काठमाडौं । राष्ट्रिय कर दिवस २०८३ को अवसरमा सरकारले विभिन्न विधाका उत्कृष्ट करदातालाई सम्मान गरेको छ । यस वर्ष व्यक्तिगत आयतर्फ सबैभन्दा धेरै कर दाखिला गर्ने व्यक्तिमा राजबहादुर शाह परेका छन् । शाह यसअघि पनि विभिन्न वर्षमा सबैभन्दा धेरै व्यक्तिगत आयकर तिर्ने करदाताका रूपमा सम्मानित भइसकेका छन् । उनी २०७७, २०७९, २०८० र २०८२ सालमा पनि सबैभन्दा धेरै व्यक्तिगत आयकर तिरेबापत सम्मानित भएका थिए । त्यसैगरी, निकायमध्ये सबैभन्दा धेरै आयकर दाखिला गर्ने कम्पनीमा सूर्य नेपाल प्रालि परेको छ । सरकारले राष्ट्रिय कर दिवसका अवसरमा विभिन्न क्षेत्रबाट सबैभन्दा बढी कर योगदान गर्ने करदाता तथा संस्थालाई सम्मान गर्दै आएको छ । यस वर्ष प्रतिकूल व्यावसायिक परिस्थितिका बाबजुद निरन्तर व्यवसाय सञ्चालन गर्दै राजस्वमा महत्त्वपूर्ण योगदान पुर्याउनुका साथै रोजगारी सिर्जना गरेको भन्दै भाटभटेनी सुपरमार्केटलाई विशेष सम्मान गरिएको छ । नेपालमा हरेक वर्ष मंसिर १ गते राष्ट्रिय कर दिवस मनाउने गरिन्छ । यस अवसरमा सरकारले विभिन्न विधामा उत्कृष्ट करदातालाई सम्मान गर्दै आएको छ ।
व्यक्तिगत आयकरमा फेरि राजबहादुर शाह उत्कृष्ट

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






