Saturday, November 14, 2026||
MultiKhabarMultiKhabar

एनपीएल खेलाइने पिचप्रति जिम्मीको असन्तुष्टि, भने– ‘१२० रनले पुग्दैन’

Share:WhatsAppFacebookX (Twitter)Telegram
एनपीएल खेलाइने पिचप्रति जिम्मीको असन्तुष्टि, भने– ‘१२० रनले पुग्दैन’
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न नेपालमा रहेका न्युजिल्यान्डका अलराउन्डर जिम्मी निशमले प्रतियोगितामा प्रयोग भइरहेका पिचप्रति असन्तुष्टि जनाएका छन्। जनकपुर बोल्ट्सबाट खेलिरहेका निशमले सामाजिक सञ्जालमार्फत पिच सुधार गर्नुपर्ने आवश्यकता औँल्याएका हुन्। उनले आफ्नो इन्स्टाग्राममा लेखेका छन्, ‘म नेपाल र एनपीएललाई निकै माया गर्छु। तर यी पिचबारे गम्भीर रूपमा केही गर्न आवश्यक छ। पूरै प्रतियोगिताभरि १२० रन नै जितका लागि पर्याप्त हुने अवस्था हुन सक्दैन।’ निशमको यो टिप्पणीले एनपीएलमा ब्याटिङका लागि पिच अनुकूल नभएको विषयलाई पुनः चर्चामा ल्याएको छ। प्रतियोगिताका पछिल्ला खेलहरूमा कम रन बन्ने क्रम बढ्दै गएपछि पिचको अवस्थामाथि प्रश्न उठ्न थालेको हो। एनपीएलको २५औँ खेलसम्मको तथ्यांकले पनि ब्याटिङमा देखिएको कठिनाइलाई संकेत गर्छ। वर्षाका कारण टसबिनै रद्द भएको एक खेल र पाँच ओभरमा छोट्याइएको अर्को खेललाई हटाउँदा निर्धारित २० ओभरमा खेलिएका २३ खेलका ४६ इनिङ्समा कुल ६ हजार २२७ रन बनेका छन्। यसअनुसार प्रतिइनिङ्स औसत १३५.३७ रन रहेको छ। पहिलो इनिङ्समा औसत १४०.६५ रन बनेको छ भने दोस्रो इनिङ्सको औसत १३०.०९ रन छ। ४६ इनिङ्समध्ये २० इनिङ्समा टोलीले १३० रनसमेत बनाउन सकेका छैनन्। त्यस्तै, नौ इनिङ्समा स्कोर १०० रनभन्दा कम रहेको छ। पछिल्ला पाँच खेलको तथ्यांकले ब्याटिङमा देखिएको समस्या थप स्पष्ट पार्छ। ती पाँच खेलका १० इनिङ्समा कुल १ हजार ११६ रन मात्रै बनेका छन्। अर्थात् प्रतिइनिङ्स औसत १११.६ रन रहेको छ। प्रतियोगितामा २०० रन पार भएको एउटा मात्रै इनिङ्स छ। पोखरा एभेन्जर्सले कर्णाली याक्सविरुद्ध तीन विकेट गुमाएर २१७ रन बनाएको थियो। उक्त खेलमा युवराज सिंह सामराले अविजित १०२ रन बनाएका थिए। पछिल्ला खेलमा लक्ष्य पछ्याउने क्रममा पनि ब्याटिङ कठिन देखिएको छ। ८९ रनको लक्ष्य पछ्याउँदा चितवनले छ विकेट गुमाएको थियो भने १२६ रनको लक्ष्य पछ्याएको काठमाडौंले पूरा २० ओभर खेल्दा पनि जितका लागि आवश्यक रन बनाउन सकेन।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
छठका लागि केराको माग बढ्यो, स्वदेशी उत्पादनले धान्दै बजार
Latest NewsJust now

छठका लागि केराको माग बढ्यो, स्वदेशी उत्पादनले धान्दै बजार

जनकपुरधाम । छठ पर्व नजिकिएसँगै जनकपुरधामसहित तराई–मधेसका बजारमा केराको किनबेच बढेको छ । छठ पर्वमा केरालाई महत्वपूर्ण प्रसादका रूपमा चढाउने परम्परा रहेकाले बजारमा यसको माग उच्च भएको हो । जनकपुर फलफूल व्यवसायी संघका अध्यक्ष विश्वेश्वर यादवका अनुसार यस वर्ष छठका लागि भारतबाट केरा आयात भएको छैन । कैलालीको टीकापुर, नवलपरासी, चितवन, हेटौँडा, निजगढ, बिर्तामोड, इनरुवा लगायतका क्षेत्रबाट आएको स्वदेशी केराले बजारको ...

टक्सार
एआई प्रविधिमा लगानी बढाउने र सहकार्य सुदृढ गर्ने ईयूको तयारी
Latest NewsJust now

एआई प्रविधिमा लगानी बढाउने र सहकार्य सुदृढ गर्ने ईयूको तयारी

काठमाडाैँ । युरोपेली संघ (ईयू) का नेताहरूले कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको विकास, लगानी विस्तार तथा सदस्य राष्ट्रबिचको सहकार्यलाई थप प्रभावकारी बनाउँदै युरोपको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्... ...

रातोपाटी
म कस्तो बनूँ ?
Latest NewsJust now

म कस्तो बनूँ ?

यात्राले जीवन सुन्दर हुन्छ । एउटा यात्रा सकिनु अर्को यात्रा प्रारम्भ हुनु हो । सकुन्जेल जीवनमा यात्रा गर्न छोड्नु हुँदैन । शरीरले यात्रा गर्न नसकेको दिन कल्पनाको यात्रा सुरु गर्दा... ...

रातोपाटी
कृषि यान्त्रीकरण प्रदर्शनीको सपोर्टिङ पार्टनरमा थपिए ग्लोबल आइएमई बैंक र ओविफर्ट, प्रदर्शनीको तयारी तिब्र
Latest NewsJust now

कृषि यान्त्रीकरण प्रदर्शनीको सपोर्टिङ पार्टनरमा थपिए ग्लोबल आइएमई बैंक र ओविफर्ट, प्रदर्शनीको तयारी तिब्र

काठमाडौं। आठौँ अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी–२०८३ मा ग्लोबल आइएमई बैंक र ओविफर्ट स्पोर्टिङ पार्टनरका रूपमा थपिएका छन्। आगामी मंसिर ४ देखि ६ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने प्रदर्शनीमा दुवै संस्थाले सहकार्य गर्ने भएका हुन्। नेपाल कृषि मेशिनरी व्यवसायी संघ (नामिया)ले सामाजिक सञ्जालमार्फत दुवै संस्थालाई धन्यवाद तथा कृतज्ञता व्यक्त गर्दै प्रदर्शनीको स्पोर्टिङ पार्टनरका रूपमा स्वागत गरेको छ। नामियाले ग्लोबल आइएमई बैंकलाई धन्यवाद दिँदै ...

टक्सार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play