Tuesday, November 17, 2026||
MultiKhabarMultiKhabar

विपद्का बेला काम नलागेको बेनीको वैकल्पिक खानेपानी संरचना

Share:WhatsAppFacebookX (Twitter)Telegram
विपद्का बेला काम नलागेको बेनीको वैकल्पिक खानेपानी संरचना
Photo / Coverage: नेपालन्युज

म्याग्दी। म्याग्दीको सदरमुकाम बेनीमा खानेपानी आपूर्तिको वैकल्पिक व्यवस्था गर्न तीन वर्षअघि निर्माण गरिएको संरचना अझै सञ्चालनमा आउन सकेको छैन। मुख्य खानेपानीको मुहान र पाइपलाइनमा समस्या हुँदा प्रयोग गर्ने उद्देश्यले निर्माण गरिएको संरचना पछिल्लो विपद्का बेला पनि उपयोगविहीन बनेको छ। खडेरी, मुहान सुक्ने, पाइप फुट्ने र पहिरोका कारण खानेपानी आपूर्ति अवरुद्ध हुने समस्या समाधान गर्न म्याग्दी नदीको पानी तानेर वितरण गर्ने योजनासहित उक्त संरचना निर्माण गरिएको थियो। संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीले बेनी खानेपानी आयोजनाको क्षमता विस्तार कार्यक्रमअन्तर्गत बेनी नगरपालिका–२ स्थित म्याग्दी नदी किनारको हाडेभिरबाट बराहपाखोमा रहेको बेनी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको पानी संकलनस्थलसम्म पानी पुर्‍याउने संरचना बनाएको हो। विसं २०८० मा निर्माण सम्पन्न भएको उक्त संरचना प्राविधिक समस्या देखिएपछि हालसम्म सञ्चालनमा आउन सकेको छैन। संस्थालाई हस्तान्तरणसमेत नभएको संरचना पछिल्लो विपद्का बेला पनि प्रयोग गर्न नसकिएको संस्थाका अध्यक्ष रमेश गिरीले बताए। उनका अनुसार असोज ८ देखि ११ गतेसम्मको विपद्ले मुख्य खानेपानी पाइपलाइन क्षतिग्रस्त बनाएपछि बेनीमा आपूर्ति प्रभावित भएको थियो। तर, विकल्पका रूपमा निर्माण गरिएको संरचना सञ्चालनयोग्य नहुँदा त्यसबाट पानी आपूर्ति गर्न सकिएन। विपद्का बेला समेत प्रयोगमा आउन नसकेको संरचनाको औचित्य र सरकारी लगानीको प्रतिफलमाथि उपभोक्ताले प्रश्न उठाएका छन्। उनीहरूले प्राविधिक समस्या समाधान गरी तत्काल सञ्चालनमा ल्याउन माग गरेका छन्। काठमाडौँको एएम प्याराडाइजले विसं २०७८ असोजमा वैकल्पिक खानेपानी आपूर्ति तथा शुद्धीकरणसम्बन्धी संरचना निर्माणका लागि रु दुई करोड ४६ लाखमा ठेक्का सम्झौता गरेको थियो। बेनी नगरपालिका–२ को हाडेभिरमा जमिनको सतहदेखि सात मिटर गहिरो इनार निर्माण गरी विद्युत्बाट सञ्चालन हुने तीनवटा सबमर्सिबल पम्प जडान गरिएको छ। इनारबाट करिब नौ सय मिटर लामो चार इञ्चको जीआई पाइप बिछ्याएर एक सय ३० मिटर उचाइमा रहेको बराहपाखोस्थित रिजर्भ ट्याङ्कीसम्म पानी पुर्‍याउने व्यवस्था गरिएको छ। तीनवटै पम्प सञ्चालन गर्दा प्रतिसेकेन्ड १५ लिटर पानी आपूर्ति गर्न सकिने क्षमता छ। म्याग्दी नदीको सडक पुलदेखि रिजर्भ ट्यांकीसम्मको पाइपलाइन भने प्रयोगमा आएको छ। यसैबीच, बेनी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले अन्नपूर्ण गाउँपालिका–८ स्थित रिठाखर्क र डाँडाखर्कका मुहानबाट पानी ल्याउने १४ किलोमिटर लामो मुख्य पाइपलाइन अस्थायी रूपमा मर्मत गरी कात्तिक २७ गतेदेखि वितरण सुरु गरेको छ। हाल ती मुहानबाट प्रतिसेकेन्ड आठ लिटर पानी आपूर्ति भइरहेको छ। विपद्अघि उक्त मुहानबाट प्रतिसेकेन्ड २२ देखि २५ लिटर पानी बेनीमा आपूर्ति हुने गरेको थियो। विपद्का कारण पाइपलाइन क्षतिग्रस्त भएपछि आपूर्ति बन्द भएको थियो। संस्थाका उपाध्यक्ष राजेन्द्र श्रेष्ठका अनुसार बेनी बजारमा दैनिक आवश्यकताका लागि प्रतिसेकेन्ड २० लिटरभन्दा बढी पानी चाहिन्छ। संस्थाले बेनी नगरपालिकाका वडा नं २, ७ र ८ का एक हजार दुई सय घरधुरीमा बसोबास गर्ने करिब २५ हजार जनसङ्ख्यालाई खानेपानी वितरण गर्दै आएको छ। मागअनुसार पानी आपूर्ति हुन नसकेपछि टोल विभाजन गरेर आलोपालो प्रणालीबाट वितरण गर्नुपरेको उपाध्यक्ष श्रेष्ठले बताए। बेनीमा खानेपानी आपूर्ति सहज बनाउन तत्कालीन योजनाका लागि रु १४ करोड ७० लाख र दीर्घकालीन योजनाका लागि रु ७० करोड आवश्यक पर्ने लागत अनुमानसहित खानेपानी तथा ढल व्यवस्थापन विभागमा प्रस्ताव पेस गरिएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
मुक्तिनाथ रथयात्रा सम्पन्न, आजदेखि एकमहिने महायज्ञ सुरु हुँदै
Latest NewsJust now

मुक्तिनाथ रथयात्रा सम्पन्न, आजदेखि एकमहिने महायज्ञ सुरु हुँदै

• मुक्तिनाथबाट सुरु भएको राष्ट्रव्यापी श्रीगजेन्द्रमोक्ष नारायण रथयात्रा नवलपुरको गजेन्द्रमोक्ष दिव्यधाममा सम्पन्न भएको छ। • रथयात्रामा भक्तजनको उल्लेख्य सहभागिता रहेको र अब त्रिवेणीधाममा एकमहिने महायज्ञ सुरु हुने जानकारी दिइएको छ। • महायज्ञमा विभिन्न धार्मिक अनुष्ठान गरिनेछ र यसको उद्देश्य नेपालमा वैदिश विश्वविद्यालय स्थापना गर्नु पनि रहेको छ। ...

नेपालबहस
यौनजन्य हिंसा रोकथामका लागि वीरगन्जमा तीन दिने सचेतनामूलक अभियान सुरु
Latest NewsJust now

यौनजन्य हिंसा रोकथामका लागि वीरगन्जमा तीन दिने सचेतनामूलक अभियान सुरु

वीरगन्ज । मधेसमा यौनजन्य हिंसाको अपराध बढ्न थालेपछि रोकथामका लागि तीन दिने अभियान सुरु गरिएको छ । अपराध अनुसन्धान विभागको ७१ औं स्थापना दिवसको अवसरमा मधेसमा बढ्दो यौनजन्य हिंसा तथा रोकथामका... ...

रातोपाटी
कालीमाटी तरकारी बजार : आज यस्तो छ गोलभेँडादेखि माछासम्मको मूल्य
Latest NewsJust now

कालीमाटी तरकारी बजार : आज यस्तो छ गोलभेँडादेखि माछासम्मको मूल्य

हरेक दिनजस्तै कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज मंसिर १ गते मंगलबारका लागि तरकारी तथा फलफूलको थोक मूल्य तोकेको छ। आज पनि कालीमाटीमा तरकारी तथा फलफूलको थोक मूल्य हिजोअस्तिको जस्तै देखिएको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले न्यूनतम, अधिकतम र औसत गरी तीनथरी मूल्य निर्धारण गर्ने गरेको छ।  हेर्न... ...

नेपालखबर
चोरेर सुधारगृह पुगेका बालबन्दीः अघिल्लो दिन पर्खाल नाघेर भागे, भोलिपल्टै चोर्न लाग्दा समातिए
Latest NewsJust now

चोरेर सुधारगृह पुगेका बालबन्दीः अघिल्लो दिन पर्खाल नाघेर भागे, भोलिपल्टै चोर्न लाग्दा समातिए

पोखरा । चोरी मुद्दामा अदालतको आदेशले बाल सुधारगृहमा रहेका एक बालबन्दी सुरक्षाकर्मीकै आँखा अगाडिबाट फरार भएको २४ घण्टा नबित्दै पुनः चोरी गर्न लाग्दा पक्राउ परेका छन् । पोखरा १८ सराङकोटस्थित... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play