शिक्षा क्षेत्रमा नीतिगत तथा संरचनागत सुधार गर्दैछौं: मन्त्री पोखरेल

हेटौँडा । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विश्वविद्यालयहरूको नक्साङ्कन र विद्यालयहरूको भौतिक पूर्वाधार मूल्याङ्कन तीव्र रूपमा अघि बढाइएको बताएका छन् । उनले आवश्यकताका आधारमा लगानी गरी विश्वविद्यालयमा हुने दोहोरो खर्च रोक्ने सरकारको योजना रहेको बताए । बागमती विश्वविद्यालयले हेटौँडामा आयोजना गरेको उच्च शिक्षा प्रणाली सुदृढीकरणसम्बन्धी गोष्ठीको उद्घाटन गर्दै मन्त्री पोखरेलले विश्वविद्यालय स्थापना गर्दा भौगोलिक आवश्यकता, औचित्य र स्थानीय अवस्थालाई आधार बनाउनुपर्नेमा जोड दिए । उनले संघीय र प्रदेश सरकारअन्तर्गतका विश्वविद्यालयबीच समन्वय बढाउन आवश्यक संयन्त्र निर्माण गरिएको जानकारी दिँदै शिक्षा क्षेत्रमा नीतिगत तथा संरचनागत सुधार भइरहेको बताए । विद्यालय शिक्षा ऐन निर्माण र शिक्षा नियमावली संशोधनको प्रक्रिया पनि जारी रहेको उनको भनाइ थियो । दुई दिनसम्म चल्ने गोष्ठीमा उच्च शिक्षाको गुणस्तर सुधार, विश्वविद्यालयको संस्थागत विकास, शैक्षिक कार्यक्रमको प्रभावकारिता र संघ तथा प्रदेशबीचको सहकार्यका विषयमा छलफल भइरहेको छ । The post शिक्षा क्षेत्रमा नीतिगत तथा संरचनागत सुधार गर्दैछौं: मन्त्री पोखरेल appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
Read Complete Original Article
Published originally on कर्पोरट खबर
Related News

६ ओभरमा ८० रन चाहिए पनि जित्छौँ भन्ने विश्वास थियो : सोमपाल कामी
काठमाडौँ। कर्णाली याक्सका कप्तान सोमपाल कामीले व्यक्तिगत उपलब्धिभन्दा टोलीको जित र प्राप्त हुने २ अङ्क महत्त्वपूर्ण रहेको बताएका छन् । नेपाल प्रिमियर लिग (एनपीएल) मा बिहीबार विराटनगर किङ्सलाई ६ विकेटले हराएपछि... ...

चम्किएका युवा बलर राहुल
ट्यालेन्ट हन्टमा ४ सयभन्दा बढी खेलाडीबाट छानिएका जनकपुर बोल्ट्सका युवा बलर राहुल यादवले काठमान्डु गोर्खाजको लिए महत्त्वपूर्ण ४ विकेट ...

इजरायलको चुनावमा विदेशी हस्तक्षेपको आशंका, अनुसन्धान गर्न निर्वाचन आयोगको आदेश
इजरायलमा अक्टोबर २७ मा भएको संसदीय चुनावमा विदेशी हस्तक्षेपको आशंका गरिएको छ। यसैकारण निर्वाचन आयोगले सिन बेट अनुसन्धान एजेन्सीलाई यस विषयमा अनुसन्धान गर्न आदेश दिएको छ। द टाइम्स अफ इजरायलका अनुसार एजेन्सीले एक हप्ताभित्र आफ्नो प्रतिवेदन बुझाउनेछ। प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको लिकुड पार्टीले कतार र टर्कीबाट इजरायल र वेस्ट बैंकमा पैसा पठाइएको आशंका... ...

खगेन्द्र सुनारले छानबिन समितिसमक्ष दिए बयान
राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय अनुशासन आयोगले बनाएको छानबिन समितिमा पुगेर सांसद खगेन्द्र सुनारले बयान दिएका छन्। महिलालाई हिंसात्मक शैलीमा गाली गरेको अडिओको सत्यताबारे सुनारले बिहीबार समितिका सदस्यसँग बयान दिएका हुन्। बाहिर सार्वजनिक भएका कुरा र उनले लिखित जवाफमा प्रष्ट पार्न नसकेको विषयमा केन्द्रित भएर प्रश्नोत्तर शैलीमै बयान लिइएको छ। सुनारसँग बयान ल... ...


