विराटनगरले सुदूरपश्चिमलाई दियो १०६ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबारको दोस्रो खेलमा विराटनगर किङ्ग्सले सुदूरपश्चिम रोयल्सलाई १०६ रनको लक्ष्य दिएको छ। वर्षाका कारण निकै ढिलोगरी सुरु भएको ५–५ ओभरको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित ५ ओभरमा २ विकेट गुमाएर १०५ रन बनाएको हो। विराटनगरका ओपनर शेहान जयसूर्याले सर्वाधिक ३९ रन बनाए भने अर्का ओपनर लोकेश बमले २५ रनको योगदान दिए। वान डाउनमा ब्याटिङ गर्न आएका आन्द्रे रसेलले आक्रामक प्रदर्शन गर्दै अविजित २९ रन जोडे। सुदूरपश्चिमका लागि दुई ओभर बलिङ गरेका अभिनाश बोहराले २८ रन खर्चेर एक विकेट लिए। यस खेलबाट एनपीएलमा डेब्यु गरेका श्रीलंकाली स्पिनर थरिन्दु रत्नायकेले सुदूरपश्चिमका लागि पहिलो ओभर बलिङ गरेका थिए।
Read Complete Original Article
Published originally on हिमालय टाइम्स
Related News
_FBUOnST5rH.jpg)
एसियाली राजमार्ग निर्माणमा अव्यवस्था, यात्रु र स्थानीयवासीलाई सास्ती
झापा । पूर्व–पश्चिम राजमार्गअन्तर्गत एसियाली राजमार्गका रूपमा स्तरोन्नति भइरहेको काँकडभिट्टा–लौकही सडक खण्डको निर्माणलाई व्यवस्थित गरी यात्रुमैत्री बनाउन जनप्रतिनिधि, राजनीतिक दल र स्थानीयवासीले माग गरेका छन् । एसियाली विकास बैंकको वित्तीय सहयोगमा... ...

सीर्सिया नदीमा फोहर विसर्जन गर्न प्रतिबन्ध लगाइने
पर्सा । सर्वदलीय/सर्वपक्षीय बैठकले आसन्न छठपर्वका अवसरमा बर्तालुको सुविधाका लागि पूजा अवधिभर विभिन्न उद्योगबाट गरिने विभिन्न चिज वस्तु/पदार्थ एवं फोहर विसर्जनलाई पूर्ण रूपमा रोक्ने निर्णय गरेको छ । प्रमुख जिल्ला अधिकारी... ...

भारतका विपक्षी दलद्वारा निर्वाचन आयुक्तमाथि ‘प्रतीकात्मक महाभियोग’को अभ्यास
काठमाडौँ । भारतका राजनीतिक विपक्षी दलहरूले शनिबार निर्वाचन आयुक्तको ‘प्रतीकात्मक महाभियोग’ को अभ्यास गरेका छन् । उनीहरूले मतदाता सूची संशोधनमा भएको भनिएको अनियमितताको विरोधमा यो कदम चालेका हुन् । संशोधनले सत्तारूढ... ...

पदमपोखरीमा व्यावसायिक मेवाखेतीबाट किसानको आम्दानी बढ्दै
बागमती । हेटौँडा उपमहानगरपालिका–१३ पदमपोखरीका किसान व्यावसायिक मेवाखेतीमा आकर्षित भएका छन् । मेवाखेतीबाट राम्रो आम्दानी हुन थालेपछि यहाँका १०० भन्दा बढी किसान यस व्यवसायमा आबद्ध भएका छन् । आधामार कृषक समूहका... ...


