Thursday, October 22, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/सगरमाथादेखि समुद्रसम्म: भोटेकोशी-त्रिशूली जलप्रलयबारे बैङ्ककमा क्षेत्रीय संवाद हुने

सगरमाथादेखि समुद्रसम्म: भोटेकोशी-त्रिशूली जलप्रलयबारे बैङ्ककमा क्षेत्रीय संवाद हुने

10/22/2026, 1:41:34 PM
Share:WhatsAppFacebookX (Twitter)Telegram
सगरमाथादेखि समुद्रसम्म: भोटेकोशी-त्रिशूली जलप्रलयबारे बैङ्ककमा क्षेत्रीय संवाद हुने

काठमाडौँ। एसिया तथा प्रशान्त क्षेत्रमा बढ्दो जलवायु परिवर्तन र शृंखलाबद्ध विपद्को जोखिमलाई सम्बोधन गर्न आगामी कात्तिक १३ गते थाइल्यान्डको बैङ्ककमा एक उच्चस्तरीय क्षेत्रीय संवाद कार्यक्रम आयोजना हुने भएको छ।दिगो विकासका लागि अन्तरिक्ष प्रविधि प्रयोगसम्बन्धी पाँचौँ मन्त्रीस्तरीय सम्मेलनको अवसरमा आयोजना हुन लागेको यस क्षेत्रीय मञ्चमा गत २०८३ भदौ १० मा नेपालमा गएको विनाशकारी भोटेकोशी-त्रिशूली जलप्रलय(गाङ्बाल)को अध्ययन र त्यसबाट प्राप्त पाठहरूबारे मुख्य रूपमा छलफल गरिने युनस्क्यापले बताएको छ।उच्च हिमाली क्षेत्रमा चट्टान र हिउँको ठूलो पहिरोका कारण सुरु भएको गाङ्बालले जनधनको व्यापक क्षति गर्नुका साथै यातायात, जलविद्युत्, सीमावर्ती पूर्वाधार र स्थानीय जीविकोपार्जनमा गम्भीर असर पुर्‍याएको थियो। तीव्र रूपमा परिवर्तन भइरहेको हिमाली क्षेत्रमा हिउँ र बरफको अनुपात, बढ्दो तापमान, हिमनदी पग्लिने क्रम र पर्माफ्रोस्टको क्षयले गर्दा हिमपहिरो, लेदो बहाव र आकस्मिक बाढीजस्ता शृंखलाबद्ध जोखिमहरू सीमापार र तल्लो तटीय क्षेत्रसम्म फैलिने खतरा बढेको विज्ञहरूले औँल्याएका छन्।संयुक्त राष्ट्र सङ्घको महासभाको ८१औँ सत्रमा सञ्चालित “सगरमाथादेखि समुद्रसम्म: जलवायु-उत्थानशील भविष्यका लागि आह्वान” नामक उच्चस्तरीय बैठकको निरन्तरताका रूपमा यो कार्यक्रम हुन लागेको हो।नेपालको अनुभवमा आधारित भए पनि यस छलफलले सम्पूर्ण हिन्दूकुश हिमालय (HKH) क्षेत्रका तल्ला तटीय समुदायहरूका साथै एसिया र प्रशान्त क्षेत्रका जोखिमयुक्त देशहरूका लागि उपयोगी रणनीति निर्माण गर्न मद्दत पुर्‍याउने अपेक्षा गरिएको युनस्क्यापले बताएको छ।यस क्षेत्रीय संवादमा जलवायु, भू-भौतिक, भू-स्थानिक र विपद्‌सम्बन्धी तथ्याङ्कको एकीकृत विश्लेषणमार्फत जोखिम कसरी सीमापार र विभिन्न क्षेत्रहरूमा फैलिन्छ भन्ने वैज्ञानिक बुझाइलाई सुदृढ गरिने, छुट्टाछुट्टै जोखिमका आधारमा नभई जल, ऊर्जा, पूर्वाधार, खाद्य प्रणाली र जीविकोपार्जनलाई एकसाथ संरक्षण गर्ने गरी एकीकृत विकास र लगानी योजना तयार गरिने युनस्क्यापले जानकारी दिएको छ।यस्तै, सीमापार जोखिमको व्यवस्थापनका लागि तथ्याङ्क आदानप्रदान, बहु-जोखिम पूर्वसूचना प्रणाली र वैज्ञानिक सहकार्यलाई अभिवृद्धि गरिनेछ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टक्सार

Visit Publisher Site →

Related News

मल्लकालीन परम्परा जोगाउँदै खाँ जात्रा
ताजा खबरJust now

मल्लकालीन परम्परा जोगाउँदै खाँ जात्रा

भक्तपुर।विजयादशमीको भोलीपल्ट आज पापांकुश एकादशीको दिन मध्यपुरथिमिमा मल्लकालीन युद्धको झल्को दिने खाँ पिहाँवइगु (खाँ निस्कने) जात्रा सम्पन्न भएको छ। तत्कालीन राजदरबारको रूपमा रहेको लाय्कु दरबारस्थित तलेजु भवानीको द्यो छेंबाट खड्ग, तरबार, ढाल, युद्धकवजलगायत मल्लकालीन युद्धमा प्रयोग हुने हातहतियार बोकेर युद्ध कला प्रदर्शन गर्दै उक्त जात्रा सम्पन्न गरिएको संस्कृतिकर्मी एवं जात्राका पमा नाइके श्यामकाजी पमा श्रेष्ठले जानकारी दिए। दरबारसँग सम्बन्धित फरक समुदायलाई सहभागी ...

नेपालन्युज
चिनियाँ लाल सेनाको ‘लङ मार्च’मा राष्ट्रपतिको विशेष सम्बोधन
ताजा खबरJust now

चिनियाँ लाल सेनाको ‘लङ मार्च’मा राष्ट्रपतिको विशेष सम्बोधन

• चीनले लाल सेनाको ‘लङ मार्च’ विजयको ९०औँ वार्षिकोत्सव मनाउन बेइजिङमा समारोह आयोजना गरेको छ। • राष्ट्रपति सी चिनफिङले कार्यक्रममा महत्त्वपूर्ण सम्बोधन गरेका छन् र विभिन्न नेताहरू उपस्थित थिए। • चाइना मिडिया ग्रुपले विशेष सांस्कृतिक कार्यक्रम प्रसारण गर्नेछ, जसमा लङ मार्चको कठिन यात्रा स्मरण गरिनेछ। ...

नेपालबहस
कसरी जन्मियो कांग्रेसको चियापान संस्कृति ?
ताजा खबरJust now

कसरी जन्मियो कांग्रेसको चियापान संस्कृति ?

काठमाडाैँ । नेपाली कांग्रेसले २०३५ सालमा विश्वेश्वरप्रसाद (बीपी) कोइराला भारत निर्वाचनबाट फर्केपछि कोजाग्रत पूर्णिमाका दिन ‘चियापान समारोह’ गर्दै आएको छ । यसलाई कांग्रेस आफूले नेपाली राजनीतिको एउटा विशिष्ट र सांस्कृतिक... ...

रातोपाटी
सामाजिक सञ्जालबाट सात करोडको कमाइ
ताजा खबरJust now

सामाजिक सञ्जालबाट सात करोडको कमाइ

अर्घाखाँची।सामाजिक सञ्जाललाई लिएर समाजमा एउटा धारणा अझै बलियो छ, ‘मोबाइलमा झुण्डिने युवा बिग्रिन्छन्।’ फेसबुक, टिकटक र युट्युबले युवाको समय खेर फाल्छन्, पढाइ बिगार्छन् र उनीहरूलाई वास्तविक जीवनबाट टाढा लैजान्छन् भन्ने भाष्य पनि उत्तिकै सुनिन्छ। तर यही सामाजिक सञ्जाल कसैका लागि समय कटाउने माध्यम मात्र होइन, सीप, पहिचान, रोजगारी र आम्दानीको बलियो आधार बन्न सक्छ भन्ने उदाहरण बनेका छन् अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–२ ...

नेपालन्युज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play