काठमाडौं । काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको माइक्रोबस मकवानपुरको भीमफेदीमा दुर्घटना हुँदा १० जना गम्भीर घाइते भएका छन्। दुर्घटनामा परेका अन्य यात्रुको खोजी भइरहेको प्रहरीले जनाएको छ। घटनास्थलमा रहेका नेपाल प्रहरीका सई दीपेन्द्र ढकालका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका १० जनाको अवस्था पहिचान भएको छ। भीरमा माइक्रोबस खसेका कारण अन्य यात्रुको खोजी तथा उद्धारमा कठिनाइ भइरहेको उनले बताए। मकवानपुर प्रहरीका अनुसार आज बिहान करिब पौने ६ बजे काठमाडौं–कुलेखानी–भीमफेदी सडकखण्डअन्तर्गत भीमफेदी गाउँपालिका–६ स्थित चिसापानी गढी नजिक माइक्रोबस दुर्घटनामा परेको हो। माइक्रोबस सडकबाट करिब ५०० मिटर तल खसेको प्रहरीले जनाएको छ। दुर्घटनामा घाइते भएकाहरूको नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले उद्धार गरिरहेको छ। दुर्घटनामा परेको माइक्रोबसको नम्बर खुल्न सकेको छैन। उक्त माइक्रोबसमा करिब १३ देखि १४ जना यात्रु रहेको हुन सक्ने प्रहरीको अनुमान छ।
भीमफेदी माइक्रोबस दुर्घटना : १० जना गम्भीर घाइते

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






