Sunday, November 15, 2026||
MultiKhabarMultiKhabar

सबै धर्म र संस्कृतिको संरक्षणमा सरकार प्रतिबद्ध : प्रधानमन्त्री

Share:WhatsAppFacebookX (Twitter)Telegram
सबै धर्म र संस्कृतिको संरक्षणमा सरकार प्रतिबद्ध : प्रधानमन्त्री
Photo / Coverage: नेपालन्युज

काठमाडौं।प्रधानमन्त्री वालेन्द्र शाहले सरकार सबै धर्म, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्न प्रतिबद्ध रहेको बताएका छन्। प्रकृति र आस्थाको पर्व छठको पावन अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण आदरणीय आमाबुबा, दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गरेका छन्। सन्देशमा उनले छठका माध्यमबाट हामीलाई जीवनको एक गहिरो दर्शन सिकाउने उल्लेख गरेका छन्। “भगवान् सूर्यदेव र छठी माताको आराधनाका साथ परिवारको सुख, शान्ति, आरोग्य र सन्तानको दीर्घायुको कामना गर्दै यो पर्व मनाइन्छ”, उनले सन्देशमा भनेका छन्, “जहाँ उदाउँदो सूर्यलाई झैं अस्ताउँदो सूर्यलाई पनि उत्तिकै श्रद्धा र सम्मानका साथ अर्घ्य दिइन्छ। यसले प्रकृतिप्रतिको कृतज्ञता र जीवनका हरेक अवस्थालाई सम्मान गर्ने प्रेरणा दिन्छ।” चार दिनसम्म विधिपूर्वक मनाइने यस पर्वको पहिलो दिन नहाय खाय, दोस्रो दिन खरना, तेस्रो दिन अर्थात् आज साँझ अस्ताउँदो सूर्यलाई र चौथो दिन भोलि बिहान उदाउँदो सूर्यलाई जलाशयको किनारमा अघ्र्य दिइने परम्परा प्रधानमन्त्रीले सन्देशमा स्मरण गरेका छन्। प्रधानमन्त्री शाहले छठ पर्वले हामी सबैमा सकारात्मक ऊर्जा भर्दै देशमा सुशासन, सामाजिक न्याय र समृद्धिको संकल्प पूरा गर्न प्रेरणा प्रदान गरोस् तथा भगवान् सूर्यदेव र छठी माताको कृपा हामी सबैमाथि सधैँ बनिरहोस् भन्ने कामना गरेका छन्। तलाउ समीप षष्टी माताको पूजा गरिएको स्थानको तस्बिर समेत सामाजिक सञ्जालमा पोष्ट गर्दै प्रधानमन्त्रीले मैथिलीमा लेखेका छन्, “छैठके बहुत रास शुभकामना ! दीनानाथ आ छैठ परमेश्वरी सब के जीवन में सुख, शान्ति आ समृद्धि लइथिन से कामना करैछि ।”

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
झापा र सुनसरीबाट ब्राउन सुगरसहित ३ जना पक्राउ
Latest NewsJust now

झापा र सुनसरीबाट ब्राउन सुगरसहित ३ जना पक्राउ

विराटनगर । प्रहरीले लागू औषध ब्राउन सुगरसहित ३ जनालाई पक्राउ गरेको छ । झापा र सुनसरी जिल्लाका विभिन्न स्थानहरूबाट प्रहरीले ब्राउन सुगरसहित ३ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा झापाको... ...

रातोपाटी
म निश्चित अवधिका लागि सभामुख भएको हुँ : अर्याल
Latest NewsJust now

म निश्चित अवधिका लागि सभामुख भएको हुँ : अर्याल

सभामुख डीपी अर्यालले भ्रष्टाचारमुक्त, सुशासित र सुरक्षित समाज निर्माण गर्दै नागरिकले दुःख पर्दा राज्य र सरकार आफ्नो साथमा रहेको अनुभूति गर्न सक्ने वातावरण बनाउनुपर्ने बताएका छन् । ...

कान्तिपुर
चलचित्र ‘बा: एक योद्धा’ ५१औँ दिनमा प्रवेश, कति कमायाे ?
Latest NewsJust now

चलचित्र ‘बा: एक योद्धा’ ५१औँ दिनमा प्रवेश, कति कमायाे ?

काठमाण्डु– चलचित्र ‘बाः एक योद्धा’ प्रदर्शनको ५१औँ दिनमा प्रवेश गरेको छ । असोज ९ गतेदेखि प्रदर्शनमा आएको चलचित्र ‘बाः एक योद्धा’ ललितपुरको ग्वार्कोमा अवस्थित गुण सिनेमामा प्रदर्शनको ५१औँ दिन मानाएको हो । बक्सअफिसमा औसत देखिएको ‘बाः एक योद्धा’लाई पब्लिक रिभ्यू राम्रो मिल्दा यसपछिका कतिपय सिनेमा हलबाट बाहिरिसक्दा पनि यो भने केही हलमा अझै प्रदर्शनरत छ […] ...

काठमाण्डुपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play