Sunday, November 1, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/शुक्लाफाँटामा जंगली हात्तीलाई रेडियो कलर लगाउने प्रक्रिया अघि बढ्यो

शुक्लाफाँटामा जंगली हात्तीलाई रेडियो कलर लगाउने प्रक्रिया अघि बढ्यो

11/1/2026, 11:25:59 AM
Share:WhatsAppFacebookX (Twitter)Telegram
शुक्लाफाँटामा जंगली हात्तीलाई रेडियो कलर लगाउने प्रक्रिया अघि बढ्यो

कञ्चनपुर । कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा लामो समयदेखि बस्तीमा प्रवेश गरी जनधन तथा बालीनालीमा क्षति पुर्‍याउँदै आएका जंगली हात्तीको निगरानीका लागि रेडियो कलर जडान गर्ने प्रक्रिया अघि बढाइने भएको छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयलाई रेडियो कलर जडानको कार्य अगाडि बढाउन निर्देशन दिएको हो। जंगली हात्तीको आवतजावतसम्बन्धी सूचना संकलन गरी मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि रेडियो कलर व्यवस्थापन गर्न अनुरोध गरेको छ। रेडियो कलरबाट प्राप्त तथ्याङ्कको नियमित अनुगमन तथा विश्लेषण गरी हात्तीको आवागमन र बस्तीमा प्रवेश गर्न सक्ने सम्भावित जोखिमको पूर्वानुमान गर्ने विभागको उद्देश्य छ। कृषि, वन तथा वातावरण मन्त्री गिता चौधरीले रेडियो कलरबाट प्राप्त तथ्याङ्कको नियमित अनुगमन तथा विश्लेषण गरी हात्तीको आवागमन र बस्तीमा प्रवेश गर्न सक्ने सम्भावित जोखिमको पूर्वानुमान गर्न सकिने बताइन्। यसबाट स्थानीय समुदायलाई समयमै सचेत गराउन तथा मानवीय क्षति, बालीनाली र भौतिक सम्पत्तिमा हुने नोक्सानी न्यूनीकरण गर्न सहयोग पुग्ने उनको भनाइ छ। रेडियो कलर जडान गर्दा निकुञ्जका वरिष्ठ संरक्षण अधिकृतको प्रत्यक्ष सुपरिवेक्षणमा पशु चिकित्सकसहितको प्राविधिक टोलीको समन्वयमा काम गरिने मन्त्री चौधरीले बताइन् । उनले हात्तीको सुरक्षालाई प्राथमिकता दिँदै वैज्ञानिक विधिबाट रेडियो कलर जडान गर्नुका साथै त्यसपछिको नियमित अनुगमनसमेत गरिने जानकारी दिइन्।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टक्सार

Visit Publisher Site →

Related News

बारामा प्रहरीको गोली लागेर घाइते भएका किशोरलाई काठमाडौं ल्याइयो
ताजा खबरJust now

बारामा प्रहरीको गोली लागेर घाइते भएका किशोरलाई काठमाडौं ल्याइयो

काठमाडौं । बाराको फेटा गाउँपालिकामा प्रहरीको गोली लागेर घाइते भएका करिब १६ वर्षीय आदित्य पासवानलाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ। शनिबार अस्पताल उद्घाटनको विषयलाई लिएर भएको झडपका क्रममा पासवान घाइते भएका थिए। उनलाई सुरुमा वीरगन्जस्थित नेशनल मेडिकल कलेजमा उपचारका लागि भर्ना गरिएको थियो। नेशनल मेडिकल कलेजले थप उपचारका लागि रिफर गरेपछि नेपाली सेनाको हेलिकप्टरमार्फत उनलाई काठमाडौं ल्याइएको बाराका प्रहरी उपरीक्षक (एसपी) ...

केन्द्रबिन्दु
महेन्द्रनगरमा दुई आकाशे पुल निर्माण सम्पन्न, तेस्रो निर्माणाधीन
ताजा खबरJust now

महेन्द्रनगरमा दुई आकाशे पुल निर्माण सम्पन्न, तेस्रो निर्माणाधीन

धनुषा, कात्तिक १५ गते । जनकपुरधाम–ढल्केवर छ लेन व्यापारिक सडकअन्तर्गत धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–५ स्थित महेन्द्रनगर बजारमा निर्माणाधीन दुई वटा आकाशे पुलको निर्माण सम्पन्न भएक... ...

गोरखापत्र
सरकारले ३ महिनामा १३५ परिवारलाई वितरण गर्‍यो लालपुर्जा
ताजा खबरJust now

सरकारले ३ महिनामा १३५ परिवारलाई वितरण गर्‍यो लालपुर्जा

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय यो आर्थिक वर्षको पहिला त्रैमासिकमा १३५ परिसरलाई जग्गाधनी लालपुर्जा वितरण गरेको छ । भूमि समस्या समाधान समिति (ताहाचल) ले चालु... ...

रातोपाटी
टाटा मोटर्सले किन्यो इटालीको इभेकोको ८९.४२ प्रतिशत शेयर
ताजा खबरJust now

टाटा मोटर्सले किन्यो इटालीको इभेकोको ८९.४२ प्रतिशत शेयर

काठमाडौं । भारतको चर्चित सवारीसाधन निर्माता कम्पनी टाटा मोटर्सले इटालीको व्यावसायिक सवारीसाधन निर्माता कम्पनी इभेकोको अधिकांश शेयर खरिद गरेको छ । टाटा मोटर्सले करिब ३ अर्ब ४३ करोड युरो खर्च गरेर इभेकोको ८९.४२ प्रतिशत शेयर आफ्नो स्वामित्वमा लिएको हो । शुक्रबार शेयर हस्तान्तरणको पहिलो प्रक्रिया पूरा भएसँगै इभेको टाटा मोटर्सको सहायक कम्पनी बनेको छ । […] ...

लोकपथ
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play