Thursday, November 12, 2026||
MultiKhabarMultiKhabar

विश्वसम्पदा क्षेत्रमा पटाका पड्काउँदा ऐतिहासिक सम्पदा र मानव स्वास्थ्य जोखिममा

Share:WhatsAppFacebookX (Twitter)Telegram
विश्वसम्पदा क्षेत्रमा पटाका पड्काउँदा ऐतिहासिक सम्पदा र मानव स्वास्थ्य जोखिममा
Photo / Coverage: नेपालन्युज

भक्तपुर। विश्वसम्पदा सूचीमा सूचीकृत भक्तपुरको टौमढीस्थित पाँचतल्ले मन्दिर परिसरमा पटाका पड्काउँदा ऐतिहासिक सम्पदा, सार्वजनिक सुरक्षा र मानव स्वास्थ्यमा जोखिम बढेको भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन्। नेपाल संवत् ११४७ को अवसरमा मंगलबार आयोजित न्हुदँया भिन्तुना र्यालीका सहभागी तथा आन्तरिक पर्यटकले राति करिब ८ बजेदेखि मध्यरातिसम्म टौमढी क्षेत्रमा सयौँको सङ्ख्यामा बारुदजन्य पटाका पड्काएका थिए। पटाकाबाट निस्किएको आगोको झिल्कोले सयौँ वर्ष पुराना काठका संरचना रहेको पाँचतल्ले मन्दिर तथा आसपासका ऐतिहासिक सम्पदामा आगलागी हुनसक्ने जोखिम बढाएको स्थानीयवासीको भनाइ छ। स्थानीय केपी छुस्याकीले पटाका पड्काइएको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक भएपछि सांस्कृतिक चेतना र नागरिक जिम्मेवारी गुम्दा मानिसमा विवेक हराउने गरेको टिप्पणी गरे। उनले भव्य काठका संरचनाको बीचमा बारुदसँग खेल्नु सांस्कृतिक धरोहरमाथिको जोखिमपूर्ण व्यवहार भएको उल्लेख गरे। त्यस्तै, अनिल पाउँले पटाका पड्काउने व्यक्ति वा समूहको पहिचान गरी सामाजिक सञ्जालमा सार्वजनिक भएका श्रव्यदृश्य सामग्रीका आधारमा सम्बन्धित निकायले कारबाही गर्नुपर्ने माग गरे। मङ्गलबार राति टौमढी क्षेत्रमा पटाका पड्काइएको घटनाका प्रत्यक्षदर्शी राससकर्मी स्थलगत रिपोर्टिङका क्रममा त्यहाँ पुग्दा पटाकाको चर्को आवाज र धुवाँले आसपासका सर्वसाधारण प्रभावित भएका थिए। धुवाँका कारण श्वास फेर्नसमेत कठिन भएको थियो। पटाका पड्काउने क्रममा रकेट पटाका माथि जान नसकी बच्चा बोकेकी एक महिलाको खास्टोमा अड्किएको घटना पनि देखिएको थियो। समयमै ध्यान दिइएकाले सम्भावित आगलागी र दुर्घटना हुन पाएन। उक्त पटाका मन्दिरका पुराना तथा मक्किएका काठमा परेको भए ठूलो क्षति हुन सक्ने अवस्था रहेको प्रत्यक्षदर्शीको भनाइ छ।-रासस

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
भीमफेदी–कुलेखानी सडकखण्डमा विद्युतीय गाडी दुर्घटना, सुरक्षाकर्मीद्वारा उद्धार जारी
Latest NewsJust now

भीमफेदी–कुलेखानी सडकखण्डमा विद्युतीय गाडी दुर्घटना, सुरक्षाकर्मीद्वारा उद्धार जारी

मकवानपुर । मकवानपुरको भीमफेदीमा यात्रुवाहक विद्युतीय (इभी) गाडी दुर्घटना भएको छ। भीमफेदी गाउँपालिका–६, चिसापानी गढीस्थित भीमफेदी–कुलेखानी–काठमाडौँ सडकखण्डमा बिहीबार बिहान दुर्घटना भएको हो। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बिहान करिब ५:४५ बजे काठमाडौँबाट सर्लाहीतर्फ... ...

रातोपाटी
कालीमाटीमा कुन तरकारीको मूल्य कति ? (सूचीसहित)
Latest NewsJust now

कालीमाटीमा कुन तरकारीको मूल्य कति ? (सूचीसहित)

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार समितिले बिहीबारका लागि विभिन्न कृषि उपजको थोक मूल्य सार्वजनिक गरेको छ । समितिका अनुसार आज सबैभन्दा महँगो पार्सले प्रतिकिलो दुई हजार ८०० रुपैयाँमा कारोबार... ...

रातोपाटी
१० करोड खर्चेको कान्तिताल अलपत्र, लागुऔषध दुर्व्यसनीको अखडा बन्दै
Latest NewsJust now

१० करोड खर्चेको कान्तिताल अलपत्र, लागुऔषध दुर्व्यसनीको अखडा बन्दै

बाँके । नेपालगञ्ज उपमहानगरपालिका–२१ र २२ मा अवस्थित कान्तिताल संरक्षण र उचित रेखदेखको अभावमा अलपत्र परेको छ। नेपालगञ्ज सहरकै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने सोचका साथ उपमहानगरपालिकाले विसं २०७५ मा... ...

रातोपाटी
वर्षापछि काठमाडौंको तापक्रम घट्यो
Latest NewsJust now

वर्षापछि काठमाडौंको तापक्रम घट्यो

काठमाडौं । काठमाडौँ उपत्यकामा चिसो बढ्दै गएको छ। बिहीबार बिहान गरिएको प्रारम्भिक मापनअनुसार उपत्यकाको न्यूनतम तापक्रम घटेर ८ डिग्री सेल्सियसमा झरेको छ। मौसम पूर्वानुमान महाशाखाका मौसमविद् डेभिड ढकालका अनुसार बिहान ५ः४५ बजे गरिएको मापनमा काठमाडौँको न्यूनतम तापक्रम ८ डिग्री सेल्सियस देखिएको हो। सूर्योदय हुँदासम्म तापक्रम अझै घट्न सक्ने उनले बताए। महाशाखाले बिहान ५ः४५ र ८ः४५ बजे गरी दुई पटक न्यूनतम तापक्रम मापन ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play