Saturday, November 28, 2026||
MultiKhabarMultiKhabar

व्यवस्थापिकाको भूमिका प्रभावकारी बनाउनुपर्नेमा जोड

Share:WhatsAppFacebookX (Twitter)Telegram
व्यवस्थापिकाको भूमिका प्रभावकारी बनाउनुपर्नेमा जोड
Photo / Coverage: नेपालन्युज

गण्डकी। सङ्घीय संसद् तथा प्रदेशसभाका सचिवहरूको शुक्रबारदेखि पोखरामा सुरु भएको अन्तरक्रिया तथा अनुभव आदान–प्रदान कार्यक्रममा व्यवस्थापिकाको भूमिकालाई बलियो र प्रभावकारी बनाउनुपर्नेमा जोड दिइएको छ। कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेशसभाका सभामुख कृष्णप्रसाद धितालले प्रदेशसभाहरूले धेरै कानुन बनाए पनि तिनको कार्यान्वयन र संशोधन गर्नुपर्ने कानुनबारे समीक्षा गर्नुपर्ने बताए। व्यवस्थापिकाको भूमिकालाई कमजोर बनाउने र खुम्च्याउने प्रयास हुन सक्ने भन्दै सङ्घीय संसद् र प्रदेशसभाहरूले आफ्नो भूमिका बढाउनुपर्ने उनको भनाइ छ। कानुनलाई आफूअनुकूल ढङ्गले व्याख्या गर्न खोज्ने प्रवृत्ति देखिएकाले कानुन र संविधानको पूर्ण पालना गराउन व्यवस्थापिकाको भूमिका महत्त्वपूर्ण हुने सभामुख धितालले बताए। संविधानको मुख्य आधारस्तम्भ सङ्घीयता भएकाले यसको संरक्षण र संवर्द्धनमा सङ्घीय संसद् र प्रदेशसभाहरू सँगसँगै अगाडि बढ्नुपर्ने सङ्घीयताविज्ञ खिमलाल देवकोटाले बताए। कार्यक्रमले प्रदेशसभाको भूमिका थप प्रभावकारी बनाउन र असल अभ्यास आदान–प्रदान गर्न सघाउने उनको भनाइ छ। गण्डकी प्रदेशसभाका सचिव गोविन्द पौडेलले विधायिकी प्रक्रिया र कानुन निर्माणमा एकरूपता ल्याउँदै तिनको प्रभावकारिता परीक्षण गर्नुपर्नेमा जोड दिए। संसदीय कार्यकुशलता अभिवृद्धिका लागि अनुभव आदान–प्रदान कार्यक्रम उपयोगी हुने उनले बताए। कार्यक्रममा वित्तीय सङ्घीयता र स्वायत्तताको अभ्यासबारे छलफल हुने उनले जानकारी दिए। सङ्घीय संसद् तथा प्रदेशसभाका सचिवहरूको नियमित संवादले आपसी समन्वय बलियो बनाउँदै विगतका घोषणापत्र कार्यान्वयनमा सघाउने सचिव पौडेलले उल्लेख गरे। गण्डकी प्रदेशसभा सचिवालयद्वारा आयोजित उक्त कार्यक्रममा सङ्घीय संसद् र सातवटै प्रदेशसभाका सचिव, कर्मचारीलगायतको सहभागिता रहेको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
भियतनाममा चोरी भएका घरपालुवा जनावरको खोजी बजारदेखि वधशालासम्म
Latest NewsJust now

भियतनाममा चोरी भएका घरपालुवा जनावरको खोजी बजारदेखि वधशालासम्म

हनोई । हनोईको बाहिरी क्षेत्रमा रहेको सडकछेउको एउटा बजारमा किउ मिन्ह फुओङ आफ्नो हराएको नौ वर्षीया क्यालिको बिरालो खोजिरहेका छन् । बजारमा दर्जनौँ खोरमा बिरालो, कुकुर, खरायो र लडाइँका लागि पालिएका भाले कोचाकोच छन् । तीमध्ये केही घरपालुवा जनावरका रूपमा बिक्री गर्न राखिएका छन् भने केही मासुका लागि वध गरिने उद्देश्यले ल्याइएका छन् । फुओङ यहाँ आउनुको कारण फेसबुक समूहहरूमा यस्तै ...

केन्द्रबिन्दु
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जा मन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
Latest NewsJust now

विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जा मन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन

पोखरा। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरता लिनुपर्ने बताएको छ। नेपाल विद्युत् प्राधिकरणको गण्डकी प्रादेशिक कार्यालय तथा प्रदेशअन्तर्गतका वितरण केन्द्र प्रमुखहरूसँगको छलफलमा मन्त्री श्रेष्ठले विद्युत् महसुल संकलन र ट्रान्सफर्मर जल्ने घटनामा आएको कमी सकारात्मक भए पनि चुहावट नियन्त्रण, पुराना संरचनाको स्तरोन्नति र सेवा प्रवाहमा थप सुधार आवश्यक रहेको ...

नेपालन्युज
नेतान्याहुद्वारा आइसेनकोटलाई आलोपालो प्रधानमन्त्री पद प्रस्तावको तयारी
Latest NewsJust now

नेतान्याहुद्वारा आइसेनकोटलाई आलोपालो प्रधानमन्त्री पद प्रस्तावको तयारी

इजरायलमा नयाँ सरकार गठनका लागि गठबन्धनको अनिश्चितता बढिरहेका बेला प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले विपक्षी नेता गादी आइसेनकोटलाई आलोपालो प्रधानमन्त्री बन्ने प्रस्ताव गर्ने तयारी गरेका छन् । इजरायली सञ्चारमाध्यमका अनुसार प्रस्तावित सत्ता... ...

रातोपाटी
सुरक्षण मुद्रण केन्द्रले मासिक छाप्दै छ ६२ हजार स्मार्ट लाइसेन्स
Latest NewsJust now

सुरक्षण मुद्रण केन्द्रले मासिक छाप्दै छ ६२ हजार स्मार्ट लाइसेन्स

केन्द्रले साउनयता साढे २ लाख र हालसम्म २७ लाख ४७ हजार क्यूआर कोडसहितका स्मार्ट लाइसेन्स छापेर सम्बन्धित यातायात कार्यालयमा पठाएको छ । ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement