Monday, November 9, 2026||
MultiKhabarMultiKhabar

विपद् प्रभावित अन्नपूर्णका सबै सडक सञ्चालनमा

Share:WhatsAppFacebookX (Twitter)Telegram
विपद् प्रभावित अन्नपूर्णका सबै सडक सञ्चालनमा
Photo / Coverage: नेपालन्युज

म्याग्दी।यस वर्षको मनसुनजन्य विपदबाट म्याग्दी जिल्लामा सबैभन्दा बढी प्रभावित बनेको अन्नपूर्ण गाउँपालिकाका सबै सडक सञ्चालनमा आएका छन्। गत असोज ८ गतेदेखि ११ गतेसम्मको झरीपछिको बाढी पहिरोका कारण अवरुद्ध बनेका अन्नपूर्ण गाउँपालिकाका ८ वटै वडा र बस्ती जोड्ने सडक डेढ महिनापछि पूर्ण रुपमा सञ्चालनमा आएका हुन्। अन्नपूर्ण गाउँपालिकाका उपाध्यक्ष दिवा तिलिजा पुनले वडा नम्बर ५ मा पर्ने पाउद्धार गाउँ जोड्ने सडक मर्मतको काम आइतबार सकिएको जानकारी दिए। “अन्नपूर्णमा पर्ने कालीगण्डकी कोरिडोर गत असोज २३ गतेदेखि, पाउद्धार, हिस्तान र राम्चे बाहेकका सडक पनि दसैंअघि नै सञ्चालनमा आएका थिए,” उनले भने, “भौगोलिक रुपमा विकट र धेरै क्षति पुगेका पाउद्धार, राम्चे र हिस्तानका सडक मर्मत सकिएपछि सबै बस्ती सडक सञ्जालसँग पुनः जोडिएका छन्।” सडक यातायात पुनः सञ्चालन भएपछि विपदबाट क्षतिग्रस्त खानेपानी, सिचाइ, पदमार्ग, भवन र निजी आवास पुनर्निर्माणको कामलाई गति दिन सहज हुने अपेक्षा गरिएको छ। प्राकृतिक नाकाबन्दीमा परेको पाउद्धार गाउँ जोड्ने पोखरेबगर–नेपाने–पाउद्धार सडक तत्काल मर्मत सम्भव नभएपछि शिखदेखि स्वाँत, किन्दु, झारवाङ हुँदै पाउद्धार जोड्ने बैकल्पिक सडक सञ्चालनमा ल्याइएको छ। पाउद्धारदेखि नेपाने जोड्ने सडक मर्मत जारी रहेको उपाध्यक्ष तिलिजाले बताए। अन्नपूर्णमा पहिरोमा पुरिएर पाँच जनाको मृत्यु र एक जना बेपत्ता भएका छन्। ६० घर पूर्ण र एक सय २९ घर आंशिक रूपमा क्षतिग्रस्त भएका छन् । निजी आवास भत्किएर र जोखिमका कारण तीन सय परिवार प्रभावित भएका उपाध्यक्ष तिलिजाले बताए। विपद् प्रभावित निजी आवास र सार्वजनिक भौतिक संरचना पुनर्निर्माणलाई तीब्रता दिने गरी तयारी गरिएको उनले बताए।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
इरानसँग युद्ध फेरि सुरु हुने सम्भावना अत्यन्त कम छ : ट्रम्प
Latest NewsJust now

इरानसँग युद्ध फेरि सुरु हुने सम्भावना अत्यन्त कम छ : ट्रम्प

न्युयोर्क । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध पुनः सुरु हुने सम्भावना अत्यन्त कम रहेको बताएका छन् । तर इरानले अमेरिकासँग भरपर्दो र बलियो सम्झौतामा हस्ताक्षर नगरे आवश्यक परे पुनः... ...

रातोपाटी
काठमाण्डुले गुमायाे ३ विकेट
Latest NewsJust now

काठमाण्डुले गुमायाे ३ विकेट

काठमाडाैँ ।नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोजविरुद्धको खेलमा काठमाण्डु गोर्खाजले ३ विकेट गुमाएकाे छ। सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरिरहेको काठमाण्डुले ९ ओभर ३ बलमा ३... ...

रातोपाटी
नेपाल संवत् ११४७ का अवसरमा भक्तपुरमा भिन्तुना र्‍याली
Latest NewsJust now

नेपाल संवत् ११४७ का अवसरमा भक्तपुरमा भिन्तुना र्‍याली

भक्तपुरको सूर्यमढी र तौमढी टोलबाट सुरु भएको भिन्तुना र्‍याली नगर परिक्रमा गर्दै खौमा पुगेर भाषासेवी मास्टर जगतसुन्दर मल्लको सालिकमा माल्यार्पण गरी भक्तपुर दरबार क्षेत्रमा समापन गरिएको थियो । ...

कान्तिपुर
स्याफ्रुबेँसीमा आवतजावत सहज
Latest NewsJust now

स्याफ्रुबेँसीमा आवतजावत सहज

रसुवा । स्याफ्रुबेँसीको काठे पुल निर्माण भएको छ । गत कात्तिक १४ गते भोटेकोशी बाढीले स्याफ्रुबेँसी खोलाको पुल बगाएको थियो । उक्त पुल तीन दिनको निरन्तर प्रयासपछि पुनर्निर्माण सम्पन्न भई... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play