श्रीलंकासँग पाकिस्तान ८ विकेटले पराजित, सिरिजको फाइनलमा दुवै देश खेल्ने

काठमाडौं । दिल्सान मदुशंकाको उत्कृष्ट बलिङ र कामिन्दु मेन्डिसको अविजित अर्धशतकको मद्दतमा श्रीलंकाले पाकिस्तानलाई आठ विकेटले पराजित गरेको छ । लाहोरमा भएको खेलमा श्रीलंकाले पाकिस्तानलाई ११० रनमै समेट्दै १८.१ ओभरमा लक्ष्य पूरा गरेको हो । श्रीलंकाका मदुशंकाले ३४ रन खर्चेर पाँच विकेट लिए । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा उनको यो करियरकै उत्कृष्ट बलिङ प्रदर्शन हो । साहान आराचिगेले दुई विकेट लिँदा असिथा फर्नान्डो, इशान मलिंगा र दुनिथ वेलालागेले एक–एक विकेट लिए । पाकिस्तानका बाबर आजमले सर्वाधिक २९ रन बनाए। तर अन्य ब्याटरले उल्लेखनीय योगदान दिन नसक्दा घरेलु टोली सामान्य योगफलमै समेटियो । पाकिस्तानको घरेलु मैदानमा बनेको यो दोस्रो न्यून एकदिवसीय योगफल हो । लक्ष्य पछ्याउने क्रममा कामिन्दु मेन्डिसले ६० बलमा अविजित ६२ रन बनाए । पवन रथनायकेले अविजित २३ रन जोड्दै श्रीलंकालाई जित दिलाए । यस जितसँगै श्रीलंकाले पाकिस्तानविरुद्ध लगातार पाँच खेलको हारको शृङ्खला पनि अन्त्य गरेको छ । यो नतिजासँगै श्रीलंका र पाकिस्तानबीच फाइनलमा प्रतिस्पर्धा हुने निश्चित भएको छ । इंग्ल्यान्ड भने फाइनल दौडबाट बाहिरिएको छ । बिहीबार श्रीलंका र इंग्ल्यान्डबीच हुने खेलले फाइनलको समीकरणमा प्रभाव पार्ने छैन । फाइनल खेल आगामी शनिबार लाहोरमा हुने तालिका रहेको छ । The post श्रीलंकासँग पाकिस्तान ८ विकेटले पराजित, सिरिजको फाइनलमा दुवै देश खेल्ने appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
Read Complete Original Article
Published originally on कर्पोरट खबर
Related News

अमेरिकी मध्यावधि निर्वाचन किन महत्त्वपूर्ण ?
अमेरिकी मध्यावधि निर्वाचनलाई राष्ट्रपति ट्रम्पको दुईवर्षे कार्यकालको जनमत परीक्षणका रूपमा हेरिन्छ । संसद्मा डेमोक्र्याटहरूको वर्चस्व कायम भए ट्रम्प प्रशासनका नीति तथा निर्णयमाथि दबाब बढ्न सक्छ । ...

एनपीएल खेल्न नेपाल आएका सकिबको प्रतिबन्धित बेटिङको प्रचार
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न नेपाल आएका बङ्गलादेशका चर्चित क्रिकेटर सकिब अल हसनले अनलाइन सट्टेबाजीसम्बन्धी प्रचार सामग्री सामाजिक सञ्जालमा राखेका छन् । उनले आफ्नो फेसबुकमा ‘वान एक्स बेट’को... ...

एनपीएलले खोलेको अवसरको ढोका
हाम्रो साझा लक्ष्य हुनुपर्छ— नेपाली युवाले यही देशमा आफ्नो भविष्य देख्न सकून्, आफ्नो प्रतिभाबाट देशको नाम चम्काउन सकून् र खेलकुदले राष्ट्रको आर्थिक तथा सामाजिक विकासमा योगदान गर्न सकोस्। ...

जहाँ गुरुहरू कुटिन्छन्
विद्याको पवित्र मन्दिरभित्र पसेर गुरुलाई गालीगलौज गर्दै कुटपिट गर्न तम्तयार हुने कस्तो समाज र मानसिकता निर्माण गर्यौं हामीले? ...


