वेस्ट इन्डिजका अलराउन्डर फाबियन सुदूरपश्चिम रोयल्सबाट एनपीएल खेल्ने

काठमाडौं । वेस्ट इन्डिजका अलराउन्डर फाबियन एलन नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा सुदूरपश्चिम रोयल्सबाट खेल्ने हुनुभएकाे छ । सुदूरपश्चिमले आगामी सिजनका लागि एलनलाई अनुबन्ध गरेको हो । उहाँ ब्याटिङ र बलिङ दुवैमा योगदान दिन सक्ने अनुभवी टी–२० खेलाडी हुनुहुन्छ । ३१ वर्षीय एलन बायाँहाते ब्याटर तथा बायाँहाते स्पिन बलर हुनुहुन्छ । उहाँले वेस्ट इन्डिजका लागि अन्तर्राष्ट्रिय क्रिकेट खेलिसक्नुभएकाे छ । उहाँ विभिन्न फ्रेन्चाइज लिगमा समेत आफ्नो क्षमता देखाइसक्नुभएकाे छ । एलनको आगमनले सुदूरपश्चिम रोयल्सको टोलीलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ । अघिल्ला दुई संस्करणमा लिग चरणको शीर्ष स्थानमा रहेर फाइनलसम्म पुगेको सुदूरपश्चिम यसपटक उपाधि जित्ने लक्ष्यमा हुनेछ। एनपीएलको तेस्रो संस्करणमा सुदूरपश्चिमले विदेशी खेलाडीमार्फत आफ्नो टोलीलाई थप बलियो बनाउने प्रयास गरेको छ ।
Read Complete Original Article
Published originally on हिमालय टाइम्स
Related News

डिएनएको प्रतीक्षामा बित्यो दसैँ
ज्योति पन्थी बबई, कात्तिक ८ गते । गत भदौ १० गते रसुवाको बाढीमा परेर बेपत्ता भएका आफन्तको परिवारले यस वर्षको दसैँ डिएनए परीक्षणको रिपोर्ट पाउने आशामा बिताए । विभिन्न कामका लागि रसुव... ...
_jngkj3r13m_7PHWnhfPpk.jpg)
नेपाली कांग्रेसका पदाधिकारी र सदस्यको शपथ तथा प्रमाणपत्र वितरण कात्तिक १२ गते
काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी र सदस्यहरूको पद तथा गोपनीयताको शपथ ग्रहण तथा प्रमाणपत्र वितरणको कार्यक्रम कात्तिक १२ गते गर्ने तयारी भएको छ । सभापति गगन थापाले... ...

बाढी पहिरो प्रभावित स्थानमा विद्युत आपूर्ति पूर्ववत्
• म्याग्दी जिल्लामा बाढी पहिरोबाट प्रभावित स्थानमा विद्युत आपूर्ति पुनः सुरु भएको छ। • नेपाल विद्युत प्राधिकरणले क्षति पुगेका संरचनाहरू मर्मत गरेर विद्युत आपूर्ति नियमित बनाउने प्रयास गरिरहेको छ। • विद्युत आपूर्ति भएपछि ग्रामीण जनजीवनमा सुधार आएको छ। ...

आश्विन शुक्ल पूर्णिमा: नवदुर्गाको प्रसाद र आशीर्वाद थाप्ने आज अन्तिम दिन
• आजको दिन नवदुर्गाको प्रसाद स्वरुप टीका लगाउन र आशीर्वाद थाप्न मान्यजनका घरमा जानको लागि अन्तिम अवसर रहेको छ। • विजयादशमीको पूजा आराधना पछि प्रसाद ग्रहण गर्ने क्रम कोजाग्रत पूर्णिमासम्म जारी रहनेछ। • सडकमा चहलपहल बढेको भए पनि सवारी साधनको कमीले यात्रा सहज हुन सकेको छैन। ...


