Thursday, November 12, 2026||
MultiKhabarMultiKhabar

एनपिएलमा सन्दीप लामिछानेको ह्याट्रिकसहित ६ विकेट

Share:WhatsAppFacebookX (Twitter)Telegram
एनपिएलमा सन्दीप लामिछानेको ह्याट्रिकसहित ६ विकेट
Photo / Coverage: नेपालन्युज

काठमाडौं। विराटनगर किङ्सका कप्तान सन्दीप लामिछानेले नेपाल प्रिमियर लिग (एनपिएल) मा आज करिअरकै शानदार बलिङ गरेका छन्। उनले पोखरा एभेन्जर्सविरुद्ध आफ्नो व्यावसायिक क्रिकेट करिअरकै उत्कृष्ट प्रदर्शन गरेका हुन्। कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा सन्दीपले पोखराविरुद्ध चार ओभरमा २६ रन दिएर ६ विकेट लिए। सन्दीपले आफ्नो बलिङको तेस्रो ओभरमा ह्याट्रिक समेत पूरा गरे। योसँगै उनी एनपिएलमा ह्याट्रिकसहित ६ विकेट लिने पहिलो बलर बनेका छन्। एनपिएलमा समग्रमा एक खेलमा ६ विकेट लिने खेलाडीमा सन्दीप तेस्रो बलर बनेका छन्। यसअघि यो उपलब्धि काठमाडौं गोर्खाजमा आबद्ध स्पिनर साहब आलम र विल बोसिस्टोको नाममा रहेको छ।गत संस्करणमा सन्दीप उत्कृष्ट बलर घोषित भएका थिए। उक्त सिजनमा उनले नौ खेलमा १७ विकेट लिएका थिए। पहिलो संस्करणमा सन्दीपले सात खेलमा ६ विकेट लिएका थिए।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
कांग्रेस नेता केसीको सरकारलक्षित टिप्पणी, सिंहदरबारको एसीमा भुल्नेलाई धर्तीको पीडा के थाहा ?
Latest NewsJust now

कांग्रेस नेता केसीको सरकारलक्षित टिप्पणी, सिंहदरबारको एसीमा भुल्नेलाई धर्तीको पीडा के थाहा ?

• कांग्रेस नेता अर्जुननरसिंह केसीले सरकारले बाढीपीडित र मूल्यवृद्धि प्रति उदासिन रहेको आरोप लगाएका छन्। • उनले सिंहदरबारमा एसीको हावा खाइरहेका व्यक्तिहरूले धर्तीको पीडा नबुझ्ने भन्दै सरकारको कडा आलोचना गरेका छन्। • केसीले पुनर्निर्माण प्रक्रिया पीडितकेन्द्रित हुनुपर्ने र राहतलाई राजनीतिक कृपा बनाइरहेको सरकारको प्रवृत्तिलाई अस्वीकार गर्नुपर्ने बताएका छन्। ...

नेपालबहस
भीमफेदी इभी दुर्घटना अपडेट : ११ जना मृतकको पहिचान खुल्यो, ६ जना घाइते
Latest NewsJust now

भीमफेदी इभी दुर्घटना अपडेट : ११ जना मृतकको पहिचान खुल्यो, ६ जना घाइते

काठमाडाैँ । मकवानपुरको भीमफेदी चिसापानीमा भएको इभी माइक्रोबस दुर्घटनामा ज्यान गुमाउनेमध्ये ११ जनाको पहिचान खुलेको छ । ज्यान गुमाउने चालकसहित ११ जनाको पहिचान खुलेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव काफ्लेका अनुसार दुर्घटनामा मृत्यु हुने सवारी चालक सर्लाही जिल्लाको कबिलासी गाउँपालिका–८ निवासी ३० वर्षीय रवि शंकर कुमार मण्डल रहेका छन् भने ...

टक्सार
विवाहेतर सम्बन्धको आरोपपछि एनभिडियाका सीईओ हुआङको पद धरापमा
Latest NewsJust now

विवाहेतर सम्बन्धको आरोपपछि एनभिडियाका सीईओ हुआङको पद धरापमा

• एनभिडियाका सीईओ जेन्सेन हुआङलाई पदबाट हटाउने विषयमा सञ्चालक समितिले छलफल गर्ने तयारी गरेको छ। • विवाहेतर सम्बन्धको आरोपले उनका नेतृत्वमाथि प्रश्न उठेको छ, जसमा कम्पनीकी उपाध्यक्ष किम्बर्ली पावेलसँगको सम्बन्ध पनि समावेश छ। • यस विवादका कारण एनभिडियाको बजार मूल्य ३०० अर्ब अमेरिकी डलरभन्दा बढी घटेको छ, तर हुआङलाई पदबाट हटाउने निर्णय भने भइसकेको छैन। ...

नेपालबहस
भीमफेदी ईभी दुर्घटना : मृतकको संख्या १४ पुग्यो, ६ जना घाइते
Latest NewsJust now

भीमफेदी ईभी दुर्घटना : मृतकको संख्या १४ पुग्यो, ६ जना घाइते

काठमाडौं । मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानी गढीमा भएको ईभी गाडी दुर्घटनामा मृत्यु हुनेको संख्या १४ पुगेको छ भने ६ जना घाइते भएका छन् । दुर्घटनामा परेको ईभी गाडीमा चालकसहित २० जना सवार रहेको खुलेको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए । बिहीबार बिहान करिब ६ः१० बजे काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको ईभी गाडी सडकबाट […] ...

लोकपथ
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play