Thursday, November 12, 2026||
MultiKhabarMultiKhabar

विश्व निमोनिया दिवस आज मनाइँदै

Share:WhatsAppFacebookX (Twitter)Telegram
विश्व निमोनिया दिवस आज मनाइँदै
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । आज विश्व निमोनिया दिवस मनाइँदैछ । निमोनियाबारे सर्वसाधारणलाई जानकारी गराउने उद्देश्यले सन् २००९ देखि नोभेम्बर १२ तारिखका दिन यो दिवस मनाउन सुरु गरिएको हो । यस बर्षको विश्व निमोनिया दिवस २०२६ को नारा ‘निमोनिया नियन्त्रणको नयाँ युग’ रहेको छ । निमोनिया फोक्सोको संक्रमणबाट हुने रोग हो । जसमा फोक्सोका कोषहरु सुनिन्छन र स्वास प्रश्वासमा समस्या आउने गर्दछ । नेपालमा बाल मृत्युदर बढाउने प्रमुख रोगका रुपमा देखिएको निमोनिया भाइरस फङगस वा व्याक्टेरियाको जुनसुकै संक्रमणबाट पनि हुन सक्छ । निमोनियाले सबै उमेर समुहका व्यक्तिलाई असर गरेपनि विशेषगरि बालबालिका र ज्येष्ठ नागरिकलाई बढी असर गर्ने गरेको छ । पाँच वर्षका मुनिका बच्चालाई बढि देखिने यो रोगले दुई वर्ष मुनिका बच्चाहरुलाई बढी सताउने गरेको पाइन्छ । यो चिसो मौसममा बढी हुने गर्दछ । चिसो मौसममा मानिसलाई सामान्य रुघाखोकी लाग्छ । तर, सामान्य रुघाखोकी ठानेर हेलचेक्य्राइँ गर्दा रुघाखोकी बिग्रिएर निमोनिया हुने गर्दछ । जुनसुकै कारणले भए पनि निमोनियाको संक्रमण भएपछि फोक्सोको हावा थैलीहरुमा इन्फ्लेमेशन (सुन्निने) हुन्छ । निमोनियाको रोकथाम र उपचारमा विशेष ध्यान पुर्याउन विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले हरेक वर्ष आग्रह गर्दै आएको छ । यसको न्यूनीकरणका लागि निमोनियाविरुद्धको खोपसहित अरु रोकथामका सुरक्षा अपनाउन आवश्यक छ । खोकी लाग्ने, बच्चाहरुले छिटोछिटो सास फेर्ने, श्वासप्रश्वासमा समस्या, छाति तथा कोखा दुख्ने निमोनियाका लक्षणहरु हुन् । रुघाखोकी बिग्रेर निमोनिया लाग्ने सम्भावना बढी हुने, तथा पोषणको अभाव, वातावरणीय प्रदुषणका कारण नेपालमा निमोनिया हुने गरेको चिकित्सकहरुको भनाई छ । बालबालिकालाई जन्मेदेखि ६ महिनासम्म स्तनपान गराउने, पोषिलो खानेकुरा खावाउने, धूवाँधुलोबाट सुरक्षित राख्ने हो भने निमोनियाबाट बचाउन सकिने चिकित्सिको भनाई छ । त्यसका साथै निमोनियबाट बचाउन सफासँग हात धुने, निमोकोकल र इन्फ्लुएन्जा खोपको समेत प्रयोग गर्न सकिने चिकित्सकहरु सुझाव छ । साथै सरकारले बालबालिकालाई दिन सुझाएका सबै खोपहरु दिन चिकित्सकहरुले आग्रह गर्ने गरेका छन् । २०२१ को आँकडा अनुसार विश्वभर निमोनियाबाट एक बर्षमा २२ लाखको ज्यान जाने गरेको छ, जसमा ५ लाख बालबालिका रहेका छन् भने एक लाख ५२ हजार नयाँ जन्मिएका बच्चा रहेका छन् । The post विश्व निमोनिया दिवस आज मनाइँदै appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
भीमफेदी–कुलेखानी सडकखण्डमा विद्युतीय गाडी दुर्घटना, सुरक्षाकर्मीद्वारा उद्धार जारी
Latest NewsJust now

भीमफेदी–कुलेखानी सडकखण्डमा विद्युतीय गाडी दुर्घटना, सुरक्षाकर्मीद्वारा उद्धार जारी

मकवानपुर । मकवानपुरको भीमफेदीमा यात्रुवाहक विद्युतीय (इभी) गाडी दुर्घटना भएको छ। भीमफेदी गाउँपालिका–६, चिसापानी गढीस्थित भीमफेदी–कुलेखानी–काठमाडौँ सडकखण्डमा बिहीबार बिहान दुर्घटना भएको हो। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बिहान करिब ५:४५ बजे काठमाडौँबाट सर्लाहीतर्फ... ...

रातोपाटी
कालीमाटीमा कुन तरकारीको मूल्य कति ? (सूचीसहित)
Latest NewsJust now

कालीमाटीमा कुन तरकारीको मूल्य कति ? (सूचीसहित)

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार समितिले बिहीबारका लागि विभिन्न कृषि उपजको थोक मूल्य सार्वजनिक गरेको छ । समितिका अनुसार आज सबैभन्दा महँगो पार्सले प्रतिकिलो दुई हजार ८०० रुपैयाँमा कारोबार... ...

रातोपाटी
१० करोड खर्चेको कान्तिताल अलपत्र, लागुऔषध दुर्व्यसनीको अखडा बन्दै
Latest NewsJust now

१० करोड खर्चेको कान्तिताल अलपत्र, लागुऔषध दुर्व्यसनीको अखडा बन्दै

बाँके । नेपालगञ्ज उपमहानगरपालिका–२१ र २२ मा अवस्थित कान्तिताल संरक्षण र उचित रेखदेखको अभावमा अलपत्र परेको छ। नेपालगञ्ज सहरकै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने सोचका साथ उपमहानगरपालिकाले विसं २०७५ मा... ...

रातोपाटी
वर्षापछि काठमाडौंको तापक्रम घट्यो
Latest NewsJust now

वर्षापछि काठमाडौंको तापक्रम घट्यो

काठमाडौं । काठमाडौँ उपत्यकामा चिसो बढ्दै गएको छ। बिहीबार बिहान गरिएको प्रारम्भिक मापनअनुसार उपत्यकाको न्यूनतम तापक्रम घटेर ८ डिग्री सेल्सियसमा झरेको छ। मौसम पूर्वानुमान महाशाखाका मौसमविद् डेभिड ढकालका अनुसार बिहान ५ः४५ बजे गरिएको मापनमा काठमाडौँको न्यूनतम तापक्रम ८ डिग्री सेल्सियस देखिएको हो। सूर्योदय हुँदासम्म तापक्रम अझै घट्न सक्ने उनले बताए। महाशाखाले बिहान ५ः४५ र ८ः४५ बजे गरी दुई पटक न्यूनतम तापक्रम मापन ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play