Saturday, November 14, 2026||
MultiKhabarMultiKhabar

विश्व मधुमेह दिवसमा निःशुल्क स्वास्थ्य शिविर

Share:WhatsAppFacebookX (Twitter)Telegram
विश्व मधुमेह दिवसमा निःशुल्क स्वास्थ्य शिविर
Photo / Coverage: लुम्बिनी सञ्चार

काठमाडौं। विश्व मधुमेह दिवसको अवसरमा नेपाल मधुमेही समाजले शनिबार काठमाडौंमा निःशुल्क स्वास्थ्य शिविर तथा प्रभातफेरी कार्यक्रम आयोजना गरेको छ। शिविरमा मधुमेहसम्बन्धी रक्त परीक्षण, रक्तचाप परीक्षण, अक्सिजनको मात्रा (एसपीओटु) मापन तथा मिर्गौलासम्बन्धी रक्त परीक्षण गरिएको समाजले जनाएको छ। त्यसैगरी, मधुमेहका कारण आँखामा पर्न सक्ने असर पहिचान गर्न डायबेटिक रेटिनोप्याथी परीक्षण तथा खुट्टाको स्नायुमा पर्ने असर पहिचान गर्न डायबेटिक न्युरोप्याथी परीक्षणसमेत गरिएको थियो। शिविरमा वरिष्ठ चिकित्सकहरूबाट सहभागीलाई स्वास्थ्य परामर्श सेवा पनि उपलब्ध गराइएको समाजले जनाएको छ। कार्यक्रमअन्तर्गत आयोजित प्रभातफेरीमार्फत मधुमेहको जोखिम, समयमै परीक्षण, नियमित स्वास्थ्य जाँच, स्वस्थ जीवनशैली र रोग नियन्त्रणका उपायबारे जनचेतनामूलक सन्देश प्रवाह गरिएको थियो। मधुमेहको समयमै पहिचान, नियमित परीक्षण तथा उचित उपचारको महत्त्व जनसमुदायसम्म पुर्‍याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ। शिविरमा स्थानीयको उल्लेख्य सहभागिता रहेको थियो।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on लुम्बिनी सञ्चार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
पाठ्यपुस्तक छपाइको सूचीकरण सुरु, शैक्षिक सत्र सुरु भएको १५ दिनभित्र पुस्तक पुगिसक्नुपर्ने
Latest NewsJust now

पाठ्यपुस्तक छपाइको सूचीकरण सुरु, शैक्षिक सत्र सुरु भएको १५ दिनभित्र पुस्तक पुगिसक्नुपर्ने

काठमाडौँ । शैक्षिक सत्र २०८४ को पाठ्यपुस्तक छपाइ तथा वितरणका लागि सूचीकरण प्रक्रिया सुरु भएको छ । पाठ्यक्रम विकास केन्द्रले शैक्षिक सत्र २०८४ का लागि विद्यालय तहका पाठ्यपुस्तक छपाइ तथा वितरणका... ...

रातोपाटी
शनिदेवप्रति बढ्दो आस्था र सङ्कटा शनि मन्दिर
Latest NewsJust now

शनिदेवप्रति बढ्दो आस्था र सङ्कटा शनि मन्दिर

बिहानी भएपछि स्नानादि गरी शुद्ध भई घरमा पूजा–पाठ सम्पन्न गरेर मात्र दिनचर्या आरम्भ गर्नु नेपाली समाजको परम्परागत जीवनशैली हो । आज पनि धेरै मानिसका लागि बिहानको पूजा–पाठ केवल धार्मिक कर्मकाण्ड... ...

रातोपाटी
चीन भ्रमणमा जाने रास्वपा सांसदहरूले गरे सभापति लामिछानेसँग छलफल
Latest NewsJust now

चीन भ्रमणमा जाने रास्वपा सांसदहरूले गरे सभापति लामिछानेसँग छलफल

चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा रास्वपाका महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा पार्टीका २० सांसद आइतबार चीन भ्रमणमा जाँदै छन् । ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play