Thursday, November 5, 2026||
MultiKhabarMultiKhabar

शरद ऋतुमा हिमाल आरोहणबाट ३२ करोडभन्दा बढी राजस्व संकलन

Share:WhatsAppFacebookX (Twitter)Telegram
शरद ऋतुमा हिमाल आरोहणबाट ३२ करोडभन्दा बढी राजस्व संकलन
Photo / Coverage: नेपालन्युज

काठमाडौं । चालू वर्षको शरद ऋतुमा नेपालका हिमाल आरोहण गर्न विदेशी पर्वतारोहीको आकर्षण बढेको छ । पर्यटन विभागका अनुसार कात्तिक १२ गतेसम्म ७६ देशका १७१ आरोही टोलीका १ हजार ४९३ जनाले हिमाल आरोहणका लागि अनुमति लिएका छन् । अनुमति लिनेमा १ हजार १३७ पुरुष र ३५६ महिला रहेका छन् । यस अवधिमा हिमाल आरोहण अनुमति शुल्क तथा रोयल्टीबापत नेपाल सरकारले २१ लाख २८ हजार १०९ अमेरिकी डलर अर्थात् करिब ३२ करोड ३७ लाख ८८ हजार ९९० रुपैयाँ राजस्व संकलन गरेको छ । पर्यटन विभागका सूचना अधिकारी सुरज घिमिरेका अनुसार यस सिजनमा सबैभन्दा बढी आकर्षण ८ हजार १६३ मिटर अग्लो मनास्लु हिमालमा देखिएको छ । मनास्लु आरोहणका लागि ४३ टोलीका ५०० जनाले अनुमति लिएका छन् । अनुमति लिनेमा ३७३ पुरुष र १२७ महिला छन् । त्यसैगरी, आमादब्लम हिमाल आरोहणका लागि ३४ टोलीका ४१२ जनाले अनुमति लिएका छन् । उनीहरूमध्ये ३११ पुरुष र १०१ महिला रहेका छन् । यस्तै, हिम्लुङ हिमालका लागि १३०, बरुण त्सेका लागि ६५ र थापा पिकका लागि ५५ जना आरोहीले अनुमति लिएका छन् । देशगत रूपमा सबैभन्दा बढी चीनका १४२ आरोहीले अनुमति लिएका छन् । फ्रान्सका १३६, अमेरिकाका १२१, रुसका ११३, बेलायतका १०२, जर्मनीका ९७, इटालीका ६३, स्पेनका ५५, भारतका ४० र नर्वेका ३२ जना आरोहीले अनुमति लिएका छन् । यस सिजनमा नेपाली आरोहीको सहभागिता पनि उल्लेख्य रहेको छ । नेपालका ३७ पुरुष र तीन महिलासहित ४० जनाले हिमाल आरोहणका लागि अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार संकलित कुल रोयल्टीमध्ये सबैभन्दा ठूलो हिस्सा मनास्लु हिमालबाट प्राप्त भएको छ । मनास्लु आरोहणबाट १४ लाख ८५ हजार ८१६ अमेरिकी डलर अर्थात् करिब २२ करोड ५८ लाख रुपैयाँ संकलन भएको छ । त्यसैगरी, आमादब्लम हिमालबाट चार लाख चार हजार अमेरिकी डलर अर्थात् करिब ६ करोड १६ लाख रुपैयाँ राजस्व संकलन भएको विभागले जनाएको छ । नेपालका हिमालप्रति अन्तर्राष्ट्रिय पर्वतारोहीको बढ्दो आकर्षणले पर्यटन क्षेत्रसँगै सरकारी राजस्वमा समेत सकारात्मक योगदान पुर्‍याएको देखिन्छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
कांग्रेस देउवा समूहको सिन्धुपाल्चोकको सभापतिमा बस्नेत निर्विरोध
Latest NewsJust now

कांग्रेस देउवा समूहको सिन्धुपाल्चोकको सभापतिमा बस्नेत निर्विरोध

नेपाली कांग्रेसको इतर समूहले सिन्धुपाल्चोक जिल्ला सभापतिमा बाह्रबिसे नगरपालिकाका प्रमुख बालकृष्ण बस्नेतलाई सर्वसम्मत चयन गरेको छ। ...

कान्तिपुर
चौँरीगोठमै भेटियो पासाङलाई विदेशभन्दा राम्रो अवसर
Latest NewsJust now

चौँरीगोठमै भेटियो पासाङलाई विदेशभन्दा राम्रो अवसर

• रसुवाका पासाङ शेर्पाले विदेशमा काम नगरी गाउँमै चौँरीपालन गरेर सफलता हासिल गरेका छन्। • उनले १० वटा चौँरीबाट व्यवसाय सुरु गरेर अहिले ६० वटा चौँरीमा ४५ लाखको सम्पत्ति बनाएका छन्। • पासाङको मेहनतले गाउँका अन्य युवालाई पनि स्वदेशमै उद्यम गर्न प्रेरित गरेको छ। ...

नेपालबहस
जमुनाह नाकामा सुरक्षा कडा
Latest NewsJust now

जमुनाह नाकामा सुरक्षा कडा

नेपालगन्ज समाचारदातानेपालगन्ज, कात्तिक १९ गते । पश्चिम नेपालको प्रमुख नाका नेपाल–भारत जमुनाह नाकाको सुरक्षाव्यवस्था कडा पारिएको छ । चाडपर्वका समयमा नाकामा आवागमन अत्यधिक वृद्धि हुन... ...

गोरखापत्र
जहाज उडानको पर्खाइमा इलामेली
Latest NewsJust now

जहाज उडानको पर्खाइमा इलामेली

प्रकाश नेपालइलाम, कात्तिक १९ गते । करोडौँ रुपियाँ खर्च गरेर निर्माण गरिएको इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलमा पछिल्लो नौ महिनादेखि हवाई सेवा ठप्प छ । परीक्षण उडानका बेला हजार... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play