Friday, November 6, 2026||
MultiKhabarMultiKhabar

सन् २०४० सम्म सिक्सजीले विश्व अर्थतन्त्रमा १.२४ ट्रिलियन डलर योगदान गर्ने अनुमान

Share:WhatsAppFacebookX (Twitter)Telegram
सन् २०४० सम्म सिक्सजीले विश्व अर्थतन्त्रमा १.२४ ट्रिलियन डलर योगदान गर्ने अनुमान
Photo / Coverage: टेक्नोलोजी खबर

छैटौँ पुस्ताको मोबाइल नेटवर्क (सिक्सजी) ले सन् २०४० सम्म विश्व अर्थतन्त्रमा थप १.२४ ट्रिलियन अमेरिकी डलर योगदान गर्न सक्ने एक अध्ययनले देखाएको छ। मोबाइल सञ्चालकहरूको विश्वव्यापी संस्था जीएसएमएको प्रतिवेदनअनुसार सिक्सजी प्रविधिको विस्तारबाट विश्वको कुल गार्हस्थ उत्पादन (जीडीपी) मा सन् २०४० सम्म ०.७ प्रतिशत वृद्धि हुन सक्छ। तर आवश्यक फ्रिक्वेन्सी (स्पेक्ट्रम) उपलब्ध नभए यो आर्थिक अवसरको ठूलो हिस्सा गुम्न सक्ने प्रतिवेदनले चेतावनी दिएको छ। पर्याप्त स्पेक्ट्रम उपलब्ध नहुँदा अनुमानित आर्थिक लाभमध्ये ५२० अर्ब डलर अर्थात् करिब ४२ प्रतिशत जोखिममा पर्न सक्ने जीएसएमएको भनाइ छ। प्रतिवेदनअनुसार कृत्रिम बुद्धिमत्ता (एआई), औद्योगिक स्वचालन, रोबोटिक्स, उन्नत मोबाइल ब्रोडब्यान्ड, डिजिटल सेवा तथा स्याटेलाइटमा आधारित कनेक्टिभिटी सिक्सजीबाट आर्थिक लाभ हासिल गर्ने प्रमुख क्षेत्र हुनेछन्। टेलिकम्स डटकमका अनुसार विशेषगरी उत्पादनमूलक उद्योग र वित्तीय सेवा क्षेत्रले सिक्सजी विस्तारबाट बढी लाभ लिन सक्ने अनुमान गरिएको छ। एआई प्रणाली सञ्चालनका लागि आवश्यक कनेक्टिभिटी, औद्योगिक स्वचालन तथा रोबोटिक्स, मोबाइल ब्रोडब्यान्ड र फिक्स्ड वायरलेस एक्सेस, सञ्चारसँगै वस्तु तथा वातावरणको पहिचान गर्न सक्ने प्रविधि र दुर्गम क्षेत्रमा समेत इन्टरनेट विस्तार गर्ने गैरस्थलीय नेटवर्क यसका पाँच प्रमुख आधार हुने प्रतिवेदनमा उल्लेख छ। क्षेत्रगत रूपमा हेर्दा सन् २०४० सम्म ग्रेटर चाइनाले ३९० अर्ब डलर, उत्तर अमेरिकाले २९० अर्ब डलर र यूरोपले २२५ अर्ब डलर बराबरको थप आर्थिक लाभ प्राप्त गर्न सक्ने अनुमान गरिएको छ। स्पेक्ट्रम अभावले लाभ गुम्ने जोखिम जीएसएमएका अनुसार सिक्सजीको आर्थिक सम्भावना उपयोग गर्न सरकारले समयमै पर्याप्त फ्रिक्वेन्सी उपलब्ध गराउनुपर्नेछ। यसका लागि सन् २०३० सम्म कम्तीमा २ गिगाहर्ज मिड-ब्यान्ड स्पेक्ट्रम उपलब्ध गराउनुपर्ने प्रतिवेदनको सुझाव छ। त्यसमा अपर ६ गिगाहर्ज ब्यान्डसँगै ३.५ गिगाहर्ज, ४.५ गिगाहर्ज र ७ गिगाहर्ज ब्यान्डबाट थप क्षमता उपलब्ध गराउनुपर्ने उल्लेख छ। त्यस्तै, ग्रामीण तथा भवनभित्रको नेटवर्क कभरेज विस्तार गर्न ६०० मेगाहर्ज ब्यान्ड पनि सिक्सजीका लागि उपलब्ध गराउनुपर्ने सुझाव दिइएको छ। उपयुक्त अवस्थामा ५०० मेगाहर्ज ब्यान्डलाई समेत विचार गर्न सकिने प्रतिवेदनमा उल्लेख छ। यसका अतिरिक्त सरकारले स्पष्ट राष्ट्रिय स्पेक्ट्रम योजना तयार गरी दूरसञ्चार सेवा प्रदायकलाई लगानी तथा नेटवर्क विस्तारको पूर्वयोजना बनाउन सहज वातावरण सिर्जना गर्नुपर्ने जीएसएमएको सुझाव छ। जीएसएमएका नियामकीय प्रमुख जोन गिउस्तीले सिक्सजीलाई विश्व अर्थतन्त्रका लागि १.२४ ट्रिलियन डलरको अवसर भन्दै यसको लाभ प्राप्त गर्न अहिले नै सरकारले स्पेक्ट्रमसम्बन्धी निर्णय लिनुपर्ने बताएका छन्। उनका अनुसार स्पेक्ट्रम मोबाइल नेटवर्क सञ्चालनका लागि आवश्यक प्राविधिक स्रोत मात्र नभई भविष्यको आर्थिक वृद्धिको आधारसमेत हो। सन् २०२७ मा आयोजना हुने विश्व रेडियो सञ्चार सम्मेलन (डब्लुआरसी–२७) मा हुने स्पेक्ट्रमसम्बन्धी निर्णयले पनि सिक्सजीको भविष्य निर्धारण गर्न महत्त्वपूर्ण भूमिका खेल्नेछ। एआईमा आधारित नेटवर्क हुनेछ सिक्सजी अघिल्ला पुस्ताका मोबाइल प्रविधिभन्दा फरक सिक्सजीलाई सुरुदेखि नै एआईमा आधारित नेटवर्कका रूपमा विकास गरिने अपेक्षा गरिएको छ। यसले डाटा आदानप्रदान गर्ने मात्र नभई वरपरको वातावरण पहिचान गर्ने, बुद्धिमत्तापूर्ण निर्णय प्रक्रियालाई सहयोग गर्ने तथा स्थलीय र स्याटेलाइट नेटवर्कलाई एकीकृत गर्ने क्षमता राख्नेछ। यसैबीच, गत महिना अमेरिकी दूरसञ्चार कम्पनी भेरिजोन र स्विडिस प्रविधि कम्पनी एरिक्सनले ७ गिगाहर्ज ब्यान्डमा प्रारम्भिक चरणको सिक्सजी फिल्ड कल परीक्षण गरेको दाबी गरेका थिए। यो व्यावसायिक सिक्सजी सेवा सुरु भएको घोषणा नभई औपचारिक मापदण्ड तय हुनुअघिको प्रविधिगत परीक्षण थियो। परीक्षणमा बाहिरी क्षेत्रमा कल गर्नुका साथै भवनभित्र सिग्नल प्रवेश गर्ने क्षमतासमेत जाँचिएको थियो। यस क्रममा कभरेज, डाटा गति, विलम्बता (ल्याटेन्सी) र नेटवर्क स्थिरतालाई विभिन्न वातावरणमा परीक्षण गरिएको थियो। सिक्सजीको व्यावसायिक विकासका लागि अझै समय लाग्ने भए पनि यस्ता प्रारम्भिक परीक्षणले यसको विकास प्रक्रिया अघि बढिरहेको संकेत गर्छन्। The post सन् २०४० सम्म सिक्सजीले विश्व अर्थतन्त्रमा १.२४ ट्रिलियन डलर योगदान गर्ने अनुमान appeared first on Technology Khabar.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टेक्नोलोजी खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
सामसङ ग्यालेक्सी ए५८ फाइभजी लन्च गर्ने तयारी, फास्ट चार्जिङसहित ५,००० एमएएच ब्याट्री हुन सक्ने
TechnologyJust now

सामसङ ग्यालेक्सी ए५८ फाइभजी लन्च गर्ने तयारी, फास्ट चार्जिङसहित ५,००० एमएएच ब्याट्री हुन सक्ने

स्मार्टफोन कम्पनी सामसङले चाँडै नै ‘सामसङ ग्यालेक्सी ए५८ फाइभजी’ (Samsung Galaxy A58 5G) सार्वजनिक गर्न सक्छ। यसका विशेषताहरू बारे केही जानकारी ‘लिक’ मार्फत बाहिर आएका छन्। यो डिभाइस यसै वर्षको मार्च महिनामा सार्वजनिक गरिएको ‘सामसङ ग्यालेक्सी ए५७ फाइभजी’ को उत्तराधिकारी हुने अपेक्षा गरिएको छ। सामसङ ग्यालेक्सी सामसङ ग्यालेक्सी ए५८ फाइभजी अर्को वर्षको सुरुतिर केही अन्तर्राष्ट्रिय बजारहरूमा सार्वजनिक हुन सक्छ। ‘SM-A5860’ मोडल ...

टेक्नोलोजी खबर
पोखरामा BAIC र ARCFOX को नयाँ शोरुम उद्घाटन
TechnologyJust now

पोखरामा BAIC र ARCFOX को नयाँ शोरुम उद्घाटन

२० कात्तिक, काठमाडौं। नेपाली अटोमोबाइल बजारमा आफ्नो उपस्थिति विस्तार गर्ने क्रममा BAIC र ARCFOX ले पोखराको बुद्धचोकमा नयाँ शोरुम सञ्चालनमा ल्याएका छन्। उक्त शोरुमको औपचारिक उद्घाटन गणेश बहादुर श्रेष्ठ, लक्ष्मी ग्रुपका अध्यक्ष र सुनील श्रेष्ठ, लक्ष्मी ग्रुपका कार्यकारी निर्देशकले गरेका हुन्। नेपालका लागि Laxmi Motorhub द्वारा प्रतिनिधित्व गरिएका यी दुई ब्रान्डले नयाँ शोरुममार्फत पोखरा तथा आसपासका […] The post ...

आइसिटी फ्रेम
एनपीएल सिजन ३ मा बजाज पल्सरले थप्दैछ पावर र प्रदर्शनको उत्साह
TechnologyJust now

एनपीएल सिजन ३ मा बजाज पल्सरले थप्दैछ पावर र प्रदर्शनको उत्साह

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ मा बजाज पल्सरले खेलाडीको उत्कृष्ट प्रदर्शनलाई पुरस्कृत गर्नुका साथै दर्शकलाई पनि प्रतियोगिताको हिस्सा बन्ने अवसर प्रदान गर्ने भएको छ ।मोटरसाइकल पुरस्कार, प्रत्येक खेलमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीको सम्मान र दर्शकका लागि विभिन्न गतिविधिमार्फत पल्सरले यस सिजन ‘गेम अफ पावर’लाई थप रोमाञ्चक बनाउँदैछ ।एनपीएल सिजन ३ को सहप्रायोजक तथा आधिकारिक दुईपाङ्ग्रे सवारी साधन ...

आइसिटी समाचार
प्रडक्ट विधाका उत्कृष्ट १५ सेमिफाइनलिस्ट, प्रविधिमार्फत दैनिक समस्या समाधान गर्ने नेपाली उत्पादन
TechnologyJust now

प्रडक्ट विधाका उत्कृष्ट १५ सेमिफाइनलिस्ट, प्रविधिमार्फत दैनिक समस्या समाधान गर्ने नेपाली उत्पादन

काठमाडौं । नेपालमा सूचना प्रविधिको विकाससँगै स्थानीय आवश्यकता र समस्यालाई सम्बोधन गर्ने उद्देश्यले विभिन्न डिजिटल उत्पादन निर्माण भइरहेका छन् । स्वास्थ्य सेवा, कानुनी अनुसन्धान, वित्तीय पहुँच, पर्यटन, मानव संसाधन व्यवस्थापनदेखि नेपाली भाषामा डिजिटल लेखनसम्मका क्षेत्रमा नेपाली प्रविधि कम्पनी तथा नवप्रवर्तकहरूले नयाँ समाधान विकास गरिरहेका छन् ।यही नवीनता र सम्भावनालाई समेट्दै आइसिटी अवार्ड २०२६ को उत्पादन विधामा १५ वटा उत्पादन सेमिफाइनलका ...

आइसिटी समाचार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play