Thursday, November 12, 2026||
MultiKhabarMultiKhabar

वर्षापछि काठमाडौंको तापक्रम घट्यो

Share:WhatsAppFacebookX (Twitter)Telegram
वर्षापछि काठमाडौंको तापक्रम घट्यो
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । काठमाडौँ उपत्यकामा चिसो बढ्दै गएको छ। बिहीबार बिहान गरिएको प्रारम्भिक मापनअनुसार उपत्यकाको न्यूनतम तापक्रम घटेर ८ डिग्री सेल्सियसमा झरेको छ। मौसम पूर्वानुमान महाशाखाका मौसमविद् डेभिड ढकालका अनुसार बिहान ५ः४५ बजे गरिएको मापनमा काठमाडौँको न्यूनतम तापक्रम ८ डिग्री सेल्सियस देखिएको हो। सूर्योदय हुँदासम्म तापक्रम अझै घट्न सक्ने उनले बताए। महाशाखाले बिहान ५ः४५ र ८ः४५ बजे गरी दुई पटक न्यूनतम तापक्रम मापन गर्ने गरेको छ। बुधबार काठमाडौँको न्यूनतम तापक्रम १०.२ डिग्री सेल्सियस थियो। एकै दिनमा तापक्रम २.२ डिग्रीले घटेपछि उपत्यकामा चिसो थप बढेको छ। बुधबार काठमाडौँका विभिन्न स्थानमा वर्षासमेत भएको थियो। मौसमविद् ढकालका अनुसार त्रिभुवन विमानस्थल क्षेत्रमा ३३.५ मिलिमिटर र बबरमहलमा ११.२ मिलिमिटर वर्षा मापन गरिएको थियो। १० मिलिमिटरभन्दा बढी वर्षालाई मध्यम वर्षा मानिन्छ। उपत्यकाका अन्य क्षेत्रमा भने हल्का वर्षा भएको थियो। महाशाखाका अनुसार बिहीबार काठमाडौँमा वर्षाको सम्भावना छैन। आजको मौसम सामान्यतया घमाइलो रहने भए पनि केही समय बादल लाग्न सक्ने मौसमविद् ढकालले बताए। हाल काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा तापक्रम घट्ने क्रम जारी रहेको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउनुपर्छ : परराष्ट्रमन्त्री खनाल
Latest NewsJust now

पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउनुपर्छ : परराष्ट्रमन्त्री खनाल

गोरखापत्र अनलाइनअन्ताल्या (टर्की), कात्तिक २६ गते । परराष्ट्रमन्त्री शिशिर खनालले जलवायुजन्य विपद्बबाट हुने मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्न पूर्वसूचना प्रणालीलाई थप प्रभावकार... ...

गोरखापत्र
भीमफेदीमा गाडी दुर्घटना, १० जना घाइते
Latest NewsJust now

भीमफेदीमा गाडी दुर्घटना, १० जना घाइते

काठमाण्डु – काठमाण्डबाट सर्लाहीतर्फ जाँदै गरेको माइक्रोबस मकवानपुरको भीमफेदीमा दुर्घटना हुँदा १० जना गम्भीर घाइते भएका छन्। मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानी गढीस्थित भीमफेदी–कुलेखानी–काठमाण्डस सडकखण्डमा ईभी गाडी बिहीबार बिहान गाडी दुर्घटना भएको हो। गाडी सडकबाट करिब ५०० मिटर तल खसेर दुर्घटना भएको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) माधव काफ्लेले जानकारी दिए। गाडीमा चालकसहित १४ […] ...

काठमाण्डुपाटी
भीमफेदी माइक्रोबस दुर्घटना : १० जना गम्भीर घाइते
Latest NewsJust now

भीमफेदी माइक्रोबस दुर्घटना : १० जना गम्भीर घाइते

काठमाडौं । काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको माइक्रोबस मकवानपुरको भीमफेदीमा दुर्घटना हुँदा १० जना गम्भीर घाइते भएका छन्। दुर्घटनामा परेका अन्य यात्रुको खोजी भइरहेको प्रहरीले जनाएको छ। घटनास्थलमा रहेका नेपाल प्रहरीका सई दीपेन्द्र ढकालका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका १० जनाको अवस्था पहिचान भएको छ। भीरमा माइक्रोबस खसेका कारण अन्य यात्रुको खोजी तथा उद्धारमा कठिनाइ भइरहेको उनले बताए। मकवानपुर प्रहरीका अनुसार आज बिहान ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play