Thursday, October 22, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/शान्ति वार्ता पुनः सुरु गर्न तयार रहेको रुसले बताएको केही घण्टापछि किएभमाथि हमला

शान्ति वार्ता पुनः सुरु गर्न तयार रहेको रुसले बताएको केही घण्टापछि किएभमाथि हमला

Share:WhatsAppFacebookX (Twitter)Telegram
शान्ति वार्ता पुनः सुरु गर्न तयार रहेको रुसले बताएको केही घण्टापछि किएभमाथि हमला

Reuters अमेरिका संलग्न त्रिपक्षीय वार्ताको नयाँ चरणमा सहमति भएको भनिए पनि रुस र युक्रेनबीच सङ्घर्ष जारी छ।रुसले युक्रेनको राजधानी किएभमा फेरि बलिस्टिक क्षेप्यास्त्रसहित बमबारी गरेको छ।रुसले शान्ति वार्ता पुनः सुरु गर्न "सैद्धान्तिक रूपमा तयार" रहेको बताएको र अमेरिकी राष्ट्रपतिले युद्धरत पक्षहरू युद्ध अन्त्य गर्न "सबैभन्दा नजिक" पुगेको बताएको केही घण्टापछि युक्रेनको राजधानीमा अर्को क्षेप्यास्त्र आक्रमण भएको हो।किएभका मेअरले हमलामा १५ जना घाइते भएको बताएका छन्। अधिकारीहरूका अनुसार घरहरू, एउटा ग्यास स्टेशन, एउटा चिकित्सा केन्द्र र यातायात पूर्वाधारमा क्षति पुगेको छ। रुससँग सम्झौता नगरे युक्रेनलाई झन् गाह्रो हुने अमेरिकाको चेतावनी नयाँ कानुन लागु हुँदै गर्दा ट्रम्पले हटाए रुसमाथिका केही प्रतिबन्ध 'हालसम्मकै नजिक'अर्कोतर्फ मस्कोका मेअरले भने सो क्षेत्रलाई ६०० भन्दा बढी युक्रेनी ड्रोनहरूले निशाना बनाएको र कम्तीमा दुई जना घाइते भएको बताएका छन्।यसको बावजुद अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले युद्धरत पक्षहरू युद्ध अन्त्य गर्ने सन्दर्भमा नजिक पुगेको हुन सक्ने सङ्केत गरेका छन्।आलोचकहरूले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सुरु गरेको युद्ध अन्त्य गर्न मस्कोको सट्टा किएभलाई दबाव दिएको ट्रम्पलाई आरोप लगाउने गरेका छन्।किएभको तुलनामा मस्कोका लागि युद्ध अन्त्यका शर्तहरू बढी अनुकूल रहेको उनीहरूको तर्क छ।ट्रम्पका दूतहरू स्टिभ विट्कफ र जारेड कुशनरको नेतृत्वमा नयाँ कूटनीतिक प्रयासहरू भइरहेका बेला पछिल्लो आक्रमण भएको छ। युक्रेनको ओडेसास्थित सूपरमार्केटमा ड्रोन हमला अन्लाइन कक्षामा पढाउँदै गर्दा २५-तले भवननजिकै रुसी ड्रोन विस्फोट युक्रेनी नेतासँग भेटवार्ता गरेको एक दिनपछि बुधवार विट्कफले सेन्ट पिटर्सबर्गमा रुसी राष्ट्रपति पुटिनसँग भेटवार्ता गरेका थिए।गत फेब्रुअरी महिनामा त्रिपक्षीय वार्ता रोकिएपछि युक्रेनमा क्षेप्यास्त्रहरू रोक्न पश्चिमा देशहरूले उपलब्ध गराएका इन्टरसेप्टरहरू सकिएपश्चात्‌ रुसले आक्रमणहरू तीव्र बनाएको बताइन्छ।"अर्को दिन म भ्लादिमिर पुटिनसँग युक्रेन युद्ध अन्त्य गर्नेबारे कुरा गरिरहेको थिएँ, मलाई लाग्छ हामी नजिक पुग्दै छौँ। शायद हामी अहिलेसम्मकै सबैभन्दा नजिक पुगेका छौँ," ट्रम्पले बुधवार भने। Reuters नर्वे र रुसमा वार्ताअमेरिकी राष्ट्रपतिले रुस-युक्रेन युद्ध अन्त्य गर्न सक्षम हुने बारम्बार दाबी गर्दै आए पनि अहिलेसम्म त्यसो गर्न उनी सफल हुन सकेका छैनन्।ट्रम्पका विशेषदूत विट्कफले नर्वेको राजधानी ओस्लोमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका साथै नर्वे र फिनल्यान्डका नेताहरूसँग भेटवार्ता गरेपछि सेन्ट पिटर्सबर्ग गएका थिए।विट्कफले पुटिनसमक्ष के कस्ता विशेष प्रस्ताव पेस गरे भन्ने कुरा स्पष्ट भएको छैन। तर जेलेन्स्कीले वार्तापछि युक्रेनका लागि "बलियो" सुरक्षा ग्यारेन्टी र ऊर्जासम्बन्धी युद्धविराम प्रस्तावहरूमाथि छलफल भएको बताए। पुटिनका सहयोगी युरी उशाकोभले उनका विचारहरू धेरै "उपयोगी" नभएको बताए।रुस, युक्रेन र संयुक्त राज्य अमेरिकाका शीर्ष अधिकारीहरूले युद्ध अन्त्य गर्ने उद्देश्यका साथ विभिन्न चरणका वार्ताहरू गरिसकेका छन्।मङ्गलवार ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले रुससँग युक्रेन एउटा सम्झौतामा पुग्नुपर्ने बताएका थिए। रुससँग सम्झौता नगरेमा किएभको अवस्था झन् खराब हुने उनको तर्क थियो।सन् २०२२ देखि पूर्णस्तरमा अतिक्रमण थालेको रुसले हाल युक्रेनको करिब २० प्रतिशत भूभागमाथि नियन्त्रण गरिसकेको छ। ड्रोन, साइबर हमला र मिथ्या प्रचार : युरोपविरुद्ध 'हाइब्रिड युद्ध' थालेको रुसमाथि आरोपअन्लाइन कक्षामा पढाउँदै गर्दा २५-तले भवननजिकै रुसी ड्रोन विस्फोट बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on बीबीसी नेपाली

Visit Publisher Site →

Related News

युक्रेन युद्ध अन्त्य गर्न कूटनीतिक प्रयास जारी, सम्झौताको नजिक पुगेको ट्रम्पको संकेत
ताजा खबरJust now

युक्रेन युद्ध अन्त्य गर्न कूटनीतिक प्रयास जारी, सम्झौताको नजिक पुगेको ट्रम्पको संकेत

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेनबीचको युद्ध अन्त्य गर्ने शान्ति सम्झौता लामो समयपछि पहिलो पटक सम्भावनाको नजिक पुगेको बताएका छन् । उनले वार्ता संवेदनशील अवस्थामा रहेकाले रुसमाथि थप प्रतिबन्ध लगाउँदा कूटनीतिक प्रयास प्रभावित हुन सक्ने उल्लेख गरे ।  ह्वाइट हाउसबाट दक्षिण क्यारोलिना प्रस्थान गर्नुअघि बुधबार पत्रकारहरूसँग कुरा गर्दै उनले सम्झौताको सम्भावना बढेका बेला प्रतिबन्ध लगाउनु उचित नहुने बताए । आवश्यक ...

फरकधार
अमेरिकामा हराइरहेकी नर्स ममता काफ्लेबारे हामीलाई अहिलेसम्म के–के थाहा छ ?
ताजा खबरJust now

अमेरिकामा हराइरहेकी नर्स ममता काफ्लेबारे हामीलाई अहिलेसम्म के–के थाहा छ ?

अमेरिकाको भर्जिनियामा नेपाली नर्स ममता काफ्ले भट्ट बेपत्ता भएको दुई वर्षभन्दा बढी भइसकेको छ । उनकी एक वर्ष नपुगेकी छोरी अहिले तीन वर्षकी भइसकेकी छन् । तर, ममता कहाँ छिन्, उनीमाथि के भयो र उनको शव कहाँ छ भन्ने प्रश्नको उत्तर अझै भेटिएको छैन । ममताका श्रीमान् नरेश भट्टमाथि भने श्रीमतीको हत्या गरेको, शव लुकाएको र शवको अपमान गरेको अभियोगमा प्रिन्स ...

फरकधार
एनपीएलका खेललाई आइसीसीबाट ’लिस्ट ए टी–२०’ को मान्यता
ताजा खबरJust now

एनपीएलका खेललाई आइसीसीबाट ’लिस्ट ए टी–२०’ को मान्यता

काठमाडौं । आइसीसीले नेपाल प्रिमियर लिग (एनपीएल)का खेललाई ’लिस्ट ए टी–२०’को मान्यता दिएको छ । आइसीसीले एनपीएलका सबै खेललाई लिस्ट ए टी–२० को मान्यता प्रदान गर्ने निर्णय गरेको हो । यसअघि आइसीसीले एनपीएललाई आधिकारिक मान्यता प्रदान गरेको थियो । नेपाल क्रिकेट संघले एनपीएल तेस्रो सिजनका सबै खेलले लिस्ट एको मान्यता पाएको जानकारी दिएको छ । त्यस्तै एनपीएलमा पहिलोपटक डीआरएस प्रविधि पनि यसपटक लागू ...

कर्पोरट खबर
बहुप्रतिभाका धनी दुर्गा लामिछाने
ताजा खबरJust now

बहुप्रतिभाका धनी दुर्गा लामिछाने

बुटवल। नवलपरासीको बर्दघाट नगरपालिका कार्यालयमा हलुका सवारी चालकको रूपमा कार्यरत छन् दुर्गा लामिछाने । सोही पालिकाका स्थायी बसोबासी उनलाई नगरबासीले अर्कै रूपमा पनि चिन्छन्– सर्पको उद्धारकर्ता । बर्दघाट क्षेत्रमा घरभित्र... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play