काठमाडौं।नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत पोखरा एभेन्जर्सले विराटनगर किंग्सलाई १३३ रनको लक्ष्य दिएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको पोखरा १७.५ ओभरमा १३२ रनमा अलआउट भयो। पोखराका लागि युवराज सम्राले सर्वाधिक ८४ रन बनाए। उनले ४७ बलमा ७ चौका र ५ छक्का प्रहार गरे। धनञ्जय लक्षणले २२ र सन्नी विकले १२ रन जोडे। विराटनगरका कप्तान सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गर्दै ह्याट्रिकसहित ६ विकेट लिए। उनले ४ ओभरमा २७ रन खर्चिए। एन्जेलो म्याथ्युज, चरिथ असलंका र रुपेश सिंहले समान एक विकेट लिए। अब विराटनगरले जितका लागि १३३ रन पछ्याउनेछ।
सन्दीपको ह्याट्रिकसहित ६ विकेट, पोखरा १३२ मै समेटियो

Read Complete Original Article
Published originally on नेपालन्युज



![भीमफेदी गाडी दुर्घटनामा ज्यान गुमाउने १३ जना, ११ जनाको पहिचान खुल्यो [नामसहित]](https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/third-party/1000096519-12112026103341-watermarked.jpg)

