Monday, November 2, 2026||
MultiKhabarMultiKhabar

संसदको रणनीति र समसामयिक राजनीतिबारे छलफल गर्न काँग्रेस संसदीय दलको बैठक शुरु

Share:WhatsAppFacebookX (Twitter)Telegram
संसदको रणनीति र समसामयिक राजनीतिबारे छलफल गर्न काँग्रेस संसदीय दलको बैठक शुरु
Photo / Coverage: टक्सार

काठमाडौँ। प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको संसदीय दलको बैठक सोमवार सिंहदरबारस्थित दलको कार्यालयमा शुरु भएको छ । आगामी संसद बैठकमा पार्टीको उपस्थिति प्रभावकारी बनाउने र सरकारका पछिल्ला कदमहरूबारे साझा धारणा तय गर्ने उद्देश्यले बैठक आह्वान गरिएको हो । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा जारी बैठकमा समसामयिक राजनीतिक परिस्थिति, सरकारको कार्यशैली तथा संसदमा निर्वाह गर्नुपर्ने भुमिकाका विषयमा सांसदहरूबीच गहन छलफल भइरहेको छ । विशेषगरी आमसञ्चार माध्यम तथा पत्रकारमाथि भइरहेको भनिएको धरपकड, प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप र नागरिक अधिकारका विषयलाई बैठकमा प्राथमिकताका साथ उठाइएको छ । बैठकमा सहभागी नेताहरूकाअनुसार सत्तारूढ गठबन्धन र विशेष गरी गृह प्रशासनको पछिल्लो कार्यशैलीप्रति प्रमुख प्रतिपक्षी दलले गम्भीर चासो व्यक्त गरेको छ । पत्रकार जगतमाथि सिर्जना गरिएको त्रास र लोकतान्त्रिक मूल्यमान्यताविपरितका गतिविधिलाई संसदमा सशक्त ढंगले उठाउने तयारी काँग्रेसको छ । यसैगरी, संसदका आगामी बैठकहरूमा जनसरोकारका विषय, महँगी, सुशासन र कानून निर्माणका प्रक्रियाका बारेमा पनि छलफल हुने बताइएको छ । प्रमुख प्रतिपक्षका रूपमा सरकारलाई संसदप्रति उत्तरदायी बनाउन र जनहितका मुद्दामा सम्झौता नगर्ने रणनीति तय गर्न यो बैठक केन्द्रित रहेको बताइएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टक्सार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
दोस्रो काठमाडौं हरर फिल्म फेस्ट सम्पन्न, उत्कृष्ट छोटो फिल्म ‘केएनएआर’ घोषित
Latest NewsJust now

दोस्रो काठमाडौं हरर फिल्म फेस्ट सम्पन्न, उत्कृष्ट छोटो फिल्म ‘केएनएआर’ घोषित

काठमाडौं । दोस्रो काठमाडौं हरर फिल्म फेस्ट (केएचएफएफ) सम्पन्न भएको छ । अक्टोबर ३० देखि काठमाडौंस्थित रुसी हाउसमा आयोजित महोत्सव आइतबार सम्पन्न भएको हो । नेपाल फिल्म एन्ड कल्चरल एकेडेमीको आयोजना... ...

रातोपाटी
स्वदेशी फूलले बजार पाएपछि किसान उत्साहित (फोटोफिचर)
Latest NewsJust now

स्वदेशी फूलले बजार पाएपछि किसान उत्साहित (फोटोफिचर)

हेटौँडा, कात्तिक १६ गते । तिहार नजिकिँदै गर्दा मकवानपुरका सयपत्री फूल उत्पादक किसान उत्साहित भएका छन् । सरकारले भारतलगायत छिमेकी मुलुकबाट सयपत्री र मखमली फूल आयात तथा प्लास्टिकका फ... ...

गोरखापत्र
धरानबाट दुई सय नौ केजी गाँजासहित पाँच जना पक्राउ
Latest NewsJust now

धरानबाट दुई सय नौ केजी गाँजासहित पाँच जना पक्राउ

सुनसरी, कात्तिक १६ गते । धरान उपमहानगरपालिका–२० च्यानडाँडाबाट प्रहरीले दुई क्विन्टलभन्दा बढी गाँजासहित पाँच जनालाई पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालयका अनुसार गाँजा ओसारपसार भइ... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play