै प्रवेश गरी पत्रकार नियन्त्रणमा लिएको घटनाप्रति प्रेस काउन्सिलको आपत्ति appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
Read Complete Original Article
Published originally on कर्पोरट खबर
Related News
![फेटामा अस्पताल उद्घाटनमा गोली चल्दा बालक गम्भीर, स्थिति तनावग्रस्त [भिडियो]](https://hamrakura.com/uploads/news/images/feta-tanab.jpg)
फेटामा अस्पताल उद्घाटनमा गोली चल्दा बालक गम्भीर, स्थिति तनावग्रस्त [भिडियो]
बाराको फेटा गाउँपालिकामा अस्पताल उद्घाटन कार्यक्रमका क्रममा गोली चल्दा ...

पत्रकार पक्राउलगत्तै बोलाइएको रास्वपा सचिवालय बैठक (तस्बिरहरू)
सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक सुरु भएको छ। शुक्रबार साँझ पत्रकार पक्राउ प्रकरणलगत्तै रास्वपा सभापति रवि लामिछानेले बैठक बोलाएका थिए। ...

युक्रेनलाई ५०० वटा प्याट्रिअट क्षेप्यास्त्र बेच्न अमेरिकाको स्वीकृति
Reuters रुसको बढ्दो हवाई आक्रमणबाट युक्रेनको रक्षा गर्न अत्यावश्यक ठानिएका ५०० वटा प्याट्रिअट क्षेप्यास्त्र बिक्री गर्न अमेरिकाले स्वीकृति दिएको छ।तर, युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले ती क्षेप्यास्त्र युक्रेन आइपुग्न 'केही वर्ष' लाग्न ...

वर्षाले एनपीएलका खेलहरु प्रभावित हुने सम्भावना
प्रतियोगिताको पाँचौं दिन शनिबार लुम्बिनी लायन्स र चितवन राइनोज तथा विराटनगर किंग्स र सुदूरपश्चिम रोयल्सका बीच खेल हुने कार्यक्रम रहेको छ । ...


