Sunday, November 15, 2026||
MultiKhabarMultiKhabar

आईजीपी हटाउने विषयमा रास्वपाले सरकारलाई कुनै निर्देशन दिएको छैन : प्रवक्ता खरेल

Share:WhatsAppFacebookX (Twitter)Telegram
आईजीपी हटाउने विषयमा रास्वपाले सरकारलाई कुनै निर्देशन दिएको छैन : प्रवक्ता खरेल
Photo / Coverage: पर्दाफास

सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का प्रवक्ता एवं सांसद जगदीश खरेलले नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी)हटाउने वा पदमा कायम राख्ने विषयमा पार्टीले सरकारलाई कुनै निर्देशन नदिएको स्पष्ट पारेका छन् । आईतवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै खरेलले आईजीपी हटाउने वा राख्ने विषय सरकारको निर्णय र विवेकमा निर्भर रहने बताएका हुन् । सरकारले दानबहादुर कार्कीलाई नेपाल प्रहरीको प्रहरी महानिरीक्षकबाट हटाएर डा. मनोज केसीलाई नियुक्ति गरेको थियो । त्यस यता आम नागरिक र पार्टी पंक्तिबाटै सरकारको आलोचना हुँदै आएको छ । उनले पार्टीले आईजीपीलाई हटाउन वा पदमा कायम राख्न सरकारलाई कुनै दबाब वा निर्देशन नदिएको दोहोर्‍याए । खरेलले यस विषयमा सरकारका तर्फबाट पनि धारणा सार्वजनिक भइसकेको उल्लेख गर्दै थप आवश्यक विषय सरकारले नै स्पष्ट पार्दै जाने बताए। उनले भने, ‘नेपाल प्रहरीका आईजीपीलाई हटाउने वा यथावत् राख्ने विषयमा राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाई कुनै निर्देशन दिएको छैन । आईजीपीलाई हटाऊ वा राख भन्ने दुवै किसिमको निर्देशन पार्टीले नदिएको कुरा म पुनः स्पष्ट पार्न चाहन्छु । यो सरकारको विवेक र निर्णयको विषय हो । पछिल्लो समय सरकारका तर्फबाट पनि यसबारे धारणा सार्वजनिक भइसकेको छ । यो विषय अदालतसम्म समेत पुगेकाले अहिले विभिन्न प्रक्रियामा रहेको छ । आवश्यक परेमा सरकारले यसबारे थप स्पष्ट पार्दै जानेछ ।’ आईजीपीसँग सम्बन्धित विषय अदालतसम्म पुगिसकेको र कतिपय प्रक्रिया अघि बढिरहेको अवस्थामा पार्टीले थप टिप्पणी गर्नु उपयुक्त नहुने उनको भनाइ छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
छठका लागि गुह्येश्वरी–गौरीघाट दुलहीझैँ सिँगारियो
OthersJust now

छठका लागि गुह्येश्वरी–गौरीघाट दुलहीझैँ सिँगारियो

काठमाडौँ । अस्ताउँदो र उदाउँदो सूर्यलाई अघ्र्य दिई छठ पर्व मनाउन राजधानीको गुह्येश्वरी गौरीघाट वाग्मती किनारलाई आकर्षक रुपमा सजाइएको छ । छठ पर्वको मु्ख्य दिन आज बेलुकी अस्ताउँदो र सोमबार बिहान उदाउँदो सूर्यलाई पूजा, आराधनासहित अघ्र्य दिन राजधानीको यो मुख्य छठ घाटलाई दुलहीझै सिँगारिएको हो । छठ घाट एवं छठी माताको मूर्ति सजावटलगायत सबै तयारी […] ...

मकालु खबर
तमोर कोरिडोरले राँके बजारको व्यापार घटायो
OthersJust now

तमोर कोरिडोरले राँके बजारको व्यापार घटायो

स्थानीय व्यवसायी सुमन पौडेलका अनुसार पछिल्ला तीन वर्षदेखि राँके बजारमा ग्राहकको सङ्ख्या निरन्तर घटिरहेको छ । उनले विगतको तुलनामा व्यापार करिब ६० प्रतिशतले घटेको बताए । ...

मकालु खबर
मस्कको स्टारसिपले इतिहास रच्यो, पहिलोपटक अन्तरिक्षबाट फर्किएको रकेट लन्चिङ बेसमा क्याच
OthersJust now

मस्कको स्टारसिपले इतिहास रच्यो, पहिलोपटक अन्तरिक्षबाट फर्किएको रकेट लन्चिङ बेसमा क्याच

२९ कात्तिक, काठमाडौं । इलन मस्कको अन्तरिक्ष कम्पनी स्पेसएक्सको सबैभन्दा शक्तिशाली रकेट स्टारसिप १५ ले आजसम्म कुनै रकेटले गर्न नसकेको काम गरेको छ। १४ नोभेम्बरमा स्टारबेसबाट उडेको उक्त रकेटदे अन्तरिक्षको कक्षमा पुगेर २६ वटा स्टारलिङ्क भी३ भूउपग्रहहरूलाई तैनाथ गरेको छ। यसले पृथ्वीको १४ फन्को लगायो र करिब २२ घण्टासम्म पृथ्वीको कक्षमा रह्यो। १५ नोभेम्बरमा फर्किएर… ...

अनलाइन खबर
बिग बोसमा कनिकालाई सलमानको झटारो, ‘बेवकुफ हो कि ट्युबलाइट ?’
OthersJust now

बिग बोसमा कनिकालाई सलमानको झटारो, ‘बेवकुफ हो कि ट्युबलाइट ?’

‘बिग बोस २०’ को घरमा हुने विवाद र त्यसमा सलमान खानको हस्तक्षेप सधैं चर्चामा रहने गर्छ । यसपटक भने सलमानको आक्रोशको निशानामा परेकी छन्, अभिनेत्री कनिका मान । घरभित्र एउटै घटनामा फरक व्यवहार देखाएको भन्दै सलमानले कनिकालाई सबैका अगाडि सुनाए । त्यसपछि उनीसँग जवाफ दिने शब्द नै बाँकी रहेनन् । के भएको थियो त ?… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play