Saturday, October 31, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/सञ्चारमाध्यममा धरपकड गर्ने कार्य गलत भएको रास्वपाको निष्कर्ष

सञ्चारमाध्यममा धरपकड गर्ने कार्य गलत भएको रास्वपाको निष्कर्ष

Share:WhatsAppFacebookX (Twitter)Telegram
सञ्चारमाध्यममा धरपकड गर्ने कार्य गलत भएको रास्वपाको निष्कर्ष

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सञ्चारमाध्यममा भएको धरपकड गर्ने कार्य गलत भएको निष्कर्ष निकालेको छ । शनिबार बसेको सचिवालय बैठकले संविधानले दिएको प्रेस स्वतन्त्रता र विधिको शासनको सम्मान गर्ने जनाउदै शुक्रबार पत्रकार/सञ्चारकर्ममाथि भएको धरपकड गर्ने कार्य गलत भएको निष्कर्ष निकालेको प्रवक्ता जगदीश खरेलले जानकारी दिएका हुन् । खरेलले समाचार कक्षमा पत्रकारमाथि धरपकड गर्ने कार्य किन, कसरी भयो छानबिन गर्न सरकारलाई निर्देशन दिएको बताए । उनले समाचार लेखेकै भरमा पत्रकारलाई पक्राउ गर्ने र न्युज रुममा प्रहरी प्रवेश गर्ने घटनालाई बैठकले गलत भनेको जानकारी गराए । उनले बैठकले रास्वपाले प्रेस स्वतन्त्र अक्षुण हुने भएकाले सरकारलाई आगामी दिनमा समाचारका विषयलाई लिएर पत्रकार र प्रकाशकलाई पक्राउ नगर्न निर्देशन दिएको बताए । समाचारको विषयलाई लिएर पत्रकार र प्रकाशकलाई सोधपुछ गर्ने कार्य अगाडि बढेको जानकारी पाउने बित्तिकै रास्वपाले विज्ञप्ति निकालेको स्मरण गराए । उनले छानबिनबाट दोषी देखिएकालाई तत्काल कारबाही गर्न निर्देशन दिइएको दोहोर्‍याए । The post सञ्चारमाध्यममा धरपकड गर्ने कार्य गलत भएको रास्वपाको निष्कर्ष appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

१० खेलाडीमा सीमित क्रिस्टल प्यालेसमाथि टोटनहमको सहज जित
ताजा खबरJust now

१० खेलाडीमा सीमित क्रिस्टल प्यालेसमाथि टोटनहमको सहज जित

काठमाडौँ । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा टोटनहम हट्सपरले क्रिस्टल प्यालेसमाथि २-० गोलको जित निकालेको छ । खेलको १३ औँ मिनेटमै क्रिस्टल प्यालेसका जिन-फिलिप मटेटाले रातो कार्ड खाँदै मैदान छाडेपछि प्यालेस १०... ...

रातोपाटी
स्याउ विकास बोर्डको स्थापनाका लागि राय सुझाव माग
ताजा खबरJust now

स्याउ विकास बोर्डको स्थापनाका लागि राय सुझाव माग

जुम्ला । कर्णाली प्रदेशमा स्याउ विकास बोर्डको स्थापना तथा सञ्चालन सम्बन्धमा जुम्लाका सरोकारवालासँग शनिबार राय सुझावको माग गरिएको छ । स्याउ संसदीय स्याउ सरोकार समूहको अयोजना तथा कर्णाली प्रदेश सरकार भूमि... ...

रातोपाटी
लेभान्टेलाई हराउँदै एट्लेटिको ला लिगाको शीर्ष स्थानमा
ताजा खबरJust now

लेभान्टेलाई हराउँदै एट्लेटिको ला लिगाको शीर्ष स्थानमा

काठमाडौँ । स्पेनिस ला लिगा फुटबलमा एट्लेटिको म्याड्रिडले लेभान्टेमाथि २–० गोलको जित निकालेको छ । एट्लेटिकोको जितमा अलेहान्द्रो ग्रिमाल्डो र गियुलियानो सिमिओनीले एकरएक गोल गरे । खेलको ३६ औँ मिनेटमा... ...

रातोपाटी
लिड्समाथि बर्नमाउथको सहज जित
ताजा खबरJust now

लिड्समाथि बर्नमाउथको सहज जित

काठमाडौँ । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा बर्नमाउथले लिड्समाथि २–० गोलको जित निकालेको छ । बर्नमाउथलाई जित दिलाउन इभानिल्सन र अमिन अदलीले एक–एक गोल गरे । नेपाली समय अनुसार शनिबार राति सम्पन्न खेलको... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play